Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

असिनापानीबाट करोडौंको तरकारीबाली नष्ट

पाल्पा । पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो । जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पु¥याएको छ । तानसेन नगरपालिका–१४ अर्गली बस्ने कृषक निर्मल रानाले २० रोपनी जमिनमा लगाएको काँक्रा, सिमी, करेला असिनाले हिर्काएर नष्ट हुँदा करीब ६ लाख बराबरको नोक्सानी भएको उनले बताए । तानसेन नगरपालिका–९ का धुव्रराज भण्डारीले पनि २३ रोपनी जमिनमा लगाएको तरकारी बाली असिनाले नष्ट गर्दा १० लाख बराबरको क्षति पुगेको उहाँको गुनासो थियो । तानसेन नगरपालिका–७ कुन्सरेका अनिल थापाको २० रोपनीमा लगाएको खुर्सानी, टमाटर, काँक्रा नष्ट हुँदा रू आठ लाख बराबरको क्षति भएको छ । पन्ध्र वर्षयता ठूलो असिनापानी परेकाले यस वर्ष बालीनालीमा ठूलो नोक्सान पुगेको कृषकहरू बताउँछन् । तानसेन नगरपालिकाभित्र मात्र असिनापानीका कारण रू चार करोड ८० लाख बराबरको तरकारी क्षति भएको छ । २०० हेक्टर क्षेत्रफलमा एक हजार ६०० मेट्रिक टन तरकारी असिनाले नष्ट गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले बताए । किसानले लगाएको ८० प्रतिशत तरकारी असिनाका कारण क्षति भएको प्रारम्भिक विवरण आएको भए पनि क्षति अझै बढ्न सक्ने उहाँको भनाइ थियो । हालसम्म प्राप्त जानकारीअनुसार तानसेन नगरपालिका–९ दमकडामा ७० हेक्टरमा लगाएको तरकारी बाली नष्ट भएको छ भने वडा नं ७ सुन्दरगाउँमा ५० हेक्टर, वडा नं ८ को मदनपोखरामा २५ हेक्टर, वडा नं ६ को बर्तुङ्गमा २० हेक्टर, वडा नं १४ को अर्गलीमा १४ हेक्टर जमीनमा र अन्य वडामा गरी २०० हेक्टर क्षेत्रफलमा लगाएको तरकारी खेती नष्ट हुँदा किसानलाई करिव रू चार करोड ८० लाख बराबरको क्षतिको विवरण आएको वरिष्ठ कृषि विकास अधिकृत पाण्डेको भनाइ थियो । यहाँका किसानले बेमौसमी काँक्रा, करेला, सिमी, लौका, भन्टा, टमाटर, खुर्सानी, बोडी, बन्दा काउली, प्याज र लसुनको व्यावसायिक खेती गर्दै आएका थिए । फल लाग्दै गरेका सुन्तला, आँप, काफलमा पनि असिनापानीले पूर्ण रुपमा नष्ट गरेको छ । अत्यधिक असिनाको कारण व्यावसायिक रुपमा सुन्तलाको खेती गर्दै आएका छहरा अमलावास, भुवनपोखरी, मुझुङ, पालुङ्गमैनादी, बतासे, जल्पा लगायतका किसानको करोडौँ नोक्सान हँुदा कृषक चिन्तित भएका हुन् । भर्खरै खेतबारीमा उम्रेका मकैमा पनि असिनापानीले क्षति पु¥याएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE