Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

प्रधानमन्त्रीलाई जुत्तामा खाना पस्केर दिएपछि...

जेरुसेलम । इजरायल भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेलाई जुत्तामा पस्किएर खाना दिइएको विषय अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका साथ भोजन गर्दा जापानी प्रधानमन्त्री आबेलाई केही परिकार जुत्तामा पस्किएर दिइएको तस्वीर विभिन्न संचारमाध्यमले प्रकाशित गर्दै इजरायलले ‘पाहुनाको अपमान’ गरेको ठहर गरेका छन् । इजरायली सेलिब्रेटी शेफ मोशे सेगेभले जापानी प्रधानमन्त्री र इजरायली प्रधानमन्त्रीका लागि भोजनका परिकार तयार पारेका हुन् । उनले केही परिकार धातुका ‘जुत्ता’मा पस्किएका थिए । जापानी संस्कृतिमा जुत्तालाई अपमानजनक मानिन्छ । जापानी प्रधानमन्त्री आबेले हिच्किचाहट विना नै ती परिकार खाएका थिए । तर जापानी र इजरायली कुटनीतिज्ञहरुले जापानी प्रधानमन्त्रीमाथि भएको यस्तो व्यवहारको निन्दा गरेका छन् । जापानमा लामो समयसम्म बसेका एक वरिष्ठ इजरायली कुटनीतिज्ञले इजरायली अखबार येदियोत अहरानोतसँग भने, ‘यो एक असमवेदनशील र बेवकुफीपूर्ण काम हो ।’ उनले भने, ‘जापानी संस्कृतिमा जुत्ताभन्दा तुच्छ अरु केही हुँदैन, जापानीहरु आफ्नो घर तथा कार्यालयमा जुत्ता भित्र्याउँदैनन्, त्यहाँका प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरु पनि आफ्नो कार्यालयभित्र जुत्ता लगाएर जाँदैनन् ।’ एक जापानी कुटनीतिज्ञले पनि सोही अखबारसँग भनेका छन्, ‘कुनै पनि संस्कृतिमा जुत्तालाई टेबलमा राखिदैंन, आखिर त्यो शेफको दिमागमा के चलिरहेको थियो रु यो कुनै मजाक हो भने यस्तो मजाक हामीलाई राम्रो लागेन । हाम्रा प्रधानमन्त्रीमाथि भएको यस्तो व्यवहारलाई लिएर हामी खुशी हुन सक्दैनौं ।’ गत साता जापानी प्रधानमन्त्रीको सम्मानमा इजरायली प्रधानमन्त्रीले दिएको भोजमा यसरी जुत्तामा खाना पस्किएको हो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies