Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

मुम्बई इन्डियन्सका सामु कोलकाता नाइटराइडर्स निरीह, १०२ रनले पराजित

काठमाडौं ।  इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तरगत बुधबारको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको छ । कोलकातामा भएको यस खेलमा केकेआरका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । पहिले ब्यािटङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रनको स्कोर खडा गरेको थियो । मुम्बईका लागि इशान किशनल् उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले मात्रै २१ बलमा ५ चौका र ६ छक्काको सहयोगले ६२ रन बनाएका हुन् । त्यस्तै मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ३६–३६ रनको योगदान दिए । कोलकाताका लागि पियुश चावलाले ३ विकेट लिए भने सुनिल नारायण, टिम कुर्रन तथा प्रसिद्ध कृष्णले. समान एक–एक विकेट लिए । २११ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका कुनै पनि ब्याट्सम्यान जम्न सकेनन् । कोलकाताले १८ ओभर १ बलमा आफ्नो सबै विकेट गुमाउँदै १०८ रन बनाउन सक्यो । कोलकाताका लागि क्रिस लिन तथा नीतीश राणाले २१–२१ रन बनाउँदा रोबिन उथप्पाले १४ रन बनाए । कोलकाताका सुनिल नारायण तथा आन्द्रे रसेलले बुधबारको खेलमा आफ्नो खेल देखाउन सकेनन् । मुम्बईका लागि हार्दिक पाण्ड्या तथा क्रुणाल पाण्ड्याले उत्कृष्ट बलिङ गर्दै समान २–२ विकेट लिए । हार्दिकले ३ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट लिएका थिए । त्यस्तै क्रुणालले ३.१ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिए । बुधबारको खेलपछि मुम्बई इन्डियन्स अंकतालिकाको चौथो स्थानमा पुगेको छ । आईपीएलको अंकतालिकामा सनराइजर्स हैदराबाद १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । १४ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहेको छ भने किंग्स इलावेन पञ्जाब १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । कोलकाता नाइटराइडर्स भने १० अंक भए पनि रनरेटका आधारमा पाँचौ स्थानमा रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies