Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

१ सय ४ वर्षका वैज्ञानिकले हाँसी–हाँसी त्यागे जीवन

लण्डन । वैज्ञानिक डेविड गुडअलले स्विटजरल्याण्डको एक क्लिनिकमा आफ्नो जीवनको अन्त्य गरेका छन् । इच्छामृत्युको अधिकारका लागि काम गरिरहेको संस्थाले १ सय ४ वर्षीय गुडअलको निधनको जानकारी दिएको छ । लण्डनमा जन्मिएका गुडअल बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक थिए । मे ३ तारिखका दिन उनले अष्ट्रेलियाको आफ्नो घरबाट बिदा लिएका थिए । उनले आफ्नो जीवन समाप्तीका लागि संसारको दोस्रो मुलुक चयन गरे । उनको उक्त निर्णयले संसारभरीका मानिसहरुको ध्यान आकर्षित गरेको थियो । उनलाई कुनै ठूलो रोग लागेको थिएन तर पनि उनी आफ्नो जीवनको सम्मानजनक अन्त्य चाहन्थे । आफ्नो स्वतन्त्रता गुमिरहेको भन्दै उनले जीवन अन्त्य गर्ने सोच बनाएको बताएका थिए । आफ्नो मृत्युको केही समय अघि मात्र उनले जीवन अन्त्य गर्न लागेकोमा निकै खुसी भएको बताएका थिए । आफ्नो परिवारका सदस्यले घेरिएका गुडअलले भनेका थिए, ‘विगत एक वर्षदेखि मेरो जीवन खासै राम्रो भइरहेको छैन त्यसकारण म यसलाई अन्त्य गर्दा निकै खुसी छु ।’ उनले भने, ‘मेरो मृत्युले जुन प्रचार पाइरहेको छ, मलाई लाग्छ कि यसले वृद्ध–वृद्धाका लागि इच्छामृत्युको अधिकारको मागमा बल मिल्नेछ । म यही चाहन्छु ।’ एक्जिट इन्टरनेशनल नामको एक संगठनले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न मद्दत गरेको हो । संस्थाका संस्थापक फिलिप नित्जेले भने, ‘बेसलको लाइफ साइकल क्लिनिकमा विद्वान वैज्ञानिकको शान्तीपूर्ण निधन १०ः३० बजे (जीएमटी) भयो ।’ गुडअल आफ्नो अन्तिम संस्कारको कागजी प्रक्रियाका लागि झण्झटमा थिए । नित्जेका अनुसार उनलाई यसमा धेरै नै समय लागिरहेको थियो । गुडअलले अन्तिम भोजनको रुपमा फिश एण्ड चिप्ससँग चिजकेक खाए र बिथोवनको ‘ओड टु जोय’ गीत सुने । सधैं सक्रिय जीवन बिताए लण्डनमा जन्मिएका डेविड गुडअल केही हप्ता अघिसम्म पश्चिम अष्ट्रेलियाको पर्थमा आफ्नो एक सानो फ्ल्याटमा एक्लै बस्थे । उनले सन् १९७९ मा जागिर छोडेका थिए तर त्यसपछि पनि उनी लगातार फिल्ड वर्कमा जाने गर्दथे । उनले पछिल्लो समयमा ‘इकोलोजी अफ द वर्ल्ड’ नामको ३० भोलुमको पुस्तक सिरिजको सम्पादन गरेका थिए । १ सय २ वर्षको उमेरमा सन् २०१६ मा उनले पर्थको एडिथ कोवन विश्वविद्यालय परिसरमा काम गर्ने सम्बन्धमा कानूनी लडाईं जिते । त्यहाँ उनी अवैतनिक मानद रिसर्च असोसिएटको रुपमा काम गर्दथे । जीवनको अन्त्य गर्ने निर्णय डा। गुडअलले आफ्नो जीवन समाप्तीको निर्णय गत महिनामा भएको एक घटनापछि लिएका थिए । एक दिन उनी आफ्नो घरमा लडे र दुई दिनसम्म हिँडडुल गर्न सकेनन् । त्यसपछि डाक्टरले उनलाई २४ घण्टा निगरानीमा राख्नुपर्ने बताउँदै अस्पताल भर्ना हुनुपर्ने सल्लाह दिए । एक्टिज इन्टरनेशनलसँग सम्बन्धित केरल ओ’नील भन्छन्, ‘उनी स्वतन्त्र व्यक्ति थिए । सधैं भरी उनी आफ्नो वरिपरि कोही भएको देख्न चाहँदैनथे । कुनै अपरिचितले उनको हेरबिचार गरोस् भन्ने उनको चाहना थिएन ।’ स्विटजरल्याण्ड नै किन ? स्विटजरल्याण्डले सन् १९४२ देखि ‘असिस्टेड डेथ’ लाई मान्यता दिएको छ । अन्य थुप्रै देशले स्वेच्छाले आफ्नो जीवन अन्त्यलाई कानूनी मान्यता राखेपनि यसका लागि गम्भीर रोगलाई शर्तको रुपमा राखिएको छ । अष्ट्रेलियन मेडिकल असोसिएसनले ‘असिस्टेड डाइंग’ लाई अनैतिक बताउँदै कडा विरोध गर्दै आएको छ । असोसिएशनका अध्यक्ष डा. माइकल गेनन भन्छन्, ‘डाक्टरलाई मानिसहरु मार्न सिकाइएको हुँदैन । यस्तो गर्नु गलत हो । सो सोच हाम्रो तालिम र नैतिकताको गहिराइसँग जोडिएको छ ।’ बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending