Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

तीनदिने इलाम महोत्सव सम्पन्न

इलाम । इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । \"\"इलाम सदरमुकाम ९खलंगा० स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । महोत्सवमा ४५ वटा स्टल राखिएका थिए । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, जातीय वेशभूषा, जातीय खानाका परिकार, महिला उद्यमी तथा हस्तकलाका विभिन्न सामग्री, कृषिजन्य उत्पादित वस्तु प्रदर्शनीमा राखिएका थिए । ‘इलाम’ शीर्षक गीतको सार्वजनिकीकरण, ‘इलाम ः हाम्रो गौरव’ झल्कने आतिसबाजी, इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर र माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग इलाम नगरपालिकाले मेयर्स प्राइजको प्रबन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । महोत्सवमा लिम्बू र लेप्चा जातिको पुरानो थातथलोका रूपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिने उद्देश्यले सञ्चालित महोत्सवको ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको महोत्सव आयोजक उपसमितिका संयोजक नवराज शंकरले जानकारी दिनुभयो । भारतसँगको सुगौली सन्धिपछि नगरी गढी ९हाल भारत० बाट फर्किएको श्रीनाथ पल्टन इलामको माईस्थानमा आएर बसेपछि इलाममा सदरमुकाम स्थापना भएको थियो । सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो । त्यसैलाई आधार मानेर सदरमुकाम ९खलंगा० स्थापना भएको २०० औँ वर्षगाँठ मनाइएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार उद्घाटन गर्नुभएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE