Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मोदीको सुरक्षामा हतियारसहितका ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदी नेपाल भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका छन् । भ्रमणमा ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुनेछन् । त्यसमध्ये ४१ जना भने नेपाल आइसकेका छन् । २५ जना भने मोदीसँगै आउनेछन् । क्याप्टेनको कमान्डमा भारतीय सेनाको एक प्लाटुन नै मोदीको सुरक्षामा खटिनेछ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–गृह मन्त्रालयका अनुसार उनीहरू हतियारसहित रहनेछन् । गृहप्रवक्ता रामकृष्ण सुवेदीले विशिष्ट व्यक्ति भ्रमणका क्रममा हतियारसहित सुरक्षाकर्मी आउजाउ गर्नु सामान्य प्रक्रिया भएको बताए । उनले भने, ‘विशिष्ट व्यक्ति भ्रमणका क्रममा सुरक्षाकर्मी हतियारसहित खटिनु सामान्य प्रक्रिया हो । नेपालबाट अन्य मुलुक भ्रमण गर्ने क्रममा पनि यस्तो हुन्छ । अहिले हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको भ्रमणका क्रममा पनि यस्तै भएको हो ।’ गृह मन्त्रालयका अनुसार विशिष्ट व्यक्ति भ्रमणका क्रममा उनीहरूसँगै भ्रमणमा रहने सुरक्षाकर्मीका हतियारको लगत भने राखिनेछ । मोदी भ्रमणका क्रममा सुरक्षाकर्मीसँगै भित्रिएका हतियारको पनि लगत राखिएको गृहप्रवक्ता सुवेदीले बताए । उनले भने, ‘विशिष्ट व्यक्ति भ्रमणका क्रममा आउने सुरक्षाकर्मीका हतियारको लागत भने राखिन्छ । त्यसो हुँदा अहिले भएका भारतीय सुरक्षाकर्मी र उनीहरूसँगै भित्रिएका हतियारको पनि लगत राखिएका छन् । यो सामान्य प्रक्रिया हो । नेपालका विशिष्ट व्यक्ति भारत जाँदा पनि उनीहरूले सुरक्षाकर्मी र हतियारको लगत राख्छन् ।’ गृहका अनुसार भारतीय सुरक्षाकर्मी मोदी सुरक्षाको पहिलो घेरामा रहनेछन् । दोस्रो र तेस्रो घेरामा पनि भारतीय सुरक्षाकर्मीकै उपस्थिति रहनेछ । नेपाली सुरक्षाकर्मीको समन्वयमा कमान्ड पनि भारतीयले नै गर्नेछन्। नेपाली सुरक्षाकर्मीको कमान्ड भने नेपाली सेनाबाट हुनेछ । गृहका अनुसार मोदी भ्रमणमा खटिएका भारतीय सुरक्षाकर्मीको संख्या अहिलेसम्मकै ठूलो हो । यसअघिका भ्रमणमा भित्री सुरक्षाबाहेक अन्यत्रका लागि छुट्टै सुरक्षा दस्ता खटाउने चलन थिएन । गुप्तचर भने यसअघिका भ्रमणमा पनि पर्याप्त मात्रामा खटिने गरेका थिए । सुवेदीका अनुसार सुरक्षा दस्ता बढाउने र घटाउने प्रक्रिया सुरक्षा थ्रेट विश्लेषणका आधारमा तय हुन्छ । उनले भने, ‘सुरक्षाकर्मी कसरी, को, कहाँ र कति खटाउने भन्ने विषय सुरक्षा थ्रेट विश्लेषणकै आधारमा तय हुन्छ । यसपटक त्यस्तै भएको हो कि ?’ भ्रमण अवधिभर टेलिफोन र मोबाइल सिग्नल जाम गर्ने ‘ज्यामर मेसिन’ भने नेपालकै प्रयोग हुने भएको छ । यसले भ्रमण अवधिभर भ्रमण रुटमा पर्ने कम्तीमा सय मिटर क्षेत्रमा टेफिलोन तथा मोबाइल सिग्नल ‘डिम्टिभेट’ गर्नेछ । यसअघिका विशिष्ट व्यक्ति भ्रमणमा यस्ता मेसिन भारतबाटै ल्याउने गरिएको थियो । नेपाल भ्रमणभर स्थलमार्गमा प्रयोग हुने दुईवटा बम तथा बुलेटप्रुफ गाडी मंगलबार नै काठमाडौं ल्याइएको छ । त्यसमध्ये एउटा काठमाडौंमा प्रयोग हुनेछ भने अर्को जनकपुरमा प्रयोग हुनेछ । विशेष विमानबाट गाडी र हतियारसहितका ४१ भारतीय सुरक्षाकर्मी काठमाडौं उत्रिएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending