Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

दार्चुला जिल्ला खुला दिसामुक्त घोषणा

दार्चुला । ‘दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठाँै तथा देशकै ५२ औँ जिल्लाको रुपमा मंगलबार एक भव्य समारोहका बीच प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा खुला दिसामुक्त घोषणा गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा जिल्ला सदरमुकाममा रहेको खुलामञ्चमा भएको एक भव्य समारोहका बीच जिल्ला समन्वय समितिका प्रमुख करवीरसिंह कार्कीले प्रतिबद्धता वाचन गर्दै जिल्ला खुला दिशामुक्त भएको घोषणा गरेका हुन् । जिल्लाभरि रहेका कूल २६ हजार २६ घरधुरीमा तथा सार्वजनिकस्थलमा शौचालय निर्माण भई प्रयोगमा आएसँगै जिल्लालाई मंगलबार खुला दिसामुक्त घोषणा गरिएको हो । दार्चुला जिल्लालाई सन् २०१६ मै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको भएपनि लक्ष्य प्राप्ति हुन नसकेपछि सन् २०१८ मा आएर खुला दिसामुक्त घोषणा गरिएको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभिप्रायका साथ २०६६ साल असोज ५ गते साविकको धारी गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको थियो भने महाकाली नगरपालिकालाई २०७४ साल माघ १५ गते खुला दिसामुक्त घोषणा गरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने तयारी थालिएको थियो । जिल्लामा सरसफाइको पहुँचको अवस्था शतप्रतिशत रहेको छ । जिल्लामा ९७ प्रतिशत सुधारिएका शौचालय रहेका छन्, भने तीन प्रतिशत शौचालय कच्ची अवस्थामा रहेका छन् । २०६८ सालमा जिल्लामा सरसफाइको अवस्था १४ प्रतिशत रहेकोमा हाल १०० प्रतिशत रहेको छ । जिल्लालाई खुला दिसामुक्त गर्ने अभियानमा आर्थिक वर्ष २०६८÷६९ देखि हालसम्म रु १२ करोड ४१ लाख १८ हजार खर्च भएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिए । जिल्ला खुला दिसामुक्त कार्यक्रममा सुदूरपश्चिमका चर्चित गायक भोजराज भट्ट, सुरेश शाही, दीपा रोकाया, रेखा जोशी, पुष्पा बोहरा र गौरी भट्टले प्रस्तुति राख्नुका साथै लेकमको हुडकेउली नाच, दुहुँको सरौ नाच तथा व्याँसी सौकाको झाँकी प्रदर्शन गरिएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending