Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

चियाको पैसा उठाएर विद्यालयहरुको पुनर्निर्माण गरिँदै

काठमाडौं, नेपाल विद्यार्थी संघले भूकम्पका कारण क्षतिग्रस्त विद्यालयहरुको पुर्ननिर्माण एवं अनाथ भएका बालबालिकाको अध्ययनका लागि अक्षय कोष स्थापना गरेको छ । नेविसंघद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेविसंघ आबद्ध देशभरका विद्यार्थीहरुसँग १ कप चिया बराबरको रकम संकलन गरी ‘नेविसंघ विद्यार्थी सहयोग तथा विद्यालय निर्माण कोष’ को घोषणा गरिएको हो । सो कोषका लागि नेपाली कांग्रेसका सभाषद ईन्द्र बानियाँ र समाजसेवी होमनाथ कोइरालाले ५–५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । नेविसंघ अध्यक्ष रञ्जित कर्णले राष्ट्र विपदमा परेका बेलामा विद्यार्थीको भविष्य जोगाउन विद्यार्थी संगठन क्रियाशील हुन आवश्यक भएकोले कोष स्थापना गरिएको बताए । ‘हामी आन्दोलन र टायर बाल्ने मात्रै संगठन होइनौँ । क्षति भएका विद्यालय बनाउन र पिडित विद्यार्थीको भविष्यप्रति पनि सचेत संगठनका कार्यकर्ता हौँ । त्यसैले हामीले यो कोष मार्फत विद्यालय बनाउन र अनाथ विद्यार्थीको शिक्षामा सहयोग गर्ने लक्ष्य लिएका छौं ।’, कर्णले भने । नेविसंघले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खोलिएको ‘नेपाल विद्यार्थी संघ विद्यार्थी सहयोग तथा विद्यालय निर्माण कोष’ को खाता नम्बर ११३०००३७६७०१ मार्फत ईच्छुक जोकोही कोष निर्माणमा सहयोग गर्न सक्ने जनाएको छ । सो कोषमा जम्मा भएको रकम भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त विद्यालयहरु निर्माण गर्न सहयोग गरिनेछ । कोषको स्थापनार्थ ५ लाख रुपैयाँ हस्तान्तरण गरेका कांग्रेस सभाषद ईन्द्र बानियाँले विद्यार्थीको भविष्य जोगाउन सके भूकम्पका कारण निम्तेको विपद छिट्टै समाधान गर्न सकिने भन्दै कोषमा सहयोग गर्न सबैलाई आग्रह गरे । ‘यस्तो कोष स्थापना गरेर नेविसंघले सकरात्मक पहल लिएको छ । अन्य विद्यार्थी संगठनहरुले पनि यसको सिको गर्नुपर्छ ।’, बानियाँले भने । यस्तै समाजसेवी होमनाथ कोईरालाले पनि भूकम्पको क्षतिपछि पनि शिक्षा क्षेत्रलाई जोगाएर लानुपर्ने दायित्व भएकोले सबै एकजुट हुनुपर्नेमा जोड दिए । एक हजार  अनाथ विद्यार्थीको  शिक्षासहितको पालनपोषण जिम्मा नेपाल विद्यार्थी संघले नेपाल बाल संगठनसंगको सम्झौताका आधारणमा भूकम्पका कारण अनाथ भएका १ हजार विद्यार्थीहरुको शिक्षा सहितको पालनपोषणको जिम्मा लिने भएको छ । नेविसंघ अध्यक्ष कर्णका अनुसार नेपाल बालसंगठनको भर्ना मापदण्ड अनुसार १ हजार अनाथ बालबालिकाको अध्ययन र पालनपोषणको जिम्मेवारी लिन लागिएको हो । नेपाल बाल संगठनका महासचिव सुवास पोखरेलले संगठनले लामो समयदेखि अनाथ बालबालिकाको क्षेत्रमा काम गर्दै आएकोमा भूकम्पपछिको अवस्थामा भूकम्पप्रभावित अनाथ बालबालिकाको शिक्षा दिक्षामा सहयोग गर्न लागेको बताए । ‘नेविसंघले यसको अग्रसरता लिएकोमा धन्यवाद । हामी भूकम्पका कारण अनाथ बनेका विद्यार्थीको भविष्य अँध्यारो बन्न दिनेछैनौं । उनीहरुको उचित पालनपोषण र शिक्षा दिक्षाको जिम्मा हामी लिन्छौं ।’, महासचिव पोखरेलले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy