Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

स्वस्थ्य जीवन नै समृद्धिको आधारः मुख्यमन्त्री राई

\"\"विराटनगर । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि सञ्चालन गरेको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत आजदेखि सो अभियान शुरु गरेको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज बिहान आयोजित कार्यक्रममा ‘स्वास्थ्यप्रति जिम्मेवारः समृद्धिको आधारमा मेरो वर्ष २०७५’ र ‘स्वास्थ्य प्रवद्र्धनको वर्ष २०७५’ ‘जनमानसमा स्वास्थ्यको पहुँच हाम्रो अभियान आठ प्रतिबद्धता, स्वास्थ्य जीवनको आवश्यकता’ भन्ने अभियानको अनावरण गरे । उक्त आठ बुँदे प्रतिबद्धतामा ‘म तनावरहित जीवन व्यतीत गर्छु’ ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘म आफ्नो घर र समुदाय सफा राख्छु’ ‘म रक्सी, चुरोट र सूर्तीजन्य पदार्थबाट टाढा बस्छु,’ ‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’ ‘म नियमित स्वास्थ्य जाँच गराउँछु’ ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ रहेको छ । उक्त प्रतिबद्धतामा मुख्य मुख्यमन्त्री राईले हस्ताक्षर गर्नुहुर्दै स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुने बताउँदै व्यायामले गाउँ समाजलाई सकारात्मक सोचको विकासमा प्रेरणा दिने बताए । उनले आफू खेलकूदमा रुची भएको र नियमित व्यायाम गर्ने गरेको बताउँदै प्रदेश सरकारले अगाडि ल्याएको आठ बुँद्धे प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबैसँग आग्रह गरे । मुख्यमन्त्री राईले यो वर्ष विकास र समृद्धिको जग हाल्ने वर्ष भएको बताउँदै सिंगो मुलुकलाई रोगमुक्त बनाउने अभियान सफल बनाउने अभियानमा सहभागी हुनुपर्नेमा जोड दिए । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई योगमय बनाउन प्रदेश सरकारको कार्यसुचीमा राखेको बताए । आठ बुँदे प्रतिबद्धतालाई योग शिविरमा प्रदेश सदस्य, सरकारका कर्मचारी, उद्योगी व्यापारी, नागरिक समाज र सञ्चारकर्मीले हस्ताक्षर गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । अभियानअन्तर्गत आज कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending