Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तीन करोडको लागतमा खानेपानी आयोजना निर्माण शुरु

\"\"म्याग्दी । बेनी नगरपालिका–९ नेप्टेचौरमा करिब रु तीन करोडको लागतमा निलदह खानेपानी तथा सरसफाइ आयोजना निर्माण कार्य शुरु भएको छ । खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध रु दुई करोड ७४ लाख ६० हजार ४६० कूल लागत अनुमान गरिएको आयोजनाबाट नेप्टेचौर, तिनमाने, कुवागैरा, बतासे, डाँडाबारीका २५३ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव बुद्धिबहादुर चोखालले जानकारी दिए । उहाँका अनुसार नेपाल सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लगानीमा आयोजना निर्माण गर्न लागिएको हो । रु दुई लाख ७४ हजार ६०४ मर्मत सम्भार कोषमा जम्मा गरिसकेका उपभोक्ताले रु ५२ लाख १७ हजार ४८७ बराबरको श्रमदान गर्नुपर्नेछ । सरकारले रु दुई करोड १९ लाख ६८ हजार ३६८ अनुदान उपलब्ध गराउने जनाइएको छ । विसं २०७२ मा सर्वेक्षण भएको आयोजनाका लागि गत वर्ष सामान खरिद गरिएको थियो भने यस वर्षदेखि पूर्वाधार निर्माण शुुरु भएको छ । काँडाखोर सामुदायिक वन क्षेत्रको निलदह भन्ने ठाउँमा मुहान रहने आयोजनाको नेप्टेचौर गाउँको शिरानमा ५० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण भइरहेको छ । डिलाघरमा ५० हजार लिटर, तिनमाने, डल्लोपोखरी र काँडाखोरमा २०/२० हजार लिटर क्षमताको थप चारवटा रिजर्भ ट्यांकी निर्माण हुने सचिव चोखालले बताए । चालू आवमा रु २१ लाख बजेट विनियोजन भएको आयोजना आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताले श्रमदान गरेर शाखा पाइपलाइन निर्माण गर्ने बताइएको छ । स्थानीयवासीको अग्रसरतामा सडक विस्तार  बेनी नगरपालिका–१० पात्लेखेतका बासिन्दाको पहलमा सडक विस्तार भएकोे छ । जग्गा मासिने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध र अवरोध गर्दा कतिपय ठाउँमा सडक विस्तारको काम प्रभावित बनेको अवस्थामा पात्लेखेतबासीले सडक फराकिलो बनाउन खेतबारी मात्र नभएर नगद नै सहयोग गरेका छन् । बेनी नगरपालिका–९ को सिमानामा पर्ने गिठीनीदेखि पात्लेखेत हुँदै रघुगंगा गाउँपालिका–५ झिँको सीमा क्षेत्र हिला जोड्ने दुई किलोमिटर ४०० मिटर सडक फराकिलो बनाएर विस्तार गरिएको हो । बेनी नगरपालिकाले चार लाख विनियोजन गरेको योजना सम्पन्न गर्न रु १३ लाख खर्च भएको अध्यक्ष रोकाले बताए । नगरपालिकाको अनुदान अपुग भएपछि आमा समूह, वन उपभोक्ता समूह, युवा क्लबको सहयोग र उपभोक्ताबाट चन्दा संकलन गरेर सडक विस्तार गरिएको रोकाले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies