Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पर्सामा गोली चल्योः स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाईते

पर्सा । जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान झडप हुँदा २७ राउण्ड गोली चलेको छ । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव रहेका छन् । प्रहरी जवान यादवको अवस्था गम्भिर रहेको बताईएको छ । स्थानीयका अनुसार मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानीय र प्रहरीबीच सोमबार विहान झडप भएको बताइएको हो । स्थिती नियन्त्रणमा लिनका लागी प्रहरीले २३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । स्थानियले प्रहरीको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाईकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाईकल जलाईदिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत स्थानियले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भारतको बेतिया जिल्ला भंगहा थाना अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतो लाई चेकजाँचका क्रममा मापसे गरेको र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चार जना सवार रहेको फेला पारेपपछि आईतबार साँझ ८ बजेतिर नियन्त्रणमा लिएर ईप्रका सेढवामा राखेको थियो । मोवाईल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सेढवामा राखेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending