Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

कसाे गर्दैछन् र के भन्दैछन् उजाड गाउँवस्तीका नागरिक ?

‘के गर्नु बाबु ! पुर्ख्यौली थलो छाड्न त मन थिएन; विनाशकारी महाभूकम्पले हाम्रो पूरै वस्तीकै उठिबास गराइदियो । त्यहाँबाट नहिँडेर सुखै पाइएन नि’, पुर्ख्यौली थातथलोलाई चटक्कै माया मारेर बेंसीमा गोठ–टहरो बनाउन थालेका मदानपुर, नुवाकोटका वृद्ध नानीबाबु रिमालले पीडा पोख्दै खबरडबलीसँग भने– ‘ऋण काढेर पोहोरसाल बल्लतल्ल घर बनाएँ, राम्रोसँग बस्नै नपाई भूकम्पले भत्काइदियो । पहाडै चिराचिरा परेको छ, वर्षाको पानीले वस्ती सबै नै बगाउला भन्ने डर भएपछि बसाइँ नसरेर के गर्नु त !’ \"Banner_28\"स्थानीय भोजबहादुर सिलवालले पनि यसैगरी पीडा पोखे– ‘दुःख गरेर बल्लतल्ल घर बनाइयो बस्नै नपाई भूकम्पले भत्काइदियो । वर्षातमा पानी पर्दा त पहाडै सोलोलो होलाजस्तो छ; हामीलाई त कहाँ जाऊँ, के गरौंजस्तो भा’छ, बाबु !’ ‘बाबु ! आफ्नो त श्रीसम्पत्ति भनेकै यही जमिन हो, अन्त कतै जाने ठाउँ छैन’, विनाशकारी भूकम्पले सारा बस्ती सखाप भएको गेर्खु– ६, नुवाकोटका कृष्णलाल श्रेष्ठले पुस्तौंपुस्तादेखिको थातथलोमा भग्नावशेषमाथि बसेर सुस्केरा हाल्दै भने– ‘यही भग्नावशेष कुरेर बस्नुबाहेक हाम्रो कुनै विकल्प नै छैन ।’ महाभूकम्पले बढी प्रभावित धादिङ जीवनपुरका बासिन्दाले पनि यस्तै पीडा सुनाए । क्षणभरमै घरबस्ती पूरै माटोमा बिलाएपछि ब्याकुल भएका यहाँका वासिन्दा वस्ती नै छाडेर पलायन हुने सुरमा छन् । सुरक्षाको विश्वासमा आफू बसेको बासस्थान नै सबैभन्दा बढ्ता असुरक्षित भएपछि बसाइँ सर्नुको विकल्प नभएको बताउँछन् उनीहरु । ‘उही बेला बडो दुःखले घर बनाइयो बाबु ! महाभूकम्पले सुकुम्बासी नै बनाइदियो’, पाँचखाल, काभ्रेका वृद्ध दिलबहादुर बानियाँले उसैगरी दुःख पोखे– ‘अब त घर बनाउने हैसियत पनि छैन । कता जाने, के गर्ने अन्योल छ– मर्ने काल पनि आएन !’ \"2\"वैशाख १२ गतेको विनाशकारी भूकम्पद्वारा अतिप्रभावित जिल्लाका थुप्रै ग्रामीण वस्ती विस्थापित भएका छन् । यसपालिको भूकम्पले राजधानीका तीन जिल्लामा कहालीलाग्दो स्थिति सिर्जना गर्नुका साथै राजधानी वरिपरिका दर्जनजति पहाडी जिल्लालाई तहसनहस पारेपछि ती क्षेत्रका सयौं घरपरिवार युगौंदेखि बसोबास गर्दै आएका आ–आफ्नो थातथलो चटक्कै छाडेर सुरक्षित ठाउँ खोज्दै धमाधम बसाइँ सरिरहेका छन् । कसैका निम्ति यो बसाइँसराइँ तत्काल ज्यान जोगाउने उपाय मात्रै हुने देखिन्छ भने कसैका निम्ति दीर्घकालीन बसाइँसराइँ नै सावित हुने स्थिति छ । रोजगारीको सिलसिलामा ग्रामीण भेगका अधिकांश युवा विदेशिएकाले प्रायः गाउँवस्ती पहिल्यै सुनसान थिए । झन् वैशाख १२ को महाभूकम्पको त्रासदीका कारण गाउँवस्तीमा बाँकी रहेका नागरिक समेत बेंसी झर्ने तथा सुरक्षित आश्रयको खोजीमा अन्यत्रै भौंतारिन थालेपछि गाउँवस्ती उजाड हुन पुगेका हुन् । महाभूकम्पका अतिप्रभावित राजधानी बाहिरका ११ वटा जिल्लामध्ये आधाजसो जिल्लाका ९५ प्रतिशत घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । फाट्टफुट् बाँकी रहेका घरहरुमा पनि बस्नै नहुनेगरी धाँजा फाटेका छन् । भूकम्पको धक्काले पहाडी क्षेत्रमा जमिनमा समेत चिराचिरा देखापरेका छन् । भूकम्पका कारण जमिन नै कमजोर भएपछि वर्षातको पानीले पहाडै भासिन सक्ने त्रासको मनोविज्ञानले समेत मानिसहरु धमाधम बसाइँ सरेको विज्ञहरु बताउँछन् । महाभूकम्पले बढी असर गरेका गोरखा, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, रामेछापलगायतका कतिपय वासिन्दा आ–आफ्नो अनुकूलता हेरी सहर, तराई तथा पहाडको फेदमा रहेको बेंसीतिर गोठ–टहरा हाल्न व्यस्त छन् । खेतबारीका सबै काम छाडेर धमाधम बेंसीमा गोठ–टहरा बनाइरहेका छन् यतिबेला नागरिकहरु । महाभूकम्पले विस्थापित हुनेहरुमा मनोवैज्ञानिक त्रास त छ नै, आर्थिक अभावले समेत नराम्ररी थिल्थिलो बनाएको छ उनीहरुलाई । गाउँ–सहर दुवैतिर घरबार हुनेहरु सहरलाई सुरक्षित ठान्दै यतै पसेका छन्, मध्यमवर्गीयहरु बेंसी झरेका छन् । न त बेंसी न सहर, कतै विकल्प नभएकाहरु गाउँबस्तीकै खुला चौतारा, चौर र खेतबारीमा कोही पालमुनि त कोही खुला आकाशमुनि नै दिन–रात गुजार्न बाध्य छन् । २०६८ को जनगणना अनुसार नेपालको ग्रामीण क्षेत्रले जनसंख्याको ८३ प्रतिशत हिस्सा ओगट्छ । तीमध्ये उपत्यका बाहेकका झन्डै दर्जन जिल्लामा भूकम्पका कारण सिर्जित प्रकोपका कारण नेपालको जनसंख्या–संरचनामै परिवर्तन आउने देखिएको छ । त्यसै पनि पहाडी क्षेत्रप्रतिको बढ्दो विकर्षण र सुगम स्थानहरुतिरको आकर्षणका कारण ग्रामीण भेग र समग्र राष्ट्रकै उत्पादकत्व समेत निकै घट्ने देखिन्छ । महाभूकम्पकै कारण नेपालको ग्रामीण र सहरी जनसंख्यामा असन्तुलन उन्पन्न हुने अवस्था पैदा भएको छ । \"1\"स्थायी र अस्थायी बसाइँसराइँले समाजशास्त्रीय एवम् मानशास्त्रीय दृष्टिबाट समेत मुलुकलाई दीर्घकालीन हिसाबमै गम्भीर असर पार्ने मानशास्त्री डा. ओम गुरुङको बुझाइ छ । यसले दीर्घकालमा सामाजिक, आर्थिक, सांस्कृतिक रुपले गम्भीर असर पार्ने उनको जिकिर छ । पहाडी क्षेत्रमा तीव्र रुपमा भइरहेको वस्ती विस्तपनबारे डा. गुरुङले भने– ‘वर्षौंदेखि एउटै हावपानी र एउटै संस्कृतिमा बसिरहेका जनता नयाँ परिवेशमा जाँदा वातावरणीय तथा सामाजिक रुपले त्यसलाई ग्रहण गर्न अप्ठयारो हुन्छ । यस्तो अवस्थामा एक त मौलिक संस्कृति नष्ट हुन्छ; अर्को, यसले वृत्तिविकासमा समेत नकारात्मक असर पारिरहेको हुन्छ ।’ विपद्बाट विस्थापित जनताको पुनर्वासका लागि तत्काल अल्पकालीन तथा दीर्घकालीन योजना बनाउन समाजशास्त्री, अर्थशास्त्री, मानवशास्त्री, वातावरणविद्, भूगोलविद्, पुरातत्वविद्लगायतका विज्ञ रहेको प्राविधिक टिमसँग सहयोग लिएर अघि बढ्न सरकारलाई सल्लाह दिन्छन् डा. गुरुङ । भूकम्प आउनुअघि नै बारम्बार सरकारको ध्यानकर्षण गर्दा समेत पूर्वतयारी नगरिएकाले महाभूकम्पबाट धेरै धनजनको क्षति भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीको दुःखेसो छ । वैशाख १२ को भूकम्पले धेरै पाठ सिकाएको उल्लेख गर्दै प्रमुख अधिकारीले भने– ‘अहिलेको भूकम्पले धेरै क्षति भइसकेको अवस्थामा भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी पुनर्वास योजनाकै क्रममा धेरै कुरामा ख्याल पुर्याउनुपर्छ ।’ अब तत्काल ठूला भूकम्पको जोखिम नरहेको भन्दै वैशाख १२ को भूकम्पका पराकम्पनहरु धेरै दिनसम्म आउने हुँदा सचेततापूर्वक सामान्य दिनचर्यामा फर्कन अधिकारीले सबैमा आग्रह गरेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy