Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

डा. उपेन्द्र देवकोटालाई नेपालकै आयुर्वेदिकले यसरि बचाउन सक्छ

काठमाडौं  । ग्रीन वेल्थ इन्डस्ट्रिजले अन्तिम विकल्पको नरासहित आयुर्वेदिक उपचारलाई अघि बढाएको छ । कुनै पनि ठाँउमा, कसैबाट पनि उपचार गर्न नसकिने रोगको लागि अन्तिम विकल्पको रुपमा उक्त इन्डस्ट्रिलाई आयुर्वेदिक विधिबाट उपचार गर्दै आएको छ । प्रस्तुत छ दैनिक ५० जनासम्म उपचार भइरहेको उक्त इन्डस्ट्रिका कार्यकारी निर्देशक सुवास सुब्बा लिम्बुसँग गरेको कुराकानी । अन्तिम विकल्पको नारासहित आयुर्वेदिक उपचार गर्दै आउनु भएको छ । त्यसलाई कसरी बुझ्ने ? अन्तिम विकल्प भन्नाले कहीँ कतै उपचार हुन नसक्ने रोगको उपचार मेरो इन्डस्ट्रिबाट हुन्छ भन्न खोजेको हो । प्राकृतिक हर्बल विधिबाट उपचार गर्दै आएको छु । काँही पनि कसैले पनि जाति गर्र्न नसक्ने रोगको उपचार म गर्छु । यहाँ विभिन्न स्वदेशी विदेशी अस्पतालले गर्न नसकेको भनिएका रोगहरुको उपचार हुन्छ । विभिन्न किसिमको क्यान्सर, किड्नी फेल, प्यारालाइसिस्, हड्डी खिइने, थाइराइड, एड्स लगायत रोगको उपचार गर्छु । अहिलेसम्म तपाई उपचार केन्द्रमा आएर कतिले उपचार पाए  ? करिब ३ सय जनालाई जटिल रोगको उपचार गरेको छु । साधारण नसा च्यापेको, पायल्स लगायत रोगको गन्ती छैन, धेरैको उपचार गरेको छु । सबै उपचारहरु सफल भएका छन् । कसैले निको भएन भनेर गुनासा गरेका छैनन् । सामान्यतया हेरेर अथवा जाँचेर नै रोग पत्ता लगाउछु । उपचार गर्ने क्रममा बजेट भएकाहरुले खर्च गर्न हिच्किचाउन नहुने मेरो प्रष्ट मान्यता छ । उपचार गर्न नसक्नेहरुलाई भने निःशुल्क पनि उपचार गरिदिने गरेको छु । पछिल्लो समय वरिष्ठ डाक्टर उपेन्द्र देवकोटालाई दुर्लभ क्यान्सर रोग लागेको छ । उहाँले मुलुकबाहिर उपचार गराउँदै हुनुहुन्छ । केही हप्ताअघि मात्र उहाँको अस्पतालबाट उच्च अधिकारी मलाई भेट्न आएका थिए । मैले भने उपेन्द्र देवकोटालाई कुनै देशमा पनि उपचार हुन नसके मेरोमा ल्याउनु । उनको उपचार म गरिदिन्छु ।  किनभने त्यस्ता डाक्टरलाई हामीले जोगाइ राख्नु पर्छ । म उनलाई आयुर्वेदिक विधिबाट उपचार गर्छु । मैले दिएको औषधि खाइदिनु पर्छ । उपचार अवश्य हुन्छ । कतिपय अवस्थामा बिरामीहरुको उपचार गर्छु । उनीहरु जाती हुन्छन् तर मुख बार्दैनन् । मुख नबार्दा जाती भएको बिरामी पनि पछि फेरी बितेका पनि छन् । स्वदेशमै उत्पादन भएको कच्चा पदार्थ उपचारको लागि प्रयोगमा ल्याउने गरेकोछु । त्यो बाहेक उपचारको लागि आवश्यक विभिन्न इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भने खरिद गर्ने गरेको छु । उपचार शुल्क कतिसम्म लिने गर्नु भएको छ ? जटिल उपचार गर्न फुल डोजको लागि ४५ हजार रुपैयाँ शुल्क लाग्छ । त्यसको लागि एक महिनाभन्दा बढी औषधी खानु पर्छ । पहिला पहिला कोही कोहीलाई निःशुल्क पनि उपचार गरिदिएको छु । अहिले पनि ४र५ को निःशुल्क उपचार गरिरहेको छु । ती बिरामीहरुलाई अपाङ्गता, क्यान्सर, प्यारालाइसिस लगायतको समस्या छ । उनीहरुलाई आफैसंग राखेर उपचार गरिहेको छु । गएको २ वर्षदेखि त्यसरी बिरामी राख्न थालेको हुँ । निःशुल्क उपचार गर्दा खर्च होला, स्रोत कहाँबाट जुटाउँदै हुनुहुन्छ ? स्रोत म आफैँ जुटाइरहेको छु । सहयोग मागे दिन्छन् होला । तर म माग्ने पक्षमा छैन । बेलायत लगायत युरोपका देशहरु त्यतिकै धनि भएका होइनन् उनीहरुले गरिब देशलाई सहयोग गर्ने गरेका छन् । पुण्य गरेको कारणले आशिर्बाद मिलेको हो । त्यसैले मैले पनि धर्म र आशिर्बादको लागि सहयोग गरेको हुँ । वृद्धाश्रम खोल्ने मेरो सोच छ । अहिले मसँग ८र१० जना असहाय बालबालिका छन् । दुई वर्षअघिदेखि राख्न शुरु गरेको हुँ । शुरुवातमा ३÷४ जना थिए । वैशाखदेखि केही बालबालिका थपिँदैछन् । अब ८/१० जना थप्ने सोचमा छु । कहीँ कतै उपचार नहुने रोग निको पार्छु भन्नुभएको छ । बिरामीले कसरी विश्वास गर्ने ? अस्पतालमा जाँदा पहिले नै रकम जम्मा पार्न लगाउछन् । यहाँ त्यस्तो छैन । एक महिनाको लागि औषधी खानु पर्यो भने औषधी खाएको केही दिनमै औषधीले असर देखाउँछ । त्यसपछि बिरामीे आफैले निको भएको महशुस गर्दै पैसा बुझाउने हो । बिरामीले एकै पटक ठूलो रकम बुझाउनु पर्दैन । बिरामीले विश्वास गर्ने सम्पूर्ण वातावरण छ । र, बिरामीहरुले विश्वास गरेका छन् । यही निको भएकाहरुले अरु बिरामीहरुलाई भनेको भरमा मेरोमा उपचारको लागि टाढा टाढाबाट बिरामीहरु आउने गरेका हुन् । उपचारको लागि कहाँ–कहाँबाट आउछन् ? अहिले मात्रै डिल्ली, जापान, यूकेबाट आएका छन् । एउटा प्यारालाइसीस्, अर्को रोगै पक्ता नभएका बिरामी आएका छन् । उपचार हुँदैछ । विभिन्न ठाँउमा उपचार गरेर निको नभएपछि यहाँ आएका हुन् । त्यसरी नै विभिन्न मुलुकहरुबाट बिरामी उपचारको लागि आउने गरेका छन् । आन्तरिक रुपमा भने नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीहरु आउँछन् । दैनिक २० देखि ५० जनासम्म रोगीहरु आउने गरेका छन् । तपाईले आयुर्वेदिक विज्ञान सम्बन्धी अध्ययन गर्नु भएको हो ? हैन । मैले भारतको कालेम्पुङबाट एग्रिकल्चरमा ग्रयाजुएट गरेको हुँ । त्यसताका बोटनी पनि अध्ययन गरे । बाँकी मेरो गडगिफ्टेड उपचार बिधि हो । १९९४ बर रुख भाले होइन पोथि हो भनेर मैले नै प्रमाणित गरेको थिए । त्यसबेला मैले रानी ऐश्वर्यको हातबाट तक्मा पनि पाए । पछिल्लो भारतीय नाकाबन्दीको बेलामा मैले सय लिटर पेट्रोल तथा केही ग्याँस बनाएको थिए । त्यो पनि मेरो गडगिफ्टेड क्षमता हो । विभिन्न जडिबुटी प्रशोधन गरेर बनाएको पेट्रोल बिक्री गरेको थिए । त्यस्तै फोहोर पदार्थहरुबाट ग्याँस निकालेको थिएँ । मान्छेहरुले नपत्याउला रु अर्को म यार्सागुम्बालाई जति वर्ष पनि सञ्चय गरेर राख्न सक्छु । मसँग त्यो विधि छ । मैले ठूला–ठूला यार्सागुम्बा व्यवसायीहरुलाई यार्सागुम्बाको बैंक खोल्ने समेत प्रस्ताव गरेको थिएँ । म बिग्रेको यार्सागुम्बालाई पनि जस्ताको त्यस्तै बनाउँदै यार्सागुम्बा व्यवसायीहरुलाई धेरै सहयोग गरेको छु । बिग्रेको यार्सागुम्बालाई राम्रो बनाउँदै लगेका छन् । चित्तबुझेन भने ल्याबमा परिक्षण गर्न सक्नछन् । गुणस्तरमा कुनै सम्झौता हुँदैन । अध्ययन एग्रिकल्चर, बोटनीको गर्नुभएको भन्नुहुन्छ । तपाईलाई आयुर्वेदिक उपचारतर्फ आउने प्रेरणा कहाँबाट मिल्यो ? मैले विगतमा फ्लोरिकल्चर सम्बन्धि काम गरें । बोटनी सम्बन्धि पनि काम गरेँ । त्यसपछि अहिले जडिबुटी क्षेत्रमा आएको हुँ । यस क्षेत्रमा लागेको १७र१८ वर्ष भयो । अहिले म उमेर ४७र४८ वर्षको भइसकेँ । सुरुमा मलाई मान्छेलाई लाग्ने रोगको किन औषधि पाइँदै भन्ने चासो बढ्यो । म त्यसको अध्ययनमा लागे पछि थाहा भयो आयुवेर्दिक उपचारबाट जस्तो रोग पनि निको पार्न सकिने उपाय । त्यसपछि पहिला एचआईभी एड्सको उपचारदेखि मैले मेरो आयुर्वेदिक उपचारको शुरुवात गरेको हुँ । सन् २००४र०५ सालको कुरा हो । एक जना ३० वर्ष उमेर पुगेको महिलालाई एचआईभी एड्स लागेको थियो । उनलाई उनको श्रीमान्ले सारेको थियो । उनको श्रीमान्को देहवसान भइसकेको छ । आमालाई लागेपछि छोरालाई पनि सरको थियो । ती दुवैलाई मैले उपचार गरेको हुँ । अहिले दुवै छन् । तपाईको भावी योजना के छ ? ललितपुर जिल्लामै आयुर्वेदिक अस्पताल खोल्ने योजना छ । बजेट जुटे १० र २० करोडको राम्रै अस्पताल बनाउने सोच छ । अहिले मसँग एम्बुलेन्स छ । अर्को सववहान गाडी किन्ने इच्छा छ । मैले भुकम्पको बेला डेडबडीहरु प्रीजभ गर्न सुरक्षाकर्मीहरुलाई सहयोग गरेको थिए । म कफीन बक्स पनि बनाउँछु । उक्त बक्सभित्र सव लगाएपछि १५र२० दिन केही हुँदैन । त्यस्तै एउटा स्कुल खोल्ने योजना छ । मैले जानेको कुराहरु विद्यार्थीहरुलाई सिकाउन सकौं । मेरो आफ्नै नारा छ, डलर आफ्नै देशमा कमाउन सकिन्छ । मैले अनुसन्धान गरिसकेको छु । नेपाल असाध्यैै धनी देश हो । -बिकासन्युजबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending