बैशाख २० गते, २०७५ बिहिवार 3rd May, 2018 Thu१४:१९:०३ मा प्रकाशित
पाल्पा । पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो ।
जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पु¥याएको छ । तानसेन नगरपालिका–१४ अर्गली बस्ने कृषक निर्मल रानाले २० रोपनी जमिनमा लगाएको काँक्रा, सिमी, करेला असिनाले हिर्काएर नष्ट हुँदा करीब ६ लाख बराबरको नोक्सानी भएको उनले बताए ।
तानसेन नगरपालिका–९ का धुव्रराज भण्डारीले पनि २३ रोपनी जमिनमा लगाएको तरकारी बाली असिनाले नष्ट गर्दा १० लाख बराबरको क्षति पुगेको उहाँको गुनासो थियो । तानसेन नगरपालिका–७ कुन्सरेका अनिल थापाको २० रोपनीमा लगाएको खुर्सानी, टमाटर, काँक्रा नष्ट हुँदा रू आठ लाख बराबरको क्षति भएको छ । पन्ध्र वर्षयता ठूलो असिनापानी परेकाले यस वर्ष बालीनालीमा ठूलो नोक्सान पुगेको कृषकहरू बताउँछन् ।
तानसेन नगरपालिकाभित्र मात्र असिनापानीका कारण रू चार करोड ८० लाख बराबरको तरकारी क्षति भएको छ । २०० हेक्टर क्षेत्रफलमा एक हजार ६०० मेट्रिक टन तरकारी असिनाले नष्ट गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले बताए । किसानले लगाएको ८० प्रतिशत तरकारी असिनाका कारण क्षति भएको प्रारम्भिक विवरण आएको भए पनि क्षति अझै बढ्न सक्ने उहाँको भनाइ थियो ।
हालसम्म प्राप्त जानकारीअनुसार तानसेन नगरपालिका–९ दमकडामा ७० हेक्टरमा लगाएको तरकारी बाली नष्ट भएको छ भने वडा नं ७ सुन्दरगाउँमा ५० हेक्टर, वडा नं ८ को मदनपोखरामा २५ हेक्टर, वडा नं ६ को बर्तुङ्गमा २० हेक्टर, वडा नं १४ को अर्गलीमा १४ हेक्टर जमीनमा र अन्य वडामा गरी २०० हेक्टर क्षेत्रफलमा लगाएको तरकारी खेती नष्ट हुँदा किसानलाई करिव रू चार करोड ८० लाख बराबरको क्षतिको विवरण आएको वरिष्ठ कृषि विकास अधिकृत पाण्डेको भनाइ थियो ।
यहाँका किसानले बेमौसमी काँक्रा, करेला, सिमी, लौका, भन्टा, टमाटर, खुर्सानी, बोडी, बन्दा काउली, प्याज र लसुनको व्यावसायिक खेती गर्दै आएका थिए । फल लाग्दै गरेका सुन्तला, आँप, काफलमा पनि असिनापानीले पूर्ण रुपमा नष्ट गरेको छ । अत्यधिक असिनाको कारण व्यावसायिक रुपमा सुन्तलाको खेती गर्दै आएका छहरा अमलावास, भुवनपोखरी, मुझुङ, पालुङ्गमैनादी, बतासे, जल्पा लगायतका किसानको करोडौँ नोक्सान हँुदा कृषक चिन्तित भएका हुन् । भर्खरै खेतबारीमा उम्रेका मकैमा पनि असिनापानीले क्षति पु¥याएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: