पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताए । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज यहाँ आयोजित पदस्थापन समारोहमा उनले विकास, समृद्धि र स्थायित्वका लागि सबै मिलेर सहकार्य गर्न आवश्यक भएको बताए । राजनीतिक स्थिरताका लागि आफूहरूले गठबन्धन, साझा घोषणापत्र र उम्मेदवार तय गरेको बताउँदै उनले कम्युनिष्ट पार्टीबीचको एकता राष्ट्रको आवश्यकता भएको उल्लेख गरे । प्रेस स्वतन्त्रताका पक्षमा आफूहरू निरन्तर रुपमा सञ्चारकर्मीसँगै भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाल पत्रकार महासंघको सर्वसम्मत समावेशी प्रदेश समिति गठन गरिनु सकारात्मक भएको बताउँदै उनले आफ्नै प्रधानमन्त्रित्वकालमा लोककल्याणकारी विज्ञापनमा दोब्बर बनाइएको तथा वरिष्ठ पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने प्रक्रियाको थालनी गरिएको जानकारी दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघात्मक अधिकार प्रदेशमा समितिलाई हस्तान्तरण गरिएको जानकारी दिँदै पत्रकार हकहित र नागरिक अधिकारका लागि महासंघले निरन्तर लडाइँ लडिरहने बताए । प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जनताले अनुमोदन गरिसकेकाले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकीकरण तत्काल गर्नाको विकल्प नरहेको बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सभापति गंगाधर पराजुलीले नेपालको संविधान निर्माण भएर पनि नियम र कानून बन्न् नसक्दा स्वतन्त्र प्रेसको अधिकार कुण्ठित भएको बताए । पत्रकार महासंघ प्रदेश नं ४ निर्वाचन आयोगका अध्यक्ष सुरेन्द्र थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नं ४ विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, केन्द्रीय निर्वाचन समितिका बबिता बस्नेत, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेल, महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले मुलुकको विकास र समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्व भूमिका रहेको उल्लेख गरे । सो अवसरमा निर्विरोध निर्वाचित महासंघ प्रदेशका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: