Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

फ्रान्सद्वारा डोनाल्ड ट्रम्पको भनाइको विरोध

मानिसहरूलाई बन्दुक राख्न दिएको भए सन् २०१५ को प्यारिस हमलालाई रोक्न सकिन्थ्यो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति फ्रान्सले विरोध जनाएको छ । प्यारिस हमलामा १ सय ३० जना मारिएका थिए ।

फ्रान्सको विदेश मन्त्रालयले ट्रम्पको दावीलाई खारेज गरेको छ र पीडितहरूको सम्झनाको सम्मान गर्न भनेको छ । शुक्रवार टेक्ससमा न्याशनल राइफल एशोसियसनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भने- यदि प्यारिसको सांगीतिक कार्यक्रम हलमा काम गर्ने एक जनासँग पनि त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू या त भाग्थे या त मारिने थिए । सम्बोधनका क्रममा ट्रम्पले प्यारिस हमलामा बन्दुकधारीहरूले एक-एक जना पीडितलाई बोलाउँदै गोली हानेको र गोली चलेको आवाज निकाल्दै प्रहसन गरेका थिए । \"\" जबकि वास्तविकतामा प्यारिस हमलाकारीले पीडित १३० जनामाथि अन्धाधुन्ध गोली चलाएका थिए र बम भएका \'बेल्ट\'हरू विस्फोट गराएका थिए । प्यारिस हमला गरिएको बेलाका राष्ट्रपति फ्रास्वां ओलान्दले ट्रम्पको भनाइलाई \'लज्जाजनक\' भनेका छन् । ओलान्दले थपे, \"ट्रम्पको भनाइले उनी फ्रान्स र फ्रान्सेली मान्यताबारे के सोच्छन् भन्ने विषयमा धेरै कुरा बताएको छ ।\" तत्कालीन फ्रान्सेली प्रधानमन्त्री मानुएल भासले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, \'अभद्र र अक्षम । योभन्दा बढी म के भन्न सक्छु र ?\' हालै अमेरिका भ्रमणका क्रममा ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका राष्ट्रपति एमानुएल माक्रोँले चाहिँ ट्रम्पको भनाइप्रति कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । सन् २०१५ को नोभेम्बर १३ मा गराइएको हमलाको जिम्मेवारी तथाकथित इस्लामिक स्टेट समूहले लिएको थियो । न्याशनल राइफल एशोसियसनलाई नै गरेको सम्बोधनमा ट्रम्पले लण्डनमा हुने गरेका चक्कु प्रहारका घटनाको आलोचना गर्दै सो शहरका अस्पतालहरूलाई \'युद्धक्षेत्र\'सँग तुलना गरे । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending