Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मोदी अाउने पूर्वसन्ध्यामै सीमामा 'नाकाबन्दी'काे झल्काे

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते नेपाल भ्रमणमा अाउँदैछन् । मोदीको भ्रमणलार्इ लिएर चर्को बिरोध भइरहेको बेला भारतीय सिमामा \'नाकाबन्दी\'को झल्को दिने गरि नेपाली ट्रकहरूमाथि कडाइ हुन थालेको छ । केहि बर्षअघि नेपालमाथि नाकाबन्दी लगाएका मोदीको नेपाल भ्रमणमा अभिनन्दन गर्नेसमेत बताइएको छ । यसको चाैतर्फि बिरोध भइरहेको बेला भारतको पानीटंकी भन्सारमा एक सातादेखि ११ वटा ट्रक अड्किएका छन् । भारतले प्रयोगशाला परीक्षणमा कडाइ गरेपछि नेपालमा उत्पादित तयारी चियाका ट्रक भारतीय भन्सारमै अड्किएका छन् । गत सात दिनदेखि नेपालमा उत्पादित अर्थोडक्स तथा सीटीसी तयारी चियाका ११ वटा ट्रक भारतको पानीटंकी भन्सारमा अड्केका हुन् । तयारी चिया भारत निकासी हुन नसकेपछि चिया उद्योगहरूले किसानबाट हरियो पत्ती खरिद गर्न समेत छाडेका छन् । सरकारले यस विषयमा भारतसँग कूटनीतिक तहमा कुराकानी भइरहेको जनाएको छ । भारतले खाद्य सुरक्षामा कडाइ गर्दै प्रत्येक ट्रकका नमुना कोलकातास्थित सेन्ट्रल फुड ल्याबबाट परीक्षण गराउनुपर्ने प्रावधान राखेपछि नेपाली तयारी चिया भारतीय भन्सारमै सात दिनदेखि अड्किएको एकजना चिया उद्योगी चण्डी पराजुलीले बताए । उनले भने, \"यसअघि ६ महिनामा एक पटक परीक्षण गराएर लैजाने परम्परा थियो। तर अब प्रत्येक ट्रकको नमुना परीक्षण गराउन भनेर हामीलाई भनिएको छ ।\"तर भारतीय भन्सारका अधिकारीहरूले तयारी चिया अड्केको विषयमा बोल्न चाहेनन् । नेपाली व्यवसायीहरूका अनुसार एक पटकको नमूना परीक्षण भएर त्यसको रिपोर्ट आउँदा कम्तीमा १५ दिन लाग्छ। त्यतिञ्जेल भन्सार परिसरमा रहेका तयारी चियाको गुणस्तर बिग्रने उनीहरूको दावी छ । अर्का चिया उद्योगी उदय चापागाईंले भने, \"नेपालमा उत्पादित अधिकांश चिया भारत नै जाने हो । भारतले नेपाली चियालाई यसरी कडाइ गर्ने हो भने हामीले चिया उद्योगमा ताला लगाए हुन्छ ।\" चिया उत्पादनको मुख्य समयमा नेपालमा उत्पादित तयारी चिया भारत जान नसकेपछि चिया कारखानाहरूले हरियो पत्ती खरिद गर्न बन्द गरेको इलाम फिक्कलका अर्का व्यापारी प्रदीप अग्रवालले बताए । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले चिया निकासी रोकिएको विषयमा भारतसँग कुरा भइरहेको बताए । उनले भने, \'मैले यो विषयमा भारतीय दूतावास र भारतीय अधिकारीहरूसँग कुरा गरिरहको छु ।\' भारतले खाद्य सुरक्षामा कडाइ गर्दै लगेकाले त्यही अनुरूपको चिया उत्पादन तथा बजारीकरणको आवश्यकता रहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending