काठमाडौँ, कालिका कन्स्ट्रक्सन प्रालिले भूकम्पबाट काठमाडौँ उपत्यकामा जोखिममा परेका र भत्किएका संरचना हटाउन नेपाल सरकारलाई ठूला आठवटा उपकरण उपलब्ध गराएको छ ।
सैनिक मुख्यालयमा आज आयोजित समारोहमा उक्त प्रालिका प्रबन्ध निर्देशक एवम् सभासद् विक्रम पाण्डेले अर्थमन्त्री डा रामशरण महतमार्फत नेपाली सेनालाई उपकरण हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका उपकरणमा चारवटा स्काभेटर र चार थान लोडर छन् । प्रालिले तीन महिनाका लागि निःशुल्क रुपमा ती उपकरण उपलब्ध गराएको हो ।
सो कार्यक्रममा अर्थमन्त्री डा महतले भूकम्पबाट भत्किएका संरचनाबाट निस्केका फोहोर र जोखिममा रहेका भवन तत्कालै हटाउने कामलाई सरकारले प्राथमिकता दिने बताए । उनले भने, \'कतिपय भवन तुरुन्त भत्काउनुपर्ने अवस्था छ, त्यो हुन सकेन भने अर्काे घरलाई समेत क्षति पु¥याउने देखिएको छ ।\'
आवश्यकता परको बेलामा उपकरण उपलब्ध गराएकामा उक्त प्रालिलाई धन्यवाद दिँदै अर्थमन्त्री डा महतले प्राप्त उपकरणलाई तत्कालै जोखिममा परेका भवन भत्काउन र भत्किएका संरचनाबाट निस्केका माटो, ढुङ्गालगायत वस्तु हटाउन प्रयोगमा ल्याइने बताए ।
प्रालिका प्रबन्ध निर्देशक पाण्डेले राष्ट्रलाई विपत्ति परेको बेलामा प्रत्येक नागरिकले आफूले जे सहयोग गर्न सकिन्छ त्यसका लागि सहयोगी हात बढाउन आवश्यक रहेकाले आफूले ती उपकरण उपलब्ध गराएको बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: