Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

जनकपुर मोदीमयः यत्रतत्र सर्वत्र भारतीय प्रधानमन्त्रीको चर्चा

काठमाडौं । मोदी भ्रमणप्रति सोसल मिडियामा जति शंका–उपशंका छ, जनकपुरमा त्यति नै धेरै उत्साह र विश्वास छ । रोटीबेटीको सम्बन्ध भनिएको देशका पाहुनालाई स्वागत गर्न जनकपुर आतुर मात्र छैन, आशक्त नै देखिन्छ । चियापसल, पानपसल, भट्टी, सैलुन यत्रतत्र सर्वत्र भारतीय प्रधानमन्त्री मोदीको चर्चा छ । नीलम सञ्जिवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जी तीन राष्ट्रपतिलाई स्वागत गरिसकेको सहरले भारतीय सरकारप्रमुखलाई पहिलोपटक स्वागत गर्दै छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ– ‘वास्तवमै ठूलो उत्साह छ,’ विश्लेषक डा. सुरेन्द्र लाभ टिप्पणी गर्छन्, ‘हरेक वर्ग, पेसा, समुदाय उत्साही छ ।’ रोटीबेटी सम्बन्ध, भाषिकरसांस्कृतिक निकटताले मधेसलाई यसै पनि भारतसँग नजिक बनाएको छ । मोदी हिन्दुत्ववादी नेता हुन्, बहुसंख्यक जनकपुरवासीको मोहमा हिन्दुत्व हुनुको फाइदा पनि मोदीले पाएका छन् । संविधानमा काठमाडौंसँग असहमत मधेसलाई सान्त्वना दिएर मोदीले मधेसको प्रेम बढाएका छन् । त्यसमा पनि मिडियाबाट मोदीको जुन खालको भव्य व्यक्तित्व निर्माण गरिएको छ, त्यसले पनि उनीप्रति आकर्षण आशक्तिको हदमा पुगेको छ । ‘मोदी भारतको मात्र नभई ‘वल्र्ड फेमस’ नेता बनिसके,’ राजपाका स्थानीय नेता धर्मेन्द्र साह टिप्पणी गर्छन्, ‘यस्ता नेतालाई हेर्न पाउनु चानचुने अवसर होइन ।’ अहिलेको विश्वमा डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन, सी जिनपिङ र नरेन्द्र मोदी शक्तिशाली नेता हुन्, चारमध्येका एक आउनु जनकपुरको गौरवको विषय हो,’ उनी थप्छन् । मोदीले जनकपुरमा सीधै विकासको मूल फुटाइदेलान् भन्ने आशा पनि धेरैमा छ । अब जनकपुरले विकासको चिन्तै लिनुपर्दैन, सातै प्रदेश राजधानीमा जनकपुर अब्बल बन्छ भन्नेसम्मको आशा पनि सञ्चार गरिएको छ । मोदीले विकासको प्याकेज घोषणा गर्छन् भन्ने समाचार त काठमाडौंबाट प्रकाशन÷प्रसारण हुने मिडियाले समेत दिइरहेका छन । तर, जनकपुरले भारतीय प्रधानमन्त्रीबाट केही आस गर्न नहुने डा। लाभ बताउँछन । प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले बोलाएको बैठकमा पनि उनले सुझाब दिएका थिए, ‘जनकपुरले स्वागतरसत्कार भव्य गर्नुपर्छ, तर केही याचना गर्न हुन्न । विदेशीसँग याचना गर्नै मिल्दैन । फेरि याचना गरेर पाइने पनि होइन । आफ्नो स्वार्थको ठाउँमा उनीहरूले यसै पनि सहयोग गर्छन्, नभए याचना काम लाग्दैन ।’ एसियाली विकास बैंकको लगानीमा नाला र सडक निर्माणको गति धुकुरधुकर थियो, मोदी गुड्ने रुटमा अहिले काम एकैचोटि चार नम्बर गियरमा भइरहेको छ, रातमा पनि रोकिएको छैन । मोदीको रुट जनकपुर विमानस्थल–मुर्ली चोक–रामानन्द चोक–बाह्रबिघा मैदान–जानकी मन्दिरका सडक कालोपत्र तत्कालै गरिसक्ने लक्ष्य छ । मैदानको भित्तामा मिथिला चित्र बनाउने अभियान नै चलिरहेको छ, पर्खाल र भित्ताहरूमा मोदीको पार्टी भारतीय जनता पार्टीको रंग केसरिया रंगले पोत्ने काम भइरहेको छ । मोदी गुड्ने रुटमा स्वागतद्वार बनाउन स्थानीय स्वतः स्फुर्त अघि सरेका छन् । स्वागतद्वार बनाउने सहमति माग्न स्थानीय आइरहेको उपमहानगरपालिकाका मेयर लालकिशोर साह बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending