Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

माअोवादीका सांसदहरू अोलीबिरूद्ध खनिएपछि पार्टी एकता बारे प्रचण्डले गरे यस्तो खुलासा

काठमाडाैं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरु प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । सांसदमात्र होइन ओली क्याबिनेटमा रहेका मन्त्रीहरुसमेत उनीप्रति आक्रमक देखिए । दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा माओवादीका मन्त्रीहरुले बजेट तयारीबारे ब्रिफिङ गराएका थिए । गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योग मन्त्री मातृका यादवलगायतका मन्त्रीहरुले बजेटबारे जानकारी गराएका हुन् । प्रधानमन्त्रीले बजेटका विषयमा आफूसँग कुनै छलफल नगरेको मन्त्रीहरुको गुनासो थियो । यसैगरी सांसदहरुले पनि प्रधानमन्त्रीले बजेटमा एकलौटी गर्न खोजेको आरोप लगाए । आफ्ना सांसद र मन्त्रीले गुनासो गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग त्यसबारे छलफल गर्ने बताएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले बजेटको विषयमा आफ्नो पनि असन्तुष्टि रहेको बताउँदै आजै ओलीसँग छलफल गर्ने बताएका थिए । ओलीसँगको छलफल पछि पुनः संसदहरुलाई बजेटबारे उनले ब्रिफिङ गर्ने जनाएका छन् । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संसदीय दलका नेतासमेत रहेको प्रचण्डले पार्टी एकताका विषयमा पछिल्लो पटक ओलीसँग कुनै सहमति नभएको प्रष्ट पारे । मिडियामा आएअनुसार चार बुँदे सहमति नभएको प्रचण्डले सांसदहरुलाई जानकारी दिए । ‘मिडियामा आएको समाचार जस्तो कुनै चार बुँदे सहमति भएको छैन । अहिले पनि हामी बराबरीको कुरामा छौं,’ प्रचण्डलाई उद्धृत गर्दै एक सांसदले पहिलोपोस्टलाई भने, ‘हामी तल परेर कुनै सहमति गर्दैनौं । सहमतिबारे तपाईँहरुलाई जानकारी गराइनेछ । केही मिडियाले तथ्य बंग्याएर गलत समाचार लेखेका छन् ।’ अहिले अन्य दलसँग वृहत गठबन्धन र एकताको विषयमा छलफलमात्र चलेको र त्यसमा कुनै ठोस निर्णय भइनसकेको प्रचण्डले बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending