Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मुम्बई इन्डियन्सका सामु कोलकाता नाइटराइडर्स निरीह, १०२ रनले पराजित

काठमाडौं ।  इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तरगत बुधबारको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको छ । कोलकातामा भएको यस खेलमा केकेआरका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । पहिले ब्यािटङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रनको स्कोर खडा गरेको थियो । मुम्बईका लागि इशान किशनल् उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले मात्रै २१ बलमा ५ चौका र ६ छक्काको सहयोगले ६२ रन बनाएका हुन् । त्यस्तै मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ३६–३६ रनको योगदान दिए । कोलकाताका लागि पियुश चावलाले ३ विकेट लिए भने सुनिल नारायण, टिम कुर्रन तथा प्रसिद्ध कृष्णले. समान एक–एक विकेट लिए । २११ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका कुनै पनि ब्याट्सम्यान जम्न सकेनन् । कोलकाताले १८ ओभर १ बलमा आफ्नो सबै विकेट गुमाउँदै १०८ रन बनाउन सक्यो । कोलकाताका लागि क्रिस लिन तथा नीतीश राणाले २१–२१ रन बनाउँदा रोबिन उथप्पाले १४ रन बनाए । कोलकाताका सुनिल नारायण तथा आन्द्रे रसेलले बुधबारको खेलमा आफ्नो खेल देखाउन सकेनन् । मुम्बईका लागि हार्दिक पाण्ड्या तथा क्रुणाल पाण्ड्याले उत्कृष्ट बलिङ गर्दै समान २–२ विकेट लिए । हार्दिकले ३ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट लिएका थिए । त्यस्तै क्रुणालले ३.१ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिए । बुधबारको खेलपछि मुम्बई इन्डियन्स अंकतालिकाको चौथो स्थानमा पुगेको छ । आईपीएलको अंकतालिकामा सनराइजर्स हैदराबाद १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । १४ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहेको छ भने किंग्स इलावेन पञ्जाब १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । कोलकाता नाइटराइडर्स भने १० अंक भए पनि रनरेटका आधारमा पाँचौ स्थानमा रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending