काठमाडौँ, भूकम्पबाट ज्यान जोगाएकाहरूको अबको पिरलो आवास भएको छ । भैँचालोबाट घरबास गुमाएका घाइतेको एउटै पीर छ– घाउ लुकाउने ठाउँ ।
भूकम्पबाट घाइते भएका नुवाकोटको चाउथे गाविसका प्रदीप नेपालीलाई अस्पतालबाट बाहिरिएपछि कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ । उहाँको घर भूकम्पका कारण पूर्ण रुपमा ध्वस्त भएको छ ।
चार महिने सुत्केरी कमला लामालाई पनि अस्पतालले बिदा गरेपछि बस्ने ठाउँकै चिन्ता छ । धादिङ् छत्रेदेउरालीकी लामा भन्छिन्, \'घर छैन, यो अवस्थमा गुणस्तरीय पाल पनि भेटिन्न कि ?\'
रामेछाप भूजी कोलडाँडाका दिलबहादुर श्रेष्ठको अवस्था उस्तै छ । भूकम्पले घर भत्काएपछि उहाँको अस्थायी बास पनि बारीमा भएको छ ।
छानोेको ढुङ्गा टाउकोमा बज्रिएर अस्पताल भर्ना हुनुभएका उहाँको बोली फुटेको छैन । उहाँका छोरा बिलौना गर्नुहुन्छ, \'बुवालाई उपचारपछि कहाँ राख्ने भन्ने चिन्ता छ , बासको टुङ्गो छैन ।\'
दाउरा खोज्न वन गएका नुवाकोट शिखरबेसीका साइँला थापाको एउटा खुट्टा ठनक्कै भएको छ । उनको हातमा समेत गम्भीर चोट लागेको छ । ट्रमा सेन्टरमा उपचार गराइरत उहाँको पनि एउटै चिन्ता छ– बासको ।
पक्षघातबाट पीडित सिन्धुपाल्चोक भीमटारका मानबहादुर दनुवारलाई घरबारविहीन बनाउएको छ भूकम्पले । वर्षायाम अगावै बासको व्यवस्था कसरी गर्ने भन्ने पीरले उहाँलाई खाइरहेको छ ।
भूकम्पपीडित लाखौँको अहिलेको प्रमुख आवश्यकत ओत लाग्ने बास नै भएको छ । अस्थायी टहरा बनाएर र त्रिपाल टाँगेर भए पनि पीडितलाई मानवीय मद्दत गर्नु हामी सबैको कर्तव्य हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: