Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

बिहे गर्न नमान्दा बलात्कारपछि किशोरीलार्इ जिउँदै जलाइयो

भारत । पूर्वी राज्य झारखण्डमा एकजना १७ वर्षीया किशोरीको बलात्कारपछि उनको शरीरमाथि आगो लगाइएको त्यहाँको प्रहरीले बताएको छ । उनको अवस्था गम्भीर रहेको छ । उक्त घटनाको सम्बन्धमा एकजना स्थानीय पुरुषलाई हिरासतमा लिइएको छ ।

हालैका दिनमा झारखण्डमा भएको त्यो दोस्रो घटना हो । बलात्कारपछि जिउँदै जलाईएकी एक अर्की किशोरीको आइतवार निधन भएको प्रहरीले बताएको छ । ती दुईवटा घटनाहरू एकआपसमा सम्बन्धित छन् कि छैनन् त्यसबारे प्रहरीले केही खुलाएको छैन । भारतमा शृङ्खलाबद्ध हिंसात्मक यौन अपराधहरू भइरहँदा ती घटना भएका छन् । पछिल्लो घटनामा पीडित किशोरीको अस्पतालमा उपचार भइरहेको छ । उनको शरीर ९५ प्रतिशत जलेको छ र उनको उपचार भइरहेको प्रहरीले बताएको छ । प्रहरी अधिकारी शैलेन्द्र बर्नवालले भने, \"ती किशोरीलाई आफूले बिहे गर्न चाहेको तर उनी राजी नभएको आरोपितले हामीलाई बताएका छन् ।\" गत शुक्रवार पाकुर जिल्लास्थित एउटा गाउँमा आफ्ना आफन्तको घरमा रहेका बेला उनीमाथि ती पुरुषले आक्रमण गरेको प्रहरीले जनाएको छ । ती आरोपित त्यहाँ नजिकै बस्दछन् । प्रहरीका अनुसार ती पुरुषले उनी घरमा एक्लै नभएसम्म कुरेका थिए र त्यसपछि घरभित्र पसेर उनको शरीरमा आगो लगाउनुअघि उनलाई बलात्कार गरेका थिए । उनी चिच्याएको सुनेपछि छिमेकीहरू सो घरमा पुगेका थिए र उनलाई अस्पताल लगेका थिए । बलात्कार र आगो लगाई जिउँदै मारिएको अघिल्लो घटनाको सम्बन्धमा मुख्य सन्दिग्धसहित १४ जना अन्य पुरुषहरूलाई पक्राउ परिसकेका छन् । हालै एकजना आठ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्यासहित अन्य दुई फरक बलात्कारका घटना बारे भारतभरि आक्रोश व्यक्त गरिएको छ । त्यसपछि भएका व्यापक विरोधप्रदर्शनहरूको परिणामस्वरूप भारत सरकारले १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था ल्यायो । भारतमा कैयौँ गम्भीर प्रकृतिका अपराधहरूमा मृत्युदण्डको सजाय दिइन्छ। तर बालिका बलात्कार गर्नेलाई अहिलेसम्म त्यस्तो सजायको व्यवस्था गरिएको थिएन । सन् २०१६ मा झन्डै ४० हजार बलात्कारका घटनाहरूबारे उजुरी परेको थियो । तर बलात्कार तथा यौन हिंसालाई सामाजिक कलङ्कका रूपमा हेरिने कारणले कैयौँ घटनाहरूको उजुरी नै नपर्ने ठानिन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending