बैशाख ३० गते, २०७२ बुधवार 13th May, 2015 Wed१७:२४:०३ मा प्रकाशित
काठमाडौँ, दुई साताअघि गएको विनाशकारी भूकम्पबाट चर्किएका राजधानीका घरहरुमा मङ्गलबार गएको शक्तिशाली पराकम्पले थप क्षति पु¥याएको छ ।
उपत्यकामा भूकम्पले चर्किएका गोङ्गबु, सामाखुसी, भक्तपुर र ललितपुर कतिपय क्षेत्रका पुराना घरमात्र होइन नयाँ घरसमेत भत्किएका छन् । कतिपय सामान्य मर्मत गरी बस्न मिल्ने अवस्थाका घरमा थप क्षति पुगेको देखिएको छ ।
पराकम्पले गोङ्गबु सामाखुसी क्षेत्रमा आधा दर्जनभन्दा बढी ठूला भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । अन्य कैयौँ घर जमिनमा धस्सिएका छन् । त्यस्तै भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा यसअघि आधा भत्केका घर पूर्ण रुपमा भत्केका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनले यही वैशाख १२ गते गएको भूकम्पले क्षति पु¥याएका घर बस्न योग्य रहे÷नरहेको बारेमा गरिएको जाँचका क्रममा सामान्य मर्मत गरी बस्न मिल्ने सुझाव दिएका कतिपय घर समेत पराकम्पले थप क्षति पुगेको बताएको छ ।
एसोसिएसनले वैशाख १८ गतेदेखि करिब तीन हजार स्वयम्सेवी इन्जिनियरको सहयोगमा मङ्गलबारसम्म ३० हजारभन्दा बढी भूकम्पबाट चर्केका घरमा पुगेर द्रुत लेखाजोखा मूल्याङ्कन ९¥यापिड भिजुअल एसेसमेन्ट० गरी बस्न मिल्ने नमिल्ने जाँच गरेको थियो ।
त्यसरी जाँचिएका घरमध्ये ५० प्रतिशत बस्न मिल्ने सामान्य अवस्थाका, ३० प्रतिशत सामान्य मर्मत गरी बस्न मिल्ने र २० प्रतिशत बस्न नमिल्ने गरी क्षतिग्रस्त अवस्थामा रहेका देखिए पनि मङ्गलबार गएको शक्तिशाली पराकम्पले थप क्षति पु¥याएको हुन सक्ने एसोसिएसनका अध्यक्ष ध्रुवराज थापाले जानकारी दिए ।
एसोसिएसनले सहरी विकास तथा भवन निर्माण विभागसँगको सामन्वयमा आगामी शनिबारदेखि ती इन्जिनियरहरुमध्येबाट पाँच सयभन्दा बढीलाई विस्तृत अध्ययन र निरीक्षणका साथै मर्मतको तौरतरिकाबारे विषयगत तालिम दिएर खटाउने अध्यक्ष ध्रुवराज थापाले जानकारी दिए ।
भूकम्पबाट क्षति भएका घरमा घरधनीले सामान्य मर्मतका साथ टालटुल गरेर पुनः भाडामा दिनसक्छन् । त्यसले अर्को खतरा ननिम्त्याओस् भनेर एसोसिएसनले सो तयारी गर्न लागेको बताएको छ ।
इन्जिनियरको टोलीले भूकम्पबाट क्षति भएका घरको रातो (बस्न नमिल्ने), पहेँलो (सामान्य मर्मत गरी बस्न मिल्ने) र हरियो (बस्न मिल्ने) गरी तीन भागमा वर्गीकरण गरी अभिलेख राखे पनि घरधनीलाई भने बस्न मिल्ने र नमिल्ने बारेमा मात्र जानकारी दिएको थियो ।
वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट मुलुकभर सर्वसाधारणका अहिलेसम्म एक लाख ९१ हजार ५८ घर पूर्ण रुपमा क्षति भएको छ र एक लाख ७५ हजार १६२ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै १० हजार ७१८ सरकारी भवन पूर्ण रुपमा क्षति भएको र १४ हजार ७४१ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: