Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अब नेपालीलाई भारत प्रवेशमा भिसा अनिवार्य

काठमाडौं । भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ । राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको वेला भारतले अनपेक्षित व्यवहार गरेको छ । तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन । आजको नयाँपत्रिका दैनिकमा खबर छ–तर भारतले नेपाली र भूटानी नागरिकलाई कडाई गर्दै लगेको छ । चीन र पाकिस्तानबाट हवाई मार्ग भएर भारत वा भारत हुँदै स्वदेश फर्किँदा यसअघि पनि नेपाली र भूटानी नागरिकले भारतीय भिसा लिनुपर्ने व्यवस्था थियो । तर, यसबर्षदेखि मालदिभ्स, हङकङ र मकाउ थपिएको छ । भारतको त्रिवेन्द्रमस्थित अध्यागमन कार्यालयले एयर इन्डियाको एयरपोर्ट म्यानेजरलाई सम्बोधन गरेर पठाएको सर्कुलरमा नेपाली र भूटानी नागरिकलाई चीन, हङकङ, मकाउ, मालदिभ्स र पाकिस्तानबाट भारत आउँदा अनिवार्य प्रवेशाज्ञा भएको सुनिश्चित हुनुपर्ने उल्लेख छ । यी देशबाट भिसा विना नेपाली वा भूटानी यात्रु ल्याएको पाइएमा भारतीय गृह मन्त्रालयले जारी गरेको ‘क्यारिअर लायविलिटी एक्ट’ अनुसार कारबाही हुने उक्त सर्कुलरमा उल्लेख छ । तर पछिल्लो निर्णयबारे भारतको अध्यागमन व्युरोले आधिकारिकरुपमा सूचना सार्वजनिक गरेको छैन भने नेपाललाई औपचारिक जानकारी पनि गराएको छैन । ‘हामीले पनि सुनेका छौँ, तर औपचारिक जानकारी आएको छैन । हामी यसबारे बुझ्छौँ’ परराष्ट्रमन्त्रालयका प्रबक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने । उनका अनुसार तेस्रो देशबाट नेपाल आउन वा नेपाल भएर भारत जाने भारतीय नागरिकले नेपाली प्रवेशाज्ञा लिने व्यवस्था छैन । गृहमन्त्रालयका एक अधिकारीका अनुसार हङकङ,मकाउ, मालदिभ्सबाट भारत भएर फर्किँदा नेपालीलाई भिसा जरुरी थिएन । ‘भारतले हाम्रा नागरिकलाई यस्तो व्यवहार गर्छ भने हामीले पनि यसबारे सोच्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने, ‘उसले निःशुल्क भिसा दिओस् कि पैसा लिओस् भन्ने कुराले अर्थ लाग्दैन, समान व्यवहार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ भारतीय अधिकारीले भने सुरक्षाजन्य कारणले यस्तो नियम लागू भएको तर नेपालीलाई प्रवेशाज्ञामा समस्या नहुने बताए । ‘नेपाल आफ्नो निर्णय गर्न स्वतन्त्र छ, तर हामीले नेपालीहरुलाई अप्ठेरोमा पार्न होइन, हाम्रै केही आवश्यकताका कारण यस्तो नियम लागू गरेका हौँ, यसबाट नेपाल र भारतबीचको सम्बन्धमा फरक पर्दैन’ भारतीय विदेश मन्त्रालयका एक अधिकारीले दिल्लीबाट टेलिफोनमा भने । तेस्रो देशबाट आउने भारतीयले नेपालमा भिसा लिनुपर्दैन । त्यस्तै, नेपालीले पनि भारतको भिसा लिनुपर्दैन । तर, अहिले भारतले नयाँ नीति लागू गरेको छ भन्ने हामीले पनि सुनेका छौँ, तर औपचारिक जानकारी आएको छैन । हामी यसबारे बुझ्छौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending