Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भिडियोमा हेर्नुहोस् –डा. केसीविरुद्ध एक युवाको आमरण अनसन, अब के गर्लान् केसी ?

काठमाडौं ।  चिकित्सा क्षेत्र सुधारका लागि डा.गोविन्द केसी अनशन बसेको कुरा त हामी सबैले देखे–सुनेकै कुरा हो । तर, विगत ७ दिनदेखि डा. गोविन्द केसीकै विरुद्ध कोही व्यक्ति अनशन बसिरहेको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । चिकित्सा विधेयक खारेज हुनुपर्ने र डा.गोविन्द केसीलाई छानविन गरी कारबाही गर्नुपर्ने माग राख्दै ओखलढुंगाका एक युवा ७ दिनदेखि खुल्लामञ्चमा अनशन बसिरहेका छन् । मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाको व्यवस्थापनमा ओखलढुंगा सिस्नेरीमा २१ वर्षीय विजय थापा वैशाख १३ गतेदेखि अनशन बसेका हुन् । थापा काठमाडौंको त्रिवेणी उच्च माविमा पढ्ने विद्यार्थी हुन् । डा. गोविन्द केसीले देशकै माग उठाइरहेका छन् । उनीविरुद्ध नै किन अनशन बस्नुभो ? भन्ने प्रश्नमा थापा भन्छन्, ‘गोविन्द केसी नाम होइन, प्रवृत्ति हो । नेपालमै चिकित्सा शिक्षा पढ्न नपाउँदा वर्षेनी ५ हजार विद्यार्थी विदेशिन्छन्, त्यत्रो पैसा विदेशमा पठाउने काम राष्ट्रहितमा छैन । कन्सल्टेन्सीहरु मोटाउने गरी गरिएको निर्णय हामी मान्दैनौं ।’ गोविन्द केसी अदृश्य शक्तिको उक्साहटमा लागेको थापाले आरोप लगाए । उनले भने, ‘गोविन्द केसी कसैको डिजाइनमा फसेका छन् । अहिले जसरी चिकित्सा विधेयक आएको छ, त्यसले देशको हित हुँदैन । त्यसैले डा. गोविन्द केसीमाथि छानविन हुनुपर्छ । उनले यस्तो राष्ट्रघात गर्न पाउँदैनन्।’ थापाका सहयोगी गोविन्द बोहराले चिकित्सा शिक्षा अध्ययनका नाममा वर्र्षेनी अढाई अरब नेपाली सरकार विदेसिँदा पनि सरकार लाचार बनेको बताए । उनले भने, चिकित्सा शिक्षाका लागि वार्षिक १० हजार विद्यार्थीले आवेदन दिन्छन्, नेपालमा पन्ध्र सय विद्यार्थीका लागि मात्र कोटा छ, बाँकी सबै विद्यार्थी विदेसिन्छन् । यसले देशलाई वार्षिक अढाई अरब घाटा भइरहेको छ ।’ बोहराले थपे, ‘एउटा डाक्टरले लाखौं विद्यार्थी हेर्नुपर्छ, डाक्टरले एउटा विद्यार्थीका लागि ३० सेकेण्ड पनि समय दिन सक्दैन, त्यस्तो देशमा बिरामीले कस्तो उपचार पाउँछ ? अहिले जुन विधेयक आएको छ, यो सरासर देश र करोडौं नेपालीको भविष्यका विरुद्ध छ ।’ चिकित्सा विधेयकले काठमाडौं उपत्यकाभित्र १० वर्ष मेडिकल कलेज खोल्न बन्देज लगाएको छ । तर, विधेयकको दफा १३ मा उच्च व्यवस्थापन क्षमता भएको कलेजलाई सम्बन्धन दिन सकिने व्यवस्था गरेर विदेशी लगानी भित्राउन खोजेको र राष्ट्रिय लगानीकर्ता निरुत्साहित गरेको बोहराको आरोप छ ।’ बोहरा भन्छन्, ‘उच्च व्यवस्थापन क्षमता भएकालाई दिने भनेर विदेशी लगानी भित्राउने नियत राखिएको छ ।’ बोहराले मेडिकल शिक्षामा १०% छात्रवृत्तिको व्यवस्थालाई संशोधन गरेर २५% बनाउनुपर्ने आफूहरुको माग रहेको बताए । ‘शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ’ बोहराले भने, ‘त्यो व्यवस्था नहुँदासम्म स्वदेशीलाई रोकेर विदेशीलाई सम्बन्धन दिने कुरा गलत छ ।’ चिकित्सा आयोग प्रधानमन्त्रीको मातहत राख्ने व्यवस्थाको पनि अनसनकर्ता थापाले विरोध गरेका छन् । थापाले भने, ‘सम्बन्धन विश्वविद्यालयबाट लिने तर आयोगको अध्यक्ष प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको कुरा भिसीले मान्ने कि भिसीको कुरा प्रधानमन्त्रीले मान्ने ? यो व्यवस्था वैज्ञानिक छैन । उपकूलपतिकै अध्यक्षतामा आयोग बन्नुपर्छ ।’ तपाईको अनशनको खासै चर्चा छैन, कतिञ्जेल बस्नुहुन्छ अनशन ? भन्ने प्रश्नमा थापा भन्छन्, ‘जबसम्म डा. गोविन्द केसीमाथि छानविन हुँदैन, चिकित्सा विधेयक खारेज हुँदैन, तबसम्म मेरो अनसन जारी रहन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending