भारतको कदमबारे प्रधानमन्त्री कोइरालाले के भने मोदीलाई ?
बैशाख ३१ गते, २०७२ बिहिवार 14th May, 2015 Thu१०:५१:०७ मा प्रकाशित
काठमाडौं, प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहिबार अपरान्ह टेलिफोन वार्ता भएको छ ।
वार्तामा दुइ प्रधानमन्त्रीहरुका बीचमा नेपालमा हालै आएको भूकम्प, त्यसले पु¥याएको धनजनको क्षति, खोजी, उद्धार र राहतका प्रयासहरुका साथै दुइ देशबीचको आपसी मैत्रीपूर्ण सम्बन्धका बारेमा कुरा भएको थियो ।
वार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले बैशाख १२ गते आएको भूकम्पबाट नेपालको जनजीवन सामान्य अवस्थामा फर्कन लागेको बेला बैशाख २९ गते पुनः आएको अर्को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले जनमानसलाई भयभित बनाएको बताएका थिए । उनले पछिल्लो भूकम्पको कम्पन दिल्लीसम्म अनुभव गरिएको र विहारमा जनधनको क्षति भएको खबरले आफू दुःखित भएको पनि बताएका थिए ।
उनले भूकम्प आएपछि नेपाल सरकारको अनुरोधमा भारतबाट आएका खोजी, उद्धार र राहत टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मी, निजामती कर्मचारी र स्वास्थ्यकर्मीहरुसँग समन्वय गरी पीडितहरुको जीवन रक्षा र राहत कार्यमा पु¥याएको सहयोगको सराहना गरेका थिए ।
नेपालमा विपद् आउने वित्तिकै भारतबाट आएको आर्थिक र भौतिक सहयोगले यस्तो प्रकोपमा अन्तराष्ट्रिय समूहलाई उत्प्रेरित गरेको बताउँदै प्रधानमन्त्री कोइरालाले यो नेपाल र भारतका बीचको राष्ट्रिय स्तरको र जनस्तरको अनुपम सम्बन्धका कारण सम्भव भएको बताए ।
प्रधानमन्त्री कोइरालाले भारतको सबै समुदायमा नेपाललाई परेको यस विपद्मा सघाउन जागृत स्वःस्र्फूत भावनालाई अनुपम बताउँदै यसले सबै नेपालीको हृदय स्पर्स गरेको उल्लेख गरे । उनले यसका लागि भारत सरकार र भारतीय जनतालाई हार्दिक धन्यवाद दिएकाक छन् ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले भूकम्पको विनास पछि अहिले पुनस्थापना र पुनर्निर्माणको ठूलो चुनौती उपस्थित भएको बताउँदै अहिले क्षतिको मूल्याङ्कन भइरहेको प्रष्ट पारे ।
वार्तामा प्रधानमन्त्री कोइरालाले यस दुःखद् घडीमा प्रधानमन्त्री मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिवमार्फत पठाएको सन्देशको सराहना गरेका थिए ।
वार्तामा प्रधानमन्त्री कोइरालाले मित्र राष्ट्र चीनसहित तीनवटा मित्रराष्ट्रहरुको औपचारिक भ्रमणमा निस्केका भारतीय प्रधानमन्त्री मोदीलाई सफलताको लागि शुभकामना व्यक्त गर्दै बितेको एक वर्षमा मोदीले लिएको ‘पहिले छिमेकी (नेवर्स फष्ट)’ नीतिले उल्लेख्य परिवर्तन ल्याएको पनि बताएका थिए । उनले भारत र चीनबीचको सुसम्बन्धले विश्वशान्ति, स्थायित्व, सुरक्षा र विकासमा ठूलो अर्थ राख्नेसमेत बताएका थिए ।
वार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपालले ठूलो प्राकृतिक विपदको सामना गर्नु परेको उल्लेख गर्दै नेपाल र नेपालीको आत्मसम्मान र सार्वभौमिकताको सम्मान गर्दै मानवीय सहयोग र विकास प्रकृयालाई सघाउन भारत सदा तत्पर
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: