Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

न सहमति, न असहमति : माओवादी–एमाले एकताको भित्रि कथा

काठमाडौं ।  झण्डै १ वर्ष अघि घोषणा गरिएको माओवादी केन्द्र र एमालेबिचको पार्टी एकता आजसम्म पनि हुन सकेको छैन । होलाहोला जस्तो तर भइनहाल्ने एकता कहिले हुन्छ भनेर कसैले भन्न सक्ने अवस्था छैन । दुवै पार्टीका शिर्षस्थ नेताहरुले एकता छिट्टै हुने बताईरहे पनि त्यो ‘छिट्टै’ किन नआएको हो, कसैले बुझ्न सकेको छैन । असहमति, सहमतिमा टुंगियो भनेर आउने समाचारहरुमा समेत अब उनका कार्यकर्ता र आम सर्वसाधारणले पत्याउने अवस्था समेत छैन । किन भने ‘सहमति’ बनेको भनेर समाचारहरु धेरैपल्ट बाहिरिइसकेको छ । के मा छ असहमति ? असहमति केहीमा पनि छैन । सहमति पनि छैन । नेताहरु न सहमतिका आधार दिन सक्छन्, न असहमतिका आधारहरु नै भन्न सक्छन् । पछिल्लो समय, समानताका आधारमा संगठनात्मक एकता, जनताको जनवाद (पब्लिक डेमेक्रेसी) तात्कानिल कार्यदिशा र सहमतिको महाधिवेशन गरी मुख्य त तीन विषयमा सहमति जुटेको बताइएको थियो । तर जुटेको भनिएको सहमतिप्रतिको जाँगर एमाले–माओवादी दुवैका नेताहरुमा देखिएको छैन । मिल्न बाँकी विषयमा सहमति निस्किसकेपछि किन एकता नभएको हो, कसैले बताउन सक्दैनन् । आशंका र गलाउने रणनीति जिम्मेवार माथि उल्लेखित विषयमा सहमति जुटेको भएपनि सहमतिको कार्यान्वयन हुनेमा माओवादी केन्द्रले आशंका गरेको छ । साथै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी नेताहरु खुश छैनन् । अझ –३० सचिवहरुको सरुवा, योजना आयोगको गठनदेखि, बजेट तथा सरकारको नीति तथा कार्यक्रम लगायतका कतिपय निर्णयहरु माओवादी नेताहरुले मिडियामार्फत थाहा पाउन थाले । एकताको प्रक्रियामा रहेका दुवै दलका नेताहरुको परामर्श तथा सहभागीतामा हुनुपर्ने निर्णयहरुप्रति माओवादीका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीसँग प्रश्न उठाउँदा समेत वेवस्ता गरेको भन्र्दै ‘भर पर्न नसकिएको’ बताउने गरेका छन् । हुनपनि पछिल्लो समय ओलीले अति दुरगामी निर्णयहरुमा समेत प्रचण्डको सल्लाहा लिन आवश्यक ठान्दैनन् । ओलीको यस्तो कार्यशैलीले माओवादीमा ‘पार्टी एकता नहुँदै त यस्तो, भएपछि कस्तो होला ?’ भन्ने आशंकाले घर गरेको छ । यता एमाले नेताहरुले भने एकताप्रति उति चासो राखेका छैनन् । बरु माओवादी नेताहरुलाई चिड्याउन अग्रसरजस्तो देखिन्छन् । ओली भने एकतामा विलम्ब गरी प्रचण्डलाई गलाउने र एकतामा ल्याउने रणनीतिमा छन् कि झै देखिन्छन् । उनले पछिल्लो समय गरेको ट्विट र सरकारका कामकारवाहीमा प्रचण्डको परामर्श र सहभागीता जरुरी नठान्नुले यस्तै संकेत गर्दछ । ‘लम्पसारवाद’ र ‘राष्ट्रवाद’ नेताहरु चुपचाप रहेपनि भारतीय प्रधानमन्त्रीको भ्रमणलाई लिएर माओवादी –एमाले कार्यकर्ताबिच घोचपेच सूरु भईसकेको छ । सामाजिक संजालमा दुवै दलका कार्यकर्ता तथा मध्यमस्तरका नेताहरुले समेत ओली सरकार भारतसँगको झुकेको र लम्पसार परेको/नपरेको भनेर बहस चलाउन थालेका छन् । संविधान निर्माण लगत्तै माओवादीको समर्थनमा बनेको ओली सरकारपश्चातको प्रचण्ड नेतृत्वको सरकारलाई ‘लम्पसारवादी’ को संज्ञा दिएको एमालेलाई हाल भारतीय प्रधानमन्त्रीको नेपालमा गरिने अभिनन्दनप्रति उही संज्ञा माओवादी कार्यकर्ताले दिईरहेका छन् । राष्ट्रवादको नारामा भोट मागेका एमालेले पछिल्लो समय भारतप्रति गरेको व्यबहारप्रति माओवादीले मात्रै होईन आम सर्वसाधारणले समेत एमालेको ‘राष्ट्रवाद’ माथि प्रश्न उठाउन थालिसकेका छन् । अझ भारतीय राजदुतावासले सिधै ५ करोडसम्मको विकासको काम नेपालमा गर्न पाईने गरी ओली सरकारले गरेको निर्णयप्रति माओवादी नेताहरुले चर्को आलोचना गर्ने गरेका छन् । हुनपनि ओली सरकार हिजोको जस्तो ‘राष्ट्रवादी’ हुनेतिर भन्दा छिमेकी देश भारतसँग मिल्ने रणनीतिमा देखिन्छ । यसको पुष्टी प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेर र नेपालमा भारतीय सहयोगको रेलबारे निर्णय गरेर दिईसकेका छन् । जागर कसैको छैन माथि उल्लेखित खटपट र आशंका एंव रणनीतिका कारण एकताप्रतिको जाँगर दुबै दलका नेताहरुमा छैन । एमाले माओवादीलाई यसैगरी अल्झाउने र थकाएर मात्रै एकता गर्ने रणनीतिमा देखिन्छ भने माओवादी हतारो गर्ने मनस्थितिमा छैन । हतारमा निर्णय गर्ने भनेर आरोप लाग्ने गरेका प्रचण्ड भने भविस्यसम्मको अवस्था तथा परिणामबारे बिचार गरेर मात्रै पार्टी एकता गर्ने पक्षमा देखिन्छन् । यी दुई मनोविज्ञान र रणनीतिले काम गरेसम्म दुई पार्टीको एकताबारे अन्योलता हट्ने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending