Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

अाजबाट बर्खे अधिवेशन शुरूः ५ महिनाभित्र ४१ विषयका १५० नयाँ कानून बनाउनुपर्ने

काठमाडाैं । संघीय संसद्को बजेट अधिवेशनमा आगामी असोज पहिलो हप्ताभित्र बनाइसक्नुपर्ने कानूनसम्बन्धी अधिकांश विधेयक पेश हुने कानूनमन्त्रीले बताएका छन् । बजेट अधिवेशन आजबाट शुरू हुँदैछ ।

उक्त अधिवेशन सरकारको नीति तथा कार्यक्रम, बजेट र त्यसपूर्वका छलफलमा केन्द्रित हुने भए पनि अबको पाँच महिनाभित्र सबै कानून निर्माण गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकोले सरकारले त्यसमा जोड दिन लागेको कानूनमन्त्रीले बताए। असोज २ गतेभित्र ४१ विषयका १ सय ५० नयाँ कानून बनाउन बाँकी छ । लिक हकसम्बन्धी कानून पारित गरी लागू गरिसक्नुपर्ने अवस्था रहेकाले तीसहितका नयाँ कानून निर्माणलाई प्राथमिकतामा राखिएको बताइएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले भने \'मौलिक हकमा जुन-जुन अधिकार हामीले जनतालाई सुनिश्चित गरेका छौँ । त्योसँग सम्बन्धित कानून बनाउनुछ । संसद् बैठक चल्दा चल्दै पनि धेरै कानूनहरू हामीले संसद्‌मा दर्ता गरिसक्छौँ ।\' विभिन्न महत्त्वपूर्ण अध्यादेशहरूले प्रतिस्थापन विधेयकको रूपमा समेत यसपटक अधिवेशनमा प्रवेश पाउने बताइएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग, राष्ट्रिय सभा निर्वाचन, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसद्का महासचिव र सचिवको पारिश्रमिक सम्बन्धमा ती विधेयक आउनेछन् । तर केहीमा‍ चर्को विवाद रहेकाले संशोधनमाथि छलफल समेत हुने ठानिएको छ । आइतवार अपरान्ह ४ बजेका लागि निर्धारित अधिवेशनको पहिलो बैठकले दुवै सदन सञ्चालनसम्बन्धी नियमावलीहरू पहिलो कार्यसूचीका रूपमा पाउने बताइएको छ । संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने \'चारवटा अध्यादेशहरू दुवै सदनमा पेश हुन्छन् । अर्को प्रतिनिधि सभा तथा राष्ट्रिय सभा दुवैको नियमावली समितिले आफ्नो सभामा नियमावली मस्यौदा प्रस्तुत गर्छन् ।\' संसद् सञ्चालन नियमावलीमा सांसदको निलम्बनसम्बन्धी प्रस्तावित विषयमा चर्को विवाद रहेकाले त्यो बहुमतबाट निर्णय हुने अधिकारीहरूले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending