Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भ्यानले जोतेर १० को हत्या, १५ घाइते

क्यानडाको टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिँड्ने व्यस्त मार्गमा योजनाबद्ध रूपमा गुडाएपछि कम्तीमा १० जना मारिएका छन् । उक्त भ्यानले ठक्कर दिएका अन्य १५ जना घाइते भएका छन् । प्रत्यक्षदर्शीले ती चालकले पैदलमार्गमा तीव्र गतिमा भ्यानलाई जोताएको र त्यसपछि कैयौं पटक सडकमा र पैदलमार्गमा ल्याउने लैजाने गरेको उल्लेख गरेका छन् । सन्दिग्ध चालकलाई पक्राउ गरिएको छ । दिउँसोको खाना खाने समयमा सेतो रंगको उक्त भ्यानले पैदल यात्रुले भरिएको उत्तरी टोरन्टोको बाहिरी क्षेत्रमा पैदलमार्गमा चढेर मानिसहरूलाई ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीहरूले उक्त भ्यान तीव्र गतिमा हुइकिँदै अघि बढेको र मानिसहरू चिच्याएको आवाज सुनिएको जनाएका छन् । उक्त भ्यानले बारम्बार सडक र पैदलमार्गमा आउने जाने गरेको थियो । तनावपूर्ण अवस्था भए पनि प्रहरीले गोली नचलाई भ्यानका चालकलाई पक्राउ गरी हिरासतमा लिएका छन् । टोरन्टोका मेयरले धैर्यता देखाउन मानिसहरूलाई अपिल गरेका छन् । अधिकारीहरूले यसलाई योजनाबद्ध हमला भनेका छन् । विश्वका ठूला अर्थतन्त्र भएका जी सेभेन आवद्ध देशका विदेशमन्त्रीहरूको बैठक चलिरहेको टोरन्टोको मूख्य क्षेत्र भन्दा १८ माइल टाढा यो घटना भएको हो । हालसम्म उक्त बैठक र भ्यान चालकका गतिविधिबीच केही सम्बन्ध रहे नरहेको पुष्टि भएको छैन । विश्वका अन्य भागमा इस्लामिक स्टेट समूहले यस्तै प्रकृतिका हमला गराउने गरेका छन्। तर पछिल्लो घटनाको उद्देश्य अझै स्पष्ट छैन । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending