Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मेयरलार्इ चोट लाग्दा थिमिका जनतालार्इ दुखेपछि पटक-पटक घेर्छन प्रहरी कार्यालय

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् । ज्यान लिने नियतले प्रमुख श्रेष्ठमाथि गत बैशाख ८ गते शनिबार सांघातिक आक्रमण भएका थिए । स्थानीय बासिन्दाको आह्वानमा भएको ¥याली तथा प्रदर्शनपछि प्रहरी वृत्त थिमि घेराउ गरिएको हो । मध्यपुरथिमि बालकुमारीबाट शुरु भएको विरोध र्याली, दुईपोखरी, बाहाखा बजार, नगदेश परिक्रमा गर्दै प्रहरी वृत्त थिमि पुगेर घेराउ गरेको छ । प्रहरी वृत्त घेराउसँगै स्थानीय बासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनसँग भेट गरी आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेको स्थानीयवासी विरोध समितिका सदस्य नवीनप्रकाश श्रेष्ठले जानकारी दिए । थिमिका बासिन्दाले १५१ सदस्यीय विरोध समिति गठन गरेर घटनाको विरोध गर्दै आएको बताए । श्रेष्ठको घरमा राखिएको सिसी क्यामराका माध्यमबाट घटनामा संलग्न रहेको आक्रमणकारीको पहिचान भइसकेको र घटना भएको १९ दिन बितिसक्दा पनि प्रहरीले मुख्य आक्रमणकारीलाई अझै पक्राउ नगरेको भन्दै स्थानीयवासीले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन् । स्थानीयवासीले ¥याली र प्रहरी वृत्त थिमि घेराउ गर्र्दै ‘दोषीलाई तत्काल पक्राउ गर्, आक्रमणकारीलाई कडा कारबाही गर, जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे’ लगायतका नारा लेखिएको प्ले कार्ड बोक्दै प्रदर्शन गरेका थिए । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिँदै आक्रमणकारीको पहिचान भइसकेकाले केही दिनभित्रै पक्राउ पर्ने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending