Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ आजबाट सुरु

\"\"काठमाडौं । ‘प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५’ आजबाट सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सञ्चालन गर्ने सो गणनाका उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई क्रमशःव्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न एंव अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलव्ध गराउनु रहेको छ । आर्थिक गणनालाई सफलताका साथ सम्पन्न गर्नका लागि विभागले ७७ जिल्लामा गत चैत १ गतेदेखि ४ महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिसकेको छ । सो कार्यका लागि सुपरिवेक्षक तथा गणकलाई तालीम प्रदान गरी आआफ्नो कार्य क्षेत्रमा खटाइसकिएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । विभागबाट आर्थिक गणनाका विवरण संकलन गर्न प्रत्येक घरदैलो, व्यापारिक प्रतिष्ठान वा व्यवसायस्थलमा गणना कर्मचारी पुग्ने भएकाले त्यसमा सहयोग गर्न सम्बन्धीत सबै पक्षसंग उनले आग्रह गरे। महानिर्देशक अर्यालले मुलुकमा आर्थिक तथ्यांक प्रणालीलाई मजबुत तुल्याउनु पर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै सबै उद्योग, व्यवसाय, विभिन्न सेवाप्रदायकलगायतका संघसंस्थाजस्ता प्रतिष्ठान (आर्थिक एकाइ) को तथ्यांक संकलन गर्ने बताए । राष्ट्रिय आर्थिक गणना नेपालको पहिलो तथा ऐतिहासिक बृहत् तथ्यंकीय कार्य भएकाले गणनाको स्मृतिमा विभागले आफ्नो परिसरमा ‘आर्थिक गणना स्तम्भ’ समेत निर्माण गरेको छ । विभागद्वारा यहाँ आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को शुभारम्भ तथा स्तम्भको अनावरण गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले आर्थिक नीति तर्जुमा तथा योजना निर्माणका लागि ‘राष्ट्रिय आर्थिक गणना २०७५’ कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending