Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मोदी आज आउँदै, यस्ता छन् मुख्य चार एजेन्डा

१. अरुण तेस्रो शिलान्यास प्रधानमन्त्रीद्वय ओली र मोदीले शुक्रबार काठमाडौंमा स्विच थिचेर ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गर्दै छन् । कार्यक्रम अपराह्न द्वारिकाज होटेलमा आयोजना गरिनेछ । संखुवासभा जिल्लामा निर्माणको तयारीमा रहेको उक्त आयोजनालाई लगानी बोर्डको कार्यालयले सहजीकरण गरिरहेको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–आयोजना शिलान्यासको सम्पूर्ण तयारी पूरा भएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । द्वारिकाज होटेलमा स्विच थिचेपछि अरुण तेस्रोको ड्याम साइटमा पर्दा खुल्नेछ । २. रक्सौल–रक्सौल रेलमार्ग समझदारी रक्सौल–काठमाडौं रेलमार्ग निर्माण आयोजना अगाडि बढाउन २५ चैतमा नेपाल र भारतबीच सहमति भइसकेको छ । सहमतिलाई मूर्तरूप दिन समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्ने आवश्यकता छ । रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार छोटो भ्रमण भएकाले सम्भावना न्यून छ । तर, चाहेको खण्डमा समझदारीपत्रमा हस्ताक्षर हुन सक्ने बताए । दुई देशका जनताबीचको सम्बन्धलाई अभिवृद्धि गर्ने र आर्थिक वृद्धि तथा विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका वेला दुई प्रधानमन्त्रीबीच नयाँ विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको हो । उक्त रेलमार्ग भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने सहमति छ । यसबाहेक भारतले नेपालका विभिन्न ५ वटा स्थान (जयनगर–जनकपुर–कुर्था, जोगबनी–विराटनगर, न्यु जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगन्ज रोडदेखि नेपालगन्जसम्म) लाई रेल यातायातले जोड्ने कार्यक्रमलाई पनि प्रभावकारी रूपमा अघि बढाउनेबारे छलफल हुन सक्नेछ । ३. निर्माणाधीन सडक आयोजना दुई देशबीच समझदारी र सम्झौता भई कार्यान्वयनमा आएका सडक आयोजनालाई अझै प्रभावकारी बनाउन जोड दिइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले जानकारी दिए । दुई प्रधानमन्त्रीबीच हुलाकी राजमार्ग निर्माणबारे छलफल हुन सक्नेछ । छलफलमा आयोजनालाई अझ बढी प्रभावकारी बनाएर समयमै सम्पन्न गर्न केन्द्रित गरिनेछ । त्यस्तै, भारतीय लाइन अफ क्रेडिट ९एलओसी० अन्तर्गत १७ वटा सडक सुधार गर्ने कार्यक्रमलाई समयमै सम्पन्न गर्न जोड दिने तयारी छ । ४. पञ्चेश्वर एजेन्डामा नपर्ने निश्चित बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे मोदीको भ्रमण अवधिमा छलफल हुने सम्भावना लगभग सकिएको छ । उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर०मा दुई देशका अधिकारीबीच असहमति छ । तर, दुवै देशका प्रधानमन्त्रीले चाहे डिपिआर स्वीकृत गर्ने कार्यमा प्रगति हुन सक्ने पञ्चेश्वर विकास प्राधिकरणका सिइओ महेन्द्रबहादुर गुरुङले बताए । खासगरी पानी र मुनाफा बाँडफाँडलगायत विषयमा दुई देशबीच टुंगो लाग्न नसक्दा डिपिआरले अन्तिम रूप पाएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending