Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

माअोवादी र फोरमसँग एकताबारे नयाँ शक्तिले निकाल्यो यस्तो बिज्ञप्ति

काठमाडाैं । नयाँ शक्ति पार्टी नेपालले मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने आफ्नो पार्टीको घोषित नीति रहेको बताएको छ । पछिल्लो पटक नयाँ शक्ति, संघीय समाजवादी फोरम र माओवादी केन्द्रवीच वार्ता भएका समाचार आईरहेका बेला नयाँ शक्तिले आफ्नो धारणा सार्वजनिक गरेको हो । ‘मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं ।’ प्रवत्ताद्धय डम्बर खतिवडा र प्रशान्त सिंहले जारी गरेको विज्ञप्तीमा छ । केही दिनयता राजनीतिक वृत्त र विभिन्न सञ्चार माध्यममा आएका पार्टीहरुको एकता, ध्रुविकरण र कार्यगत एकता सम्बन्धी समाचार आएका छन् । यही विषयमा वैशाख २१/२२ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको सचिवालय बैठकका निणय भन्दै विज्ञप्ती जारी गरिएको छ । \"\" ‘नयाँशक्ति पार्टी, नेपाल निश्चित युगिन वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक आधारमा िनर्माण भएको पार्टी हो । ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’लगायत ‘५स’ माआधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानीपुग्ने गरी नयाँशक्ति पार्टी, नेपालकुनै प्रकारको ध्रुविकरण, एकता वा विलयको प्रक्रियामा सामेल हुनेछैन । यसबारे कसैले कुनै आशंका गरिरहन आवश्यकन भएको प्रष्ट पार्दछौं ।’ निर्णयमा छ । यसै गरी भनिएको छ, ‘राजनीति एक गतिशील प्रक्रिया हो । राजनीतिक दल र नेतृत्वबीच भेटघाट र छलफल हुनु स्वभाविक कुरा नै हो । यसबीचनयाँशक्ति पार्टीकै पहलकदमीमा विभिन्न पक्षहरुसँग छलफल र भेटघाट भएको हो । तर त्यसको उद्देश्यबृहत्तर राजनीतिक परिदृष्यमा राष्ट्रिय राजनीतिको भावीकार्यदिशालाई निर्धारण गर्न एकअर्कालाई मद्दत गर्नु थियो ।’ ‘दलहरुको संख्या धेरै भएर लोकतन्त्रबलियो हुने हैन । निश्चित वैचारिक धार र सवल संगठन भएका दलहरुबीचको स्वच्छ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुनसक्छ । यस अर्थमा नयाँशक्ति पार्टी, नेपाल सबै पक्षहरुसँग राजनीतिक संवादका लागि तयार छ । तर वैकल्पिक, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी, लोकतान्त्रिक, समाजवादी ‘तेस्रो धु्रव’निर्माण गर्ने उद्देश्यत्यसको आधारभूतशर्त हो । तथा कथित पुँजीवादी वा साम्यवादी आवरणमा यो उद्देश्य परिपुर्ति नहुने यथार्थबारे नयाँशक्ति पार्टी उत्तिकै प्रष्ट छ ।’
बिज्ञप्तिको पूर्णपाठ
मिति : २०७५/०१/२३
प्रेस वक्तव्य
केही दिनयता राजनीतिक वृत्त र विभिन्न सञ्चार माध्यममा आएका पार्टीहरुको एकता, ध्रुविकरण र कार्यगत एकतासम्बन्धी सवालमा नयाँ शक्ति पार्टी, नेपालसँग जोडिएका विषय, जिज्ञासा र अस्पष्टताबारे पार्टीको यही वैशाख २१/२२ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको सचिवालय बैठकमा भएको निर्णयबमोजिम निम्न बिषयमा प्रष्ट पार्न चाहन्छौं–
१. नयाँ शक्ति पार्टी, नेपाल निश्चित युगिन वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक आधारमा निर्माण भएको पार्टी हो । ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’लगायत ‘५ स’ मा आधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानी पुग्ने गरी नयाँ शक्ति पार्टी, नेपाल कुनै प्रकारको ध्रुविकरण, एकता वा विलयको प्रक्रियामा सामेल हुनेछैन । यसबारे कसैले कुनै आशंका गरिरहन आवश्यक नभएको प्रष्ट पार्दछौं । 
२. राजनीति एक गतिशील प्रक्रिया हो । राजनीतिक दल र नेतृत्वबीच भेटघाट र छलफल हुनु स्वभाविक कुरा नै हो । यसबीच नयाँ शक्ति पार्टीकै पहलकदमीमा विभिन्न पक्षहरुसँग छलफल र भेटघाट भएको हो । तर त्यसको उद्देश्य बृहत्तर राजनीतिक परिदृष्यमा राष्ट्रिय राजनीतिको भावी कार्यदिशालाई निर्धारण गर्न एकअर्कालाई मद्दत गर्नु थियो । 
३. दलहरुको संख्या धेरै भएर लोकतन्त्र बलियो हुने हैन । निश्चित वैचारिक धार र सवल संगठन भएका दलहरुबीचको स्वच्छ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुनसक्छ । यस अर्थमा नयाँ शक्ति पार्टी, नेपाल सबै पक्षहरुसँग राजनीतिक संवादका लागि तयार छ । तर वैकल्पिक, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी, लोकतान्त्रिक, समाजवादी ‘तेस्रो धु्रव’ निर्माण गर्ने उद्देश्य त्यसको आधारभूत शर्त हो । तथाकथित पुँजीवादी वा साम्यवादी आवरणमा यो उद्देश्य परिपुर्ति नहुने यथार्थबारे नयाँ शक्ति पार्टी उत्तिकै प्रष्ट छ ।
४. मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं ।
......................  .......................
डम्बर खतिवडा    प्रशान्त सिंह
  प्रवक्ता      प्रवक्ता
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending