रुपन्देही । लुम्विनी अञ्चल अस्पताल, बुटवलमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लाण्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ । प्लाण्टबाट उत्पादित अक्सिजनबाट अहिले अस्पतालमा दैनिक सरदर २३ सिलिण्डर बराबरको ज्ञास खपत भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले जानकारी दिनुभयो । ग्यास प्लाण्ट स्थापना भएको दुई साता भएको बताइएको छ । उहाँले अस्पतालको आइसियू, एनआइसियू, इर्मेजेन्सी, मेडिकल वार्डमा उक्त ग्यास वितरण भएर बिरामीलाई सेवा प्रदान गरिएको जानकारी दिँदै अप्रेसन थिएटर, सर्जिकल वार्डलगायतमा ग्यास सिलिण्डरबाट नै काम भइरहेको जानकारी दिए । रोटरी क्लब अफ बुटवलको रु २१ लाख, रोटरी क्लब डिस्ट्रिक ३२३० भारतको रु १० लाख र रोटरी फाउण्डेशनको रु १९ लाख गरी कूल रु ५० लाखमा सो ग्यास प्लाण्ट स्थापना गरिएको हो । तीन वर्षअघि शुरु भएको परियोजनाअन्तर्गत सो प्लाण्टले २४ घण्टामा ४२ सिलिण्डर अक्सिजन उत्पादन गर्छ । रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण पन्थले अब बिरामीका लागि अक्सिजनको सिलिण्डर लिनुपर्ने अवस्था अन्त्य भएको जानकारी दिँदै यसको उत्पादन क्षमता बढाउँदै लगिने बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: