Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

नेपाल र भारतीय युवाबीच अनुभव आदानप्रदान

\"\"काठमाडौं । युवाको भूमिकाको बारेमा नेपाल र भारतीय पक्षका युवाबीच अनुभव आदानप्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा दुई देशका युवाबीच अनुभव आदानप्रदान भएको हो । उक्त अवसरमा आ–आफ्नो देशमा युवाले खेलेको भूमिकाको बारेमा एकापसमा अनुभव साटसाट गरेका थिए । कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नेपाल र भारत पक्षका युवाबीच अनुभव आदानप्रदान हुँदा धेरै ज्ञान हासिल भएको बताए । उनले छोटो समयमा नै परिषद्ले युवाका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको उल्लेख गदै नेपाल र भारतका युवाको अवस्था एकैनाशको भए पनि भारतीय युवाले नेपालको भन्दा बढी फड्को मारेको बताए । उनले नेपालमा युवामा भएको क्षमतालाई परिषद्ले प्रस्फुटन गराउने कार्य गरिरहेको जानकारी गराए । कार्यकारी उपाध्यक्ष ढुंगेलले अनुभव आदानप्रदान कार्यक्रमले नेपाल र भारत दुवै देशको संस्कृति, भूगोल र विकासका लागि बुझ्न सजिलो हुने बताए। कार्यक्रममा भारतीय युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जिएस चित्राले नेपाली युवामा क्षमता भए पनि अवसर नपाएको बताए । उनले यहाँका युवालाई अवसर सिर्जना गरी मुलुकको आर्थिक विकासमा लगाउनुपर्ने धारणा राख्नुभयो । उपसचिव चित्राले भारतीय युवाले स्वमंसेवकको रुपमा काम गरेर राष्ट्रलाई महत्वपूर्ण सहयोग गरिरहेको भन्दै त्यसबाट नेपाली युवाले पनि सिक्नु पर्ने औँल्याए । परिषद्का विज्ञान तथा प्रविधिविज्ञ खिम पन्थीले भारतीय युवाले प्रविधिमा हासिल गरेर आर्थिक विकासमा सहयोग पु¥याएको उल्लेख गर्दै नेपालका युवाले पनि भारतीय युवाबाट सिकेर यहाँको आर्थिक विकासमा सहयोग पु¥याउन सक्ने बताए । कार्यक्रममा भारतबाट विभिन्न क्षेत्रमा क्रियाशील ४८ जना युवा अनुभव आदानप्रदान गर्न नेपाल आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending