Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अन्नपुर्ण एग्रोको दाना किन्दै हुनुहुन्छ भने होसियार ! न्युन गुणस्तरको भेटियो

भैरहवा । अन्नपुर्ण एग्रो इन्डस्ट्रीज प्रा.ली. रुपन्देही बाट उत्पादित दाना गुणस्तरहिन रहेपछि कार्बाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्धा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलिले निरिक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहिन रहे पछि मुद्धा दायर गरिएको हो । एग्रोले बोईलर, कोईलर र लेयरस कुखुराको दाना उत्पादन गर्दछ । उत्पादिन दाना मापदण्ड भन्दा कमसल भएपछि कार्बाहिको लागी मुद्धा दायर गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जानाकारी दिएको छ । एग्रोले अन्नपुर्ण प्लेट फीड, कोपिला प्लेट फीड र उर्बार प्लेट फीड ब्राडका दाना उत्पादन गर्दछ । उद्योगमा उत्पादन भएका दानाहरु काठमान्डौ, पोखरा, चितवन, हेटौडा, रुपन्देही लगाएतका जिल्लामा जाने गरेको छ । देशका बिभिन्न स्थानमा पुग्ने यसका उत्पादनमा गुणस्तरहिन देखिए पछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा हाने गुणस्तरमा अनुसन्धान गरी कार्बाही प्रकृया अगाडी बढाएको हो । नेपालको कानुनमा न्युनस्तरको खाद्य पर्दाथ उत्पादन, बिक्री बितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ बमोजिम नगद जरिवाना का साथै १ बर्ष सम्मको कैद व्यवस्था गरेको छ भने यसै कसुरमा कालोवजारी ऐन अनुसार २ बर्ष सम्मको कैद हुने प्रावधान रहेको छ । आर्थिक बर्ष २०७४। ०७५ मा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले हाल सम्म १० वटा उद्योगहरुलाई गुणस्तर हिन र लेवल नभएको अनुसन्धानमा प्रमाणीत गरेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्धा दायर गरेको हो । गुणस्तरहिन उत्पादन गरेको र लेवल नलगाएका २५ वटा उद्योगहरु अनुसन्धानको प्रकृयामा रहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त बहादुर राईले जानाकारी दिए । राईका अनुसार – रुपन्देही, तनँहु र पोखराका उद्योगहरु कार्बाहीका लागी मुद्धा दायर गरिएको, दुई दर्जन उद्योगहरु अनुसन्धानको प्रकृयामा रहेको र बजार अनुगमन लाई तिब्रताका साथ अगाडी बढाईएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले रुपन्देहीमा सञ्चालित प्रशिद्ध वाटर इन्डस्ट्रिज, सिद्धार्थ आयल इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ रिफाईनरी तथा आयल इन्डस्ट्रिज , दुर्गा मोर्डन आयल मिल , साई प्याकेजिङ उद्योग लाई समेत कार्बाहीको लागी मुद्धा दायर गरेको खाध्य अधिकृत निरज कटुवालले जानाकारी दिए । कार्यालयले सुजल डेरी प्रा.ली. पोखरा र प्रेम बहादुर गुरुङ टेड्रस तनँहुलाई समेत कार्बाहीको लागी मुद्धा दायर गरेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आफ्नो चौमासीक प्रतिबेदनमा साविकको पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लामा पसल, होटल, रेष्टुरेण्ट, मिठाई पसल र खाध्य उद्योगहरु, प्रशोधित पिउने पानी उद्योग, प्याकेजिङ उद्योगहरुमा निरन्तर अनुगमन गर्दै आई रहेको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending