Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नयाँ बर्ष मनाउन भन्दै मुख्यमान्त्री पृथ्वीसुब्ब गुरुङ एकाबिहानै मसानघाट पुगेपछि...

\"\"पोखरा । पोखराको लास जलाउने ठाउँ रामघाटमा नयाँबर्षको दिन बिहानै हजारौं मानिसहरु जम्मा भए । प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, वाताबरण मन्त्री बिकास लम्साल, पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जिसी लगायत हजारौं उपस्थित भएर नयाँ बर्षको बिहानीमा समृद्ध पोखराको प्रतिबद्धता जाहेर गरे । आखिर किन मुर्दा घाटमा कार्यक्रम आयोजना भयो ? बिशेषत पोखराको गहना, पबित्र धार्मिक स्थलको रुपमा चिनिएको सेती नदी बचाउने उद्देश्यले एक वडाबाट सुरु भएपछि वडा ९ मा यो कार्यक्रम गर्दा रामघाट रोजिएको सेती बचाउँ अभियानका अभियान्ता पोखरा लेखनाथ महानगरपालीका वडा ९ का सचिव लोकदर्शन कोईरालले बताए । कार्यक्रमको अवसरमा प्रदेश ४ का मुख्यमान्त्री पृथ्वीसुब्ब गुरुङले पोखरालाई हरियाली र पूर्ण सरसफाई बनाउने प्रतिबद्धता व्यक्त गर्नु गरे । उनले प्रदेश सरकारले समृद्ध प्रदेश बनाउने अवधारणा अनुरुप सरकार अगाडी बढेकाले सबैले हातेमाले गर्न आग्रह समेत गरे । हप्तामा एक घण्टा राष्ट्रका लागी स्वयंसेवा भन्ने मुल नाराका साथ रामघाटमा पोखरा उपत्यका बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बिशेषत पोखरा र पोखराको सेती नदीमा थुपारीएको फोहोरले पोखरालाई कुरुप बनाएको सहभागी वक्ताहरुले बताएका थिए । पोखरा प्राकृतिक रुपमा सम्पन्न भएपनि मानविक कारण अहिले बिग्रदै गएको पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानबहादुर जिसीले बताए । हरेक घरमा कम्तीमा दुई बिरुवा हुर्काउन सकेमा सोचेको ग्रिन सिटी बन्ने उनको तर्क थियो । मेयर जिसीले सेती नदीमा फोहोर फल्ने साथै सेप्टी टंकी मिसाउनेलाई महानगरले कारबाही गर्ने समेत बताए । उक्त अवसरमा बृहत सरसफाई योजनाको प्रतिपादन गरेर निरन्तर अभियान्ताको रुपमा लागेको भन्दै पोखरा लेखनाथ वडा नंं ९ का सचिव लोकदर्शन कोईरालाई सम्मान समेत गरिएको थियो । प्रदेश नंं ४ का मुख्य मन्त्री पृथ्वीशुब्बा गुरुङले वडा सचिव कोईरालाई प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending