Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

रिहा भएका विप्लवका नेता–कार्यकर्ता पुनः पक्राउ

उदयपुर । जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा भएकाहरु पुनः पक्राउ गरेको प्रहरीले बताएको छ । यसरी रिहा भएर पुनः पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य किरण राई तथा सोही पार्टीका धनकुटा जिल्ला इन्चार्ज माधव पौडेल रहेका छन् । अन्यमा सो पार्टीका तेह्रथुम जिल्ला सदस्य दिप्शन लिम्बू, अर्का सदस्य नवराज भट्टराई र कमला लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । केन्द्रीय सदस्य किरण राईले आफूहरुलाई जिल्ला अदालत उदयपुरले जनही रु १० हजारका दरले धरौटीमा रिहा गरेर तारेखमा उपस्थित हुनेगरी छाडे पनि प्रहरीले साँझपख जिल्ला बार एशोसिएशनको कार्यालयबाट घेरा हालेर पक्राउ गरी मानव अधिकार हनन गरेको बताए । आफुहरु स्वतन्त्र रुपमा रिहा भएपछि घरजाने र जेठ ३० गते अदालतमा हाजिर हुनुपर्ने तारेख भए पनि प्रहरीले घेरा हालेर अदालतबाट बाहिर जान नदिई रात्रिको समयमा पक्राउ गरेको सो पार्टीका नेता राईले बताए । पक्राउ गरिएको विषयमा उदयपुरका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार नेपाल कम्युनिष्ट पार्टीआबद्ध नेताहरुलाई अदालतले हाल तत्काल तारेखमा रिहा गरे पनि उहाँहरुविरुद्ध मोरङ जिल्ला प्रहरी कार्यालयमा समेत विभिन्न आपराधिक विषयमा उजुरी दर्ता भएका कारण सोधपुछ गर्नुपर्ने हुनाले पुनः पक्राउ गरिएको बताए ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending