Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अर्जेन्टिनाको अदृश्य दुर्बलता

न्यूयोर्क ।  पहिलो हेराइमा अर्जेन्टिनाको समष्टि आर्थिक दृष्टिकोण उज्ज्वल देखिन्छ । मुद्रास्फीतिजन्य मन्दीपछि आर्थिक वृद्धिदर बढेको छ । गत वर्ष कुल गार्हस्थ्य उत्पादन वार्षिकरूपमा दुई दशमलव नौ प्रतिशतले बढेको थियो । जबकि सन् २०१६ मा वार्षिक मुद्रास्फीति करिब ४० प्रतिशत रहेकोमा गत वर्ष यो घटेर २४ दशमलव आठ प्रतिशत भएको थियो ।

तर सङ्कटका बादलहरू दूर क्षितिजमा देखिन थालेका छन् । हालैको सुधार ऋणले भरिएको छ । सन् २०१७ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको चार दशमलव छ प्रतिशत पुगेको छ जुन अर्जेन्टिनाको कुल निर्यातको ३९ प्रतिशत बराबर हुन आउँछ । अर्जेन्टिनाको बाह्य ऋण समग्रमा कम भएपनि यसको तीव्र वृद्धि चिन्ताको स्रोत भएको छ । वास्तवमा राष्ट्रपति मारिसियो म्याक्रीका लागि यसले एउटा आर्थिक चुनौतीलाई प्रतिनिधित्व गर्छ जसलाई नजरअन्दाज गर्न सकिन्न ।

आफ्नो वाह्य ऋण स्थिर गर्नका लागि अर्जेन्टिनालाई व्यापार अधिशेष हासिल गर्नुपर्ने आवश्यकता हुनेछ । आयातलाई निराश बनाउने मन्दीको माध्यमभन्दा निर्यातयोग्य वस्तुहरूको उत्पादनमा वृद्धि गर्नुनै यसको सबैभन्दा राम्रो तरिका हो । तर जब लक्ष्य स्पष्ट हुनसक्छ, यसलाई हासिल गर्न हालका नीतिहरूको क्षमता छैन । विभिन्न समाधान प्रस्ताव गरिएका छन् । एउटा दृष्टिकोण यथास्थितिलाई कायम राख्नका लागि छ । यो म्याक्री प्रशासनको मनपरेको रणनीति प्रतीत हुन्छ । अर्जेन्टिनाको ठूलो चालु खाता घाटा मुलुकुको प्रक्षेपणका लागि बजारहरूको समर्थनको प्रमाण भएको विचार यसले दर्शाउँछ । सात दशमलव नौ प्रतिशतसम्मको प्रतिफलसँगै अर्जेन्टिनाको डलर नामित बन्डहरूका लागि बलियो मागले पनि लगानीकर्ताको विश्वासको सङ्केतको रूपमा व्याख्या गरिएको छ । तर अर्को अधिक सतर्क दृष्टिकोणले अतिरिक्त समष्टि आर्थिक हस्तक्षेपको आवश्यकता रहेको मान्छ । अर्जेन्टिनाको ऋण लिने बानी र ‘रोक तथा जाऊ’ गतिशिलताको इतिहासको अध्ययनप्रति अधिक सन्देहशीलको समर्थन भएको यो दृष्टिकोण विशेष ध्यान दिन योग्य छ । सन् २०११ देखि अर्जेन्टिनाको निर्यात स्थिर छ । आलोचकहरूका अनुसार यदि मुलुकले निर्यातमा वृद्धि गर्ने हो भने उत्पादकत्व बढाउन र प्रतिस्पर्धालाई बलियो बनाउन नयाँ नीतिहरूको आवश्यकता छ । यद्यपि अहिले समाधानको मनपरेको बास्केटले चालु खाता घाटालाई कम गर्नुको सट्टा झन बढाइरहेको छ । दुई आधारभूत रणनीतिले अर्थतन्त्रलाई स्थिर गर्ने सरकारको दृष्टिकोणलाई नियन्त्रण गर्छन् एउटा ब्याजदर आधारित मुद्रास्फीति लक्ष्यीकरण र अर्को प्रारम्भिक बजेट घाटामा क्रमिक कमी (जसले ब्याज भुक्तानीहरूलाई समावेश गर्दैन । तर यो नीति मिश्रणले धेरै चिन्ता बढाउँछ । पहिलो, अस्थायी विनिमय दरले व्यापक आर्थिक स्थिरता सुनिश्चित गर्नेछ भन्ने केन्द्रीय बैङ्कको धारणामा अत्यन्त कम प्रमाण छ । मौद्रिक नीतिहरूले विनिमय दरलाई प्रभावित गर्दछ भलै तिनीहरूलाई विदेशी मुद्रा बजारमा निर्देशित नगरियोस् । वास्तवमा अर्थतन्त्रलाई स्थिर गर्नका लागि मुद्रास्फीतिाई कम गर्न आवश्यक छ । अर्जेन्टिनाको अत्यधिक महत्वाकांक्षी लक्ष्यहरूको माध्यमबाट तीव्ररूपमा विफलता प्राप्त गर्ने प्रयासले बाहिरी असन्तुलनलाई मात्र बढाउनेछ । विदेशी मुद्रा नामित ऋणद्वारा लगानी गरिएको वित्तीय घाटाको एउटा ठूलो भागसँगै बाह्य असन्तुलनले जोखिमलाई बढाउँछ जसबाट भविष्यमा सार्वजनिक ऋण अस्थिर हुनेछ । अन्ततः उच्च ब्याज दर तुरुन्त मुद्रास्फीतिमा रूपान्तरण हुनेछ भन्ने केन्द्रीय बैङ्कको धारण गलत हो । यो संयन्त्र अप्रत्यक्ष छ र यसमा कुनै प्रत्याभूति छैन । यसका अतिरिक्त मुद्रास्फीति सामान्यतः अर्थतन्त्रमा मात्र लागु हुन्छ जसले स्थिर र निरन्तर वृद्धिको अनुभव गरिरहेको छ । यो अर्जेन्टिनाको वर्तमान मार्गको विपरित हो । मुद्रास्फीतिलाई समावेश गर्नका लागि ‘जे केही पनि लिनेछ’ तिर तयार रहेको भन्ने देखाउन अर्जेन्टिनाको केन्द्रीय बैङकले यी कमीहरूलाई क्षतिपूर्ति गर्ने प्रयास गर्नसक्छ । सन् २०१२ मा यूरोको रक्षा गर्न युरोपेली केन्द्रीय बैङ्कले यस्तै रणनीति अवलम्बन गरेको थियो । तर अर्जेन्टिनाको सवालमा त्यो सम्भव नहुन सक्छ किनकी ‘जे केही पनि लिनेछ’ मौद्रिक प्राधिकरणको क्षमताभन्दा बाहिर छ । एउटा उदाहरण वार्षिक वेतन वार्ता हो जसले लगातार दुई वर्षदेखि चलिरहेको मुद्रास्फीतिको लक्षलाई पार गरेको छ । सन् २०१६ मा यो १५ प्रतिशत विन्दु र सन् २०१७ मा सात दशमलव आठ प्रतिशत विन्दुले बढेको थियो । यी चुनौतीहरूका बीच बाह्य असन्तुलनहरूलाई सम्बोधन गर्ने सबैभन्दा राम्रो तरिका भनेको एउटा ठूलो वित्तीय समायोजनको झट्का हो भन्ने तर्क केही आलोचकले दिएका छन् । दुर्भाग्यवश त्यो दृष्टिकोण हारलाई स्वीकार गर्नु समान हो । यो सरकारको स्वीकृति बराबर हुनेछ जसबाट निर्यात विस्तार गरेर वृद्धि बढाउन असम्भव छ । तर पनि आलोचकहरूको सोचाइको नयाँ पङ्क्तिका लागि पैरवी गलत होइन । म्याक्री प्रशासनले भनेजस्तो यदि आर्थिक वृद्धिका सम्भावना उज्ज्वल भएका थिए भने यसले कुनै फरक पर्दैन । तर यथार्थ के हो भने सरकारको सकारात्मक कथाद्वारा निर्मित र त्यसलाई बजारको स्वीकृतिले अझ बलियो बनाएको अर्जेन्टिनाको ‘सन्तुलन’ वास्तवमा तासको आर्थिक घर हुनसक्छ । त्यसैले अधिकारीहरूले सम्भावनाहरूलाई विचार गर्नुपर्छ जुन उत्साही पूर्वानुमान र अशान्त भविष्यको मुखौटो हुनसक्छ । अहिलेको समय सरकारको रणनीतिलाई उच्च ब्याजदरबाट बलियो विनिमय दर ल्याउनुभन्दा निर्यातमा वृद्धि गर्नुपर्ने आवश्यकता छ । तर निर्यातलाई बढाउन अर्जेन्टिनालाई उसको मौद्रिक नीति रणनीति परिवर्तन गरेर सुरु गर्नुपर्ने आवश्यकता छ । त्यसो भए कुनै पनि मार्ग विनिमयमुक्त हुँदैन । नीतिहरूलाई एक समूहमा स्थानान्तरित गर्दा केन्द्रीय बैङ्कको लगानीले अल्पावधिमा मुद्रास्फीति बढाउन सक्छ । तर यसले बढ्दो बाह्य असन्तुलनलाई कमगर्न केही मार्ग पनि लिनेछ र बजार अपेक्षाहरूको कुनै पनि तिक्तताको विरुद्धमा सुरक्षामा सहयोग गर्दछ । हुनसक्छ अहिले अनावश्यक लाग्नसक्छ तर जब कठिन समष्टि आर्थिक चुनौतीहरूलाई मार्गनिर्देशन गर्ने कुरा आउँछ सुरक्षित मार्ग सामान्यतया सही हुन्छ । (मार्टिन गुजम्यान कोलम्बिया विश्वविद्यालय बिजिनेस स्कुलमा शोध सहयोगी र ब्युनर्स आयर्स विश्वविद्यालयका एसोसिएट प्राध्यापक हुन) । अनुवादः दिलीप अधिकारी 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending