Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

१ सय ४ वर्षका वैज्ञानिकले हाँसी–हाँसी त्यागे जीवन

लण्डन । वैज्ञानिक डेविड गुडअलले स्विटजरल्याण्डको एक क्लिनिकमा आफ्नो जीवनको अन्त्य गरेका छन् । इच्छामृत्युको अधिकारका लागि काम गरिरहेको संस्थाले १ सय ४ वर्षीय गुडअलको निधनको जानकारी दिएको छ । लण्डनमा जन्मिएका गुडअल बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक थिए । मे ३ तारिखका दिन उनले अष्ट्रेलियाको आफ्नो घरबाट बिदा लिएका थिए । उनले आफ्नो जीवन समाप्तीका लागि संसारको दोस्रो मुलुक चयन गरे । उनको उक्त निर्णयले संसारभरीका मानिसहरुको ध्यान आकर्षित गरेको थियो । उनलाई कुनै ठूलो रोग लागेको थिएन तर पनि उनी आफ्नो जीवनको सम्मानजनक अन्त्य चाहन्थे । आफ्नो स्वतन्त्रता गुमिरहेको भन्दै उनले जीवन अन्त्य गर्ने सोच बनाएको बताएका थिए । आफ्नो मृत्युको केही समय अघि मात्र उनले जीवन अन्त्य गर्न लागेकोमा निकै खुसी भएको बताएका थिए । आफ्नो परिवारका सदस्यले घेरिएका गुडअलले भनेका थिए, ‘विगत एक वर्षदेखि मेरो जीवन खासै राम्रो भइरहेको छैन त्यसकारण म यसलाई अन्त्य गर्दा निकै खुसी छु ।’ उनले भने, ‘मेरो मृत्युले जुन प्रचार पाइरहेको छ, मलाई लाग्छ कि यसले वृद्ध–वृद्धाका लागि इच्छामृत्युको अधिकारको मागमा बल मिल्नेछ । म यही चाहन्छु ।’ एक्जिट इन्टरनेशनल नामको एक संगठनले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न मद्दत गरेको हो । संस्थाका संस्थापक फिलिप नित्जेले भने, ‘बेसलको लाइफ साइकल क्लिनिकमा विद्वान वैज्ञानिकको शान्तीपूर्ण निधन १०ः३० बजे (जीएमटी) भयो ।’ गुडअल आफ्नो अन्तिम संस्कारको कागजी प्रक्रियाका लागि झण्झटमा थिए । नित्जेका अनुसार उनलाई यसमा धेरै नै समय लागिरहेको थियो । गुडअलले अन्तिम भोजनको रुपमा फिश एण्ड चिप्ससँग चिजकेक खाए र बिथोवनको ‘ओड टु जोय’ गीत सुने । सधैं सक्रिय जीवन बिताए लण्डनमा जन्मिएका डेविड गुडअल केही हप्ता अघिसम्म पश्चिम अष्ट्रेलियाको पर्थमा आफ्नो एक सानो फ्ल्याटमा एक्लै बस्थे । उनले सन् १९७९ मा जागिर छोडेका थिए तर त्यसपछि पनि उनी लगातार फिल्ड वर्कमा जाने गर्दथे । उनले पछिल्लो समयमा ‘इकोलोजी अफ द वर्ल्ड’ नामको ३० भोलुमको पुस्तक सिरिजको सम्पादन गरेका थिए । १ सय २ वर्षको उमेरमा सन् २०१६ मा उनले पर्थको एडिथ कोवन विश्वविद्यालय परिसरमा काम गर्ने सम्बन्धमा कानूनी लडाईं जिते । त्यहाँ उनी अवैतनिक मानद रिसर्च असोसिएटको रुपमा काम गर्दथे । जीवनको अन्त्य गर्ने निर्णय डा। गुडअलले आफ्नो जीवन समाप्तीको निर्णय गत महिनामा भएको एक घटनापछि लिएका थिए । एक दिन उनी आफ्नो घरमा लडे र दुई दिनसम्म हिँडडुल गर्न सकेनन् । त्यसपछि डाक्टरले उनलाई २४ घण्टा निगरानीमा राख्नुपर्ने बताउँदै अस्पताल भर्ना हुनुपर्ने सल्लाह दिए । एक्टिज इन्टरनेशनलसँग सम्बन्धित केरल ओ’नील भन्छन्, ‘उनी स्वतन्त्र व्यक्ति थिए । सधैं भरी उनी आफ्नो वरिपरि कोही भएको देख्न चाहँदैनथे । कुनै अपरिचितले उनको हेरबिचार गरोस् भन्ने उनको चाहना थिएन ।’ स्विटजरल्याण्ड नै किन ? स्विटजरल्याण्डले सन् १९४२ देखि ‘असिस्टेड डेथ’ लाई मान्यता दिएको छ । अन्य थुप्रै देशले स्वेच्छाले आफ्नो जीवन अन्त्यलाई कानूनी मान्यता राखेपनि यसका लागि गम्भीर रोगलाई शर्तको रुपमा राखिएको छ । अष्ट्रेलियन मेडिकल असोसिएसनले ‘असिस्टेड डाइंग’ लाई अनैतिक बताउँदै कडा विरोध गर्दै आएको छ । असोसिएशनका अध्यक्ष डा. माइकल गेनन भन्छन्, ‘डाक्टरलाई मानिसहरु मार्न सिकाइएको हुँदैन । यस्तो गर्नु गलत हो । सो सोच हाम्रो तालिम र नैतिकताको गहिराइसँग जोडिएको छ ।’ बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies