Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वर्षा अगावै राहतका कार्यक्रम सम्पन्न गर्न निर्देशन

काठमाडौँ, व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले आगामी एक महिनाभित्र भूकम्पपीडितलाई राहत सामग्री वितरण र अस्थायी टहरा निर्माणको काम सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले वर्षायाम प्रारम्भ हुन लागेकाले प्रभावितलाई त्रिपालमै राख्दा थप समस्या, हुने खेतीपाती गर्नुपर्ने समयमा राहत सामग्रीको खोजीमा लाग्न कठिनाइ हुने भएकाले त्यस अगावै राहतका कार्यक्रम पूरा गर्न र अस्थायी बसोवासको व्यवस्था गर्न निर्देशन दिएको हो ।

समितिले अवरुद्ध भएका मोटरबाटो, गोरेटोबाटो, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन, भत्केका विद्यालयका ठाउँमा वैकल्पिक व्यवस्था गरी पठनपाठन गराउन पनि निर्देशन दिइएको छ ।

समितिका सभापति सुशीलकुमार श्रेष्ठले राहत सामग्री वितरण न्यायोचित हुनुपर्नेमा जोड दिँदै त्यसम्बन्धमा सरकारले गरेका कामको अनुगमन गर्न सात वटा कार्यदल पनि गठन गरेको बताए।

नव गठित कार्यदलको ‘क’ समूहमा काठमाडौँ उपत्यकाका तीन जिल्ला, ‘ख’ मा काभ्रे–सिन्धुपाल्चोक, ‘ग’ मा दोलखा–रामेछाप, ‘घ’ मा धादिङ–गोरखा, ‘ङ’ मा सिन्धुली–ओखलढुङ्गा, ‘च’ मा रसुवा–नुवाकोट र ‘छ’ मा मकवानपुर र अन्य बाँकी जिल्ला छन् ।

सरकारले खोज, उद्धार र राहत वितरणमा काम गरिरहेको भए पनि व्यवस्थित नभएको गुनासो समितिका सदस्यले गर्नुभएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies