Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो

चितवन । सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ । पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले बताए । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र डढेलो लागेर सुख्खा भएको ठाउँमा पानी परेसँगै पहिरो खस्ने गरेको उनले जानकारी दिए । सो सडकखण्डलाई तीन भागमा विभाजन गरेर विस्तार गरिँदै छ । तेस्रो खण्ड अर्थात् मुग्लिन नजिकै सुप्रिम रौताहा जेभीले सडक विस्तारको काम गरिरहेको छ । धेरै पहाड भएकाले सो ठाउँमा धेरै पहिरो खस्ने गरेको छ । जेभीका साइड इञ्चिार्ज राजन दाहालका अनुसार शनिबार बिहान चारकिलो भन्ने स्थानमा ८ बजे खसेको पहिरो दिउँसो ३ बजेमात्रै पन्छाउन सकिएको थियो । बिहान तत्काल एकतर्फी बनाएका कारण र सवारीसाधन कम भएकाले ठूलो समस्या नआएको उनले बताए । दिउँसो ४ बजे चोरखोलामा पहिरो खसेपछि एक घण्टा ३० मिनेट पहिरो पन्छाउन लागेको उहाँले जानकारी दिनुभयो । शुक्रबार अठ्ठाइस किलो, चोरखोला र कालीखोलामा पहिरो खसेको थियो । एक ठाउँको पहिरो हटाउन आधा घण्टादेखि एक घण्टासम्म समय लागेको थियो । बुधबार र बिहीबार पनि तीन चार ठाउँमा साना पहिरो खसेको दाहालले बताए । सडकका अन्य भागमा पनि सानातिना पहिरो खस्ने क्रम शुरु भएको छ । डिभिजनल इञ्जिनियर खनालले चाँडै नै वर्षात् शुरु भएमा समस्या आउन सक्ने बताए । सडक विस्तारको काम भइरहेको र पहिरो रोक्ने काम शुरु भएकाले चाँडै नै वर्षात् हुुँदा काम नै प्रभावित हुने उनको भनाइ थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले विगत एक साता यता पहिरो र ढुंगा खस्न थालेको र कतिपय ठाउँमा प्रहरीले ढुंगा पन्छाएर सवारी साधन सञ्चालन गराएको बताए । दैनिकजसो साना ठूला पहिरो र ढुंगा खसेको भन्दै उहाँले चालकलाई एक अर्काे सवारी साधनको बीचमा दूरी राखेर सवारी चलाउन, अगाडि हेरेरमात्रै जान, बाटोको अवस्था बुझेर हिँड्न, उछिन्र नजान आग्रह गरिएको बताए । अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो कमलो भएको छ भने कतिपय ढुंगा र ढिस्को झर्ने अवस्थामा छन् । खनालका अनुसार पहिलो चरणमा झर्न लागेका ढुंगा, ढिस्को र माटो झार्ने काम भइरहेको छ । यससँगै दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङलगायतका काम हुँदैछन् । उनका अनुसार सडकलाई दुईभागमा विभाजन गरी पहिरो रोक्ने कामका लागि रु १४ करोडमा ठेक्का दिइएको हो । खनालले सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको बताउनुभयो । तीमध्ये अति नै संवेदनशील रहेका छ ठाउँमा शुरुमा काम गरिने उनले बताए । गतवर्ष असार ८ गते राति कालीखोला नजिकै पहिरोमा प्रहरी भ्यान पर्दा चारजना प्रहरीको मृत्यु भएको थियो । वर्षाद् हुनुअघि गतवर्ष पनि समय समयमा सुख्खा पहिरो खसेसँगै कतिपय सवारी साधनमा क्षति पुगेको थियो भने यात्रुले दुःख पाएका थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending