Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

बीउ अनुदानको सात लाखमात्र खर्च

 

दाङ । जिल्लाका किसानलाई सहुलियत अनुदान तथा व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले उपलब्ध गराएको रु ३९ लाखमध्ये रु सात लाखमात्र अनुदानको बीउ उपलब्ध गराउन खर्च भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माका अनुसार सो शीर्षकमा रु ३२ लाख मौज्दात छ । नयाँ संरचनाअनुसार कृषि कार्यालय मातहतका सबै सेवाकेन्द्र स्थानीय तहमा गाभिएपछि पनि सरकारले सहुलियतमा किसानलाई बीउ उपलब्ध गराउन कृषि कार्यालयलाई उक्त रकम उपलब्ध गराएको हो । “किसानको मागअनुसार सम्बन्धित स्थानीय तहमा अनुदानको बीउ उपलब्ध गराउँदै आएका छौँ”, उनले भने “स्थानीय तहमा माग भए, अझै पनि मकै र धानको उन्नत जातको बीउ उपलब्ध गराउन सकिन्छ । कार्यालयले सबै स्थानीय तहमा मागअनुसार, गहुँ, मसुरो, मकै र धानका उन्नत जातका बीउ उपलब्ध गराइरहेको छ । किसानलाई ५० प्रतिशत सहुलियत दरमा बीउ उपलब्ध गराउँदै आएको छ । स्थानीय बीउ उत्पादक सहकारी संस्थाले उत्पादन गरेका उन्नत जातका बीउ खरिद गरी किसानलाई सहुलियत दरमा बिक्री गरिँदै आएको छ । अहिले स्थानीय तहका कृषि शाखा कार्यालयमार्फत रामपुर कम्पोजिट जातको पहेँलो मकैको बीउ प्रतिकिलो रु ४० मा किसानलाई उपलब्ध गराइँदै आएको छ । विभिन्न जातका धानका बीउ स्थानीय तहका कृषि शाखामार्फत उपलब्ध गराइने शर्माले बताउनुभयो । अहिले सबै तहमार्फत बीउकोे माग संकलन भइरहेको छ । कार्यालयले व्यक्तिगत तथा समूहगत रुपमा फलफूल खेती गर्ने किसानलाई फलफूलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउने जनाएको छ । आँप, लिची, केरालगायत फलफूलका बिरुवाको माग स्थानीय तहमार्फत संकलन भइरहेको छ । दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात गाउँपालिका मातहतका कृषि विकास शाखामार्फत उपलब्ध गराइने गरी मागअनुसार बीउ उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ । तुलसीपुरमा २० क्विन्टल मकै  तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले जिल्ला कृषि विकास कार्यालयबाट करीब २० क्विन्टल रामपुर डिपोजिट जातको मकैको बीउ पहिलो चरणमा किसानलाई अनुदानस्वरुप उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म करीब १४ क्विन्टल बीउ वितरण भइसकेको छ । “छ क्विन्टल बीउ जिल्ला कृषि विकास कार्यालयबाट ल्याइनेछ,” शाखा कार्यालय तुलसीपुरका नायब प्राविधिक सहायक चन्द्रीका घर्तीले जानकारी दिनुभयो । स्थानीय तहको बजेटबाट किसानलाई निःशुल्क रुपमा तरकारी बालीका बीउ उपलब्ध गराइएको उहाँले बताउनुभयो । कार्यालयले २० क्विन्टल रामपुर कम्पोजिट मकै तथा करिब ४०० किसानलाई बोडी, काँक्रा, भिन्डीलगायत तरकारीका बीउ वितरण गर्ने लक्ष्य लिएको छ । समूह र व्यक्तिलाई मकै बीउ आधा अनुदानमा तथा अन्य तरकारीको बीउ निःशुल्क वितरण गरेको कार्यालयले जनाएको छ । प्रतिकिलो रु ४० मा मकैको बीउ १३० जना तथा तरकारीको बीउ ३०० किसानलाई वितरण गरिएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE