Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

यसरी बच्न सकिन्छ विपत्तिबाट

विपत व्यवस्थापनविद् रतिन्द्र खत्री– नेपालका नीति निर्माता, व्यवस्थापन तथा कार्यन्वयन निकायमा क्षमता विकास नहुनुलाई विनाशको कारक मान्छन् । ‘विपत व्यवस्थापनमा केही ‘सिस्टम डेभलभ’ त भयो तर कार्यान्वयन पक्ष एकदम फितलो भयो’ सोही कारण प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको नेपालमा भूकम्पपछि ठूलोे क्षति पुगेको उल्लेख गर्दै उनी भन्छन्, ‘हामीमा एक त बुझाइनै कमजोर छ । हामीले विश्वको विज्ञहरुको हवला दिदै भूकम्पीय दृष्टिले राजधानी काठमाडौं मात्र उच्च जोखिमा छ भन्ने मानसिकताले काम गर्यौं । तर, विश्वमा जलबायु परिवर्तको कारण भूकम्प मात्र होइन बाढी, पहिरोको पनि नेपाल उच्च जोखिम छ ।’ नीतिगत विषयमा ध्यान दिन नसक्दा ७ वर्ष अगाडि बनेको विपत व्यवस्थापन ऐन अहिलेसम्म पारित हुनसकेको छैन । सोही कारण भूकम्पजस्ता प्राकृतिक प्रकोपपछि क्षति न्युनिरण नभएको उनको तर्क छ ।
 हाम्रो इन्जिनियरिङ पाटोमा धेरै गल्ति छ । इन्जिनियरको सानासाना गल्तीले घरहरु भत्किएको छ । घर निर्माण गर्दा घरको कर्नरमा फलामको रिङ राख्नु पर्ने जस्तो समामान्य कुरालाई पनि ख्याल गरिएकोे छैन
‘सबलाइन, योङ माउन्टेन, जमिनमुनिको टेक्निकल मुभमेन्टको कारण भुकम्प कुनै पनि बेला आउँछ भन्ने थियो । खास कमजोरी पुराना घर, साघुँरा गल्लि, घर निर्माणको संरचना, भौगोलिक संरचना जमिन मुनिको पानी बढि निकालिनु जोखिमको मुख्य कारण हो ।’भूकम्पपछि हैटीको तुलनामा नेपालमा कम क्षति भएको निष्कर्ष निकाल्दै उनी भन्छन्, ‘मानवीय दृष्टिले नेपालमा क्षति कम भए पनि भौतिक रुपमा धेरै क्षति भएको छ ।’ उनले सचेत गराउँदै भने– ‘अब यस्तो गल्ति दोहोर्याउँनु हुँदैन । भूकम्प आयो अब लामो समय आउँदै भनेर ढुक्क हुने अवस्था छैन । किनकी बढ्दै गएको जलवायु परिवर्तन , माटोको संरचना, भौगोलिक अवस्था, बढ्दो मानवीय चाप र कमजोर मानसिकताले जोखिम उत्तिकै छ ।’ जोखिम न्यूनीकरण गर्न के गर्नु पर्छ त ? उनले कार्यान्वयन निकायलाई सूझाव दिदैं भने– ‘अब कार्यन्वयन गर्ने निकायले संरचना निर्माण गर्दा निश्चित मापदण्ड बनाउनु पर्छ, यसमा जमिनको परीक्षण,निर्माण साम्रग्रीमा सम्झौता गर्नु हुँदैन ।’ घर निमार्णमा भएको कमजोरी औल्यउँदै उनी थप्नछन् ‘हाम्रो इन्जिनियरिङ पाटोमा धेरै गल्ति छ । इन्जिनियरको सानासाना गल्तीले घरहरु भत्किएको छ । घर निर्माण गर्दा घरको कर्नरमा फलामको रिङ राख्नु पर्ने जस्तो समामान्य कुरालाई पनि ख्याल गरिएकोे छैन ।’
अब कार्यन्वयन गर्ने निकायले संरचना निर्माण गर्दा निश्चित मापदण्ड बनाउनु पर्छ, यसमा जमिनको परीक्षण,निर्माण साम्रग्रीमा सम्झौता गर्नु हुँदैन
भविष्यमा यस्तो गल्ति नदोहोर्याउन रिक्स म्यानेजमेन्टलाई ध्यान दिनुपर्ने उनको तर्क छ । यसलाई नीतिगतरुपमै व्यवस्था गर्नुपर्ने उनको जोड छ । अर्को तर्फ ध्यान दिनुपर्ने कुरा कार्यन्वयनपक्ष हो । यसलाई प्रभावकारीरुपमा लागु गर्न अनुगमन गर्ने मेकानिजम सिस्टमको विकास हुनुपर्ने तर्क उनको छ । अहिले नगरपालिकाले लिएको मापदण्ड ठिक नभएको उनको बुझाइ छ । गएको भूकम्पले ल्याउनसक्ने गम्भीर संकटतर्फ सचेत गराउँदै उनले भने– ‘एक महिना पछि शुरु हुने मनसुनले धेरै जोखिम ल्याउन सक्छ । पहाडहरु एकदम कमजोर भएका छन् । साना साना पराकम्पहरु आउँदा पनि ढुंगाहरु खसेर बाटो अवरोध भएका छन् । यसले के देखाउँछ भने वर्षातले धेरै पहिरो जाने सम्भावना छ । राज्यले तत्कालै यसमा ध्यान दिएन भने धेरै धनजनको क्षति हुन सक्छ ।’ नेपालका धेरै बस्तीहरु पहाड, नदी किनारहरुमा रहेको तर्फ स्मरण गराउँदै भूकम्पको मात्र त्रास देखाएर होइन बाढि तथा पहिरोले निम्त्याउन सक्ने जोखिम तर्फ पनि ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । यसको लागि भविष्यमा जोखिम न्युनीरकण गर्न विज्ञहरु राखेर गुरुयोजना बनाउनु पर्ने तर्क उनको छ । घरहरु बनाउँदा बाढिपहिरोको हिसाबले बनाउनु पर्ने उनको जोड छ । गएको भूकम्पबाट पाठ सिकेर विपत व्यवस्थापनको हिसावले नीति बनाउन उनी जोड दिन्छन् । नेपालको विपत व्यवस्थापन गर्न सहयोगी एजेन्सीहरुको पनि सहयोग लिनुपर्ने आवश्यकता रहेको उनको तर्क छ । विपत व्यवस्थापनको लागि बनाइएको ऐनलाई पूर्णता दिनुपर्ने, साधन स्रोत तथा तालिम, शिक्षा र ज्ञानको स्तरबाट क्षमता बृद्धि गर्नुपर्ने उनको तर्क छ । जोखिमपछिको विपत व्यवस्थापन तर्फ भएको कमजोरी औंल्याउँदै भने– ‘एउटा त्रिपाल त जनतालाई दिन नसक्ने अवस्थामा कसरी भविष्यमा हुन सक्ने महाविपत्ति कसरी सामना गर्न सक्छौ ? सम्बन्धित निकायले सोच्ने बेला आएको छ ।’ उनले प्राकृतिक प्रकोपको पहिलो सिकार महिला तथा बालबालिका रहने गरेको तर्फ गम्भीर हुँदै भने– ‘महिला घरका गुरुआमा हुन् तर उनीहरुलाई विपतबाट बच्ने कुनै उपाय सिकाइएको छैन । भुकम्प, बाढी र पहिरो आएको खण्डमा के गर्ने भन्ने शिक्षा आधारभूतरुपमै दिने सके जोखिम कम हुन्छ ।’ क्षति न्यूनीकरण उपाय यस्ता छन् ः नीति, नीतिअनुसारको कार्यक्रम र तत्कालको आवश्यकता पूरा गर्ने गरी अल्पकालीन र दीर्घकालीन आवश्यकताको सही पहिचान हुनुपर्ने उनको मत छ । नेपालमा क्षति न्यूनीकरणको लागि काम गर्ने प्राथमिक निकाय नभएको भन्दै उनी कसले उत्तरदायित्व बहन गर्ने भन्ने अस्पष्ट रहेको बताउछन् । ‘विपत व्यवस्थापनको जिम्मा सुरक्षा निकायलाई दिएको छ । उसले दिएको जिम्मेवारी राम्रैसंग बहन त गरेको छ । तर, नेपालको सुरक्षा निकायको कुरा गर्ने हो भने नेपाली सेनाको प्राथमिक कार्य भनेको राष्ट्रिय सुरक्षा गर्नु हुन्छ’ उनी भन्छन्, ‘सशस्त्रको आन्तरिक सुरक्षा गर्नु हो । नेपाल प्रहरीको आम नागरिकको सुरक्षा गर्नु हो । सुरक्षा निकायले निर्वाह गरिरहेको कार्य परिपूरक मात्र हो । यसलाई प्रभावकारी बनाउन साधनस्रोत सम्पन्न एउटा छुट्नै निकाय बनाउनु आवश्यक ।’ देशमा ऐन कानुन फितलो भएको र ऐन कानूनले सबैलाई बाध्न नसकेको अवस्था चित्रण गर्दै उनी भन्छन्, ‘महत्वपूर्ण कुरा आम व्यक्तिहरुलाई सचेत बनाउनु पर्छ । राष्ट्रिय योजना बनाउँदा प्राकृतिक प्रकोप न्युनीकरण गर्ने राष्ट्रिय आवश्यकताहरु राख्न सकियो भने भविष्यमा क्षति न्युनीकरण गर्न सकिन्छ ।’ प्रस्तुति : गणेश पाण्डे
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy