अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनलाई भेट्न आफू उत्सुक रहेको बताएका छन् ।
किमको चीन भ्रमण \'निकै राम्रो भएको\' ट्रम्पलाई जानकारी गराइएपछि उनको पछिल्लो भनाइ आएको छ । तर ट्रम्पले मेका लागि प्रस्तावित वार्ताअघि उत्तर कोरियाविरूद्धको अधिकतम नाकाबन्दी र दबाब जारी रहने बताए । उनले कोरियाली प्रायद्वीपमा निश्शस्त्रीकरण अहिले सम्भव रहेको समेत उल्लेख गरेका छन् । किमले सन् २०११ मा सत्ता सम्हालेयता पहिलो विदेश भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिसँग गरेको भेटवार्तापछि ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन् । किम र उनकी श्रीमतीलाई बेइजिङमा पुष्पगुच्छा र \'गार्ड अफ अनर\' बाट सम्मान गरिएको थियो । आफ्नो भ्रमणका क्रममा किमले निश्शस्त्रीकरणका लागि आफू प्रतिबद्ध रहेको बताएको विवरणहरू सार्वजनिक भएका छन् ।चीन उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार हो । बेइजिङमा उत्तर कोरियाली र चिनियाँ नेताबीचको वार्ताबारेका अड्कलबाजीपछिका प्रगतिका समाचारहरू आएपछि बुधवार ट्रम्पले त्यसको स्वागत गरेका हुन् । ट्रम्पले ट्वीट गरेका छन्, \"किम जङ-अनले आफ्ना जनता र मानवताका लागि राम्रो गर्ने अवसर आएको छ ।\" अर्को ट्वीटमा ट्रम्पले लेखेका छन्, \"किम पनि मसँग भेटवार्ता गर्न प्रतीक्षारत छन् ।\" अप्रत्यासित शिखर बैठकका लागि ट्रम्पले सहमति जनाएपछि धेरै विश्लेषकहरू आश्चर्यमा परेका छन् । उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुनेछन् । महिनौँदेखिको तनाव र शृङ्खलाबद्ध उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणपछि भेटवार्ताबारे घोषणा गरिएको थियो । बीबीसीReceived message last night from XI JINPING of China that his meeting with KIM JONG UN went very well and that KIM looks forward to his meeting with me. In the meantime, and unfortunately, maximum sanctions and pressure must be maintained at all cost!
— Donald J. Trump (@realDonaldTrump) March 28, 2018
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: