Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

यसकारण चिसियो ओली र प्रचण्डको सम्बन्ध

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषितरूपमा पार्टी एकीकरणको मिति तय हुन सकेको छैन। दुवै पार्टीले अन्तिम तयारी पुगेको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन। पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ–प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन। पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेको छैन। ओली र प्रचण्डबीच समान हैसियतमा पार्टी एकता गर्ने विषयमा सहमति जुट्न सकेको छैन। माओवादीले समान हैसियतमा एकता हुनुपर्ने अडान राखेको छ भने एमालेले समान हैसियतमा होइन, पार्टीको हैसियतअनुसार एकता गर्नुपर्ने अडान राख्दै आएको छ। पार्टी एकताका लागि सहमति निर्माणमा जुटेका ओली र प्रचण्डबीचबीच केही दिनयता सम्बन्धमा चिसोपन आएको छ। सरकार सञ्चालनको विषयमा प्रधानमन्त्री एकलौटीरूपमा अगाडि बढेको भन्दै माओवादीले असन्तुष्टि जनाउँदै आएको छ। सचिवहरूको सरुवा, ओलीको भारत भ्रमण र बजेटको विषयमा समेत एकतर्फीरूपमा ओली अगाडि बढेको आरोप माओवादीले लगाएको छ। केही समययता पार्टी एकता र सरकार सञ्चालनमा एमालेले माओवादीसँग पर्याप्त छलफल नगरेर एकलौटी गर्न खोजेको भन्दै सरकार र पाटीभित्रै चर्को असन्तुष्टि देखिन थालेको छ। पार्टी एकता गर्दा समान हैंसियत र न्यायसंगत ढंगले हुनुपर्ने माओवादीको प्रस्तावलाई एमालेले बेवास्ता गरेको तथा सरकारले गर्ने महत्त्वपूर्ण निर्णयमा समेत सत्तारुढ दल माओवादी र विभागीय मन्त्रीहरूलाई समेत थाहा नदिने गरेको माओवादीका नेता मणि थापाले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending