Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णय ‘दुःखद’

आफूहरूको सुरक्षाका लागि इरानसँगको पारमाणविक सम्झौता महत्त्वपूर्ण भएको भन्दै ब्रिटेन, फ्रान्स र जर्मनीले त्यसबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।

उनीहरूले अरू मुलुकले सम्झौता कार्यान्वयनलाई निरन्तरता दिँदा वाशिङटनले त्यसमा अवरोध पुर्‍याउने कदमहरू चाल्न नहुने बताएका छन् । युरोपेली संघ र रुसले पनि सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । तर मध्यपूर्वमा वाशिङटनका मुख्य साझेदारका रूपमा रहेका इजरेल र साउदी अरेबियाले अमेरिकी निर्णयको स्वागत गरेका छन् । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले ट्रम्पको साहसिक निर्णय भन्दै प्रशंसा गरेका छन् । उनले भनेका छन्, इरानसँगको सम्झौता विपद् निम्त्याउने खालको थियो । साउदी अरेबियाले भनेको छ, इरानसँगको सम्झौताले मध्यपूर्वमा अस्थिरता निम्त्याउने तेहरानको प्रयत्नलाई सघाएको थियो । ट्रम्पको निर्णयप्रति प्रतिक्रिया जनाउँदै इरानी राष्ट्रपति हसन रूहानीले अमेरिका विना पारमाणविक सम्झौतालाई जोगाउन सकिने वा नसकिने हेर्न आफ्ना विदेशमन्त्रीलाई आदेश दिएका छन् । उनले भने, \"मैले आउने हप्ताहरूमा युरोपेली मुलुकहरू, चीन र रुससँग वार्ता गर्न विदेश मन्त्रालयलाई आदेश दिएको छु। यदि सानो समयको अन्त्यसम्ममा यो निष्कर्ष निकाल्न सक्यौँ कि हामीले सम्झौताबाट पूर्ण रुपमा फाइदा लिन सक्नेरहेछौँ भने सम्झौता कायम रहनेछ ।\" कूटनीतिक वार्ताहरूको नतिजामा निर्भर रहँदै आफूले औद्योगिकस्तरमा युरेनियम प्रवर्द्धनका लागि तयार रहन अधिकारीहरूलाई आदेश दिन सक्ने पनि रूहानीले बताए । उनले अमेरिकी राष्ट्रपति ट्रम्प मनोवैज्ञानिक युद्धमा लागिपरेको आरोप पनि लगाए । यसअघि स्थानीय समय अनुसार मंगलवार अपरान्ह ट्रम्पले इरानको पारमाणविक कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताबाट अमेरिका अलग हुने घोषणा गरेका थिए । भयावह र एकपक्षीय भन्दै उनले आतंकवाद प्रायोजन गर्ने विश्वको अग्रणी देशलाई सो सम्झौताले पारमाणविक बम हासिल गर्नबाट रोक्न नसक्ने बताए । ट्रम्पले इरानविरूद्धका उच्च प्रतिबन्धहरूलाई आफूले फेरि ब्युँताउन लागेको समेत उल्लेख गरे । ट्रम्पले आफ्ना साझेदार मुलुकहरूसँग मिलेर अमेरिकाले इरानको पारमाणविक र बलिस्टिक क्षेप्यास्त्रको खतराको \'वास्तविक समाधान\' खोज्नेतर्फ काम गर्ने बताए । सम्झौता गराएका त्यसबेलाका राष्ट्रपति बराक ओबामाले ट्रम्पको निर्णयको निन्दा गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending