Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

किम जोङ उन चीन गएका बेला अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

प्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुगेको समाचार छ । अमेरिकी विदेशमन्त्रीका रुपमा भएको उत्तर कोरियाको यो एक दुर्लभ भ्रमण हो । उनी बुधबार उत्तर कोरिया पुगेको बताइएको छ । उनी उत्तर कोरियाली राजधानी प्योङयाङ अवतरण गर्दा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताइन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको बेला विदेशमन्त्री पेम्पेओ उत्तर कोरिया पुगेका हुन् । यस भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ । उहाँले यी दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ । उनी अघोषित भ्रमणका लागि त्यहाँ गएका हुन् । यसबाट अमेरिका र कोरियाबीच हुने भनिएको आसन्न उच्चस्तीय वार्ताको सफलताका लागि सहयोग मिल्ने अपेक्षा गरिएको समाचारमा उल्लेख छ । किम जोङ-सि दोस्रो पटक भेटवार्ता उता उत्तर कोरियाली नेता किम जोङ उन चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताका लागि हालै चीन पुगेको पनि अर्काे एक समाचारमा जनाइएको छ । उक्त कुराको चीनले पुष्टि पनि गरेको छ । उत्तर कोरियाली नेता उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आगामी केही हप्तामा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्ता तय गरिएकोले सो उच्चस्तरीय बैठक हुनु पूर्व नेता उन र सीबीच सो भेट भएको हुनसक्ने अनुमान गरिएको छ । उनी दुई महिना अघि मात्र पनि चीन गएका थिए । यो भेटवार्ता दुई महिनायताको दोस्रो भेट हो । उत्तर कोरियाली नेता उन र चिनियाँ राष्ट्रपति सीले चीनको एक उत्तरी सहर डालियानमा भेटवार्ता गरेको पछि आएर खुलेको छ । त्यस भेटवार्ता गएको सोमबार र मङ्गलबार भएको थियो । यसअघिको भेटपछि नै उत्तर कोरियाली नेता उन परमाणु निशस्त्रीकरणका लागि प्रतिबद्ध रहेको आफूले पाएको चीनले बताउदै आएको थियो । उता हालैमात्र नेता उनले अमेरिकाको उक्साहटपूर्ण कदमले शान्ति जोखिममा पर्नसक्ने भनी आरोप पनि लगाउनुभएको छ । तर पनि यस भनाइले उत्तर कोरिया र अमेरिकाको उच्चस्तरीय बैठकलाई भने कुनै असर परेको छैन । गत अप्रिल २७ मा भएको ऐतिहासिक वार्तापछि दुई कोरियाबीचको परमाणुसम्बन्धी सकारात्मक प्रगति भएको बताइएको छ । एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE