Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

के भयो ओली–मोदी वार्तामा ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार १५ मिनेट एकान्त वार्ता भएको छ । दुईपक्षीय प्रतिनिधिमण्डलबीच भने ४५ मिनेट औपचारिक वार्ता भयो । वार्तामा ओलीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनमा दुवैले समर्थन जनाएका छन् । कृषि, पानीजहाज, रेलवेलगायत विषयमा परिवर्तनकारी सुरुवात गरेका छौँ, नेपाललाई ल्यान्डलिंक्डबाट वाटरलिंक्ड देशमा परिणत गर्ने ओलीजीको दृष्टिकोण साकार पार्न भारत प्रतिबद्ध रहेको मैले ओलीजीलाई बताएको छु,’ राति आयोजित पत्रकार सम्मेलनमा मोदीले भने । आजको नयाँपत्रिका दैनिकमा खबर छ–उनका अनुसार कृषि अनुसन्धान, कृषि शिक्षा र कृषि विकासमा सहकार्यको मोडालिटीका लागि नेपाल र भारतका कृषिमन्त्रीहरूको बैठक चाँडै गर्ने सहमति भएको छ । काठमाडौं–रक्सौल रेलमार्गको सर्भे तत्कालै सुरु गर्ने, एक वर्षभित्र डिपिआर तयार गर्ने पूर्ववत् सहमतिअघि बढाउन दुवै देश तयार भएका छन् । मोदीका अनुसार नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकन गर्न दुवै प्रधानमन्त्री सहमत भएका छन् । यसका लागि वाणिज्य सचिवहरूको बैठक चाँडै हुने पनि सहमति भएको छ । भारतले तत्काल भक्तपुर क्यान्सर अस्पतालमा नयाँ र अत्याधुनिक रेडियोथेरापी मेसिन पठाउने र तत्कालै जडान हुने पनि सहमति भएको छ । दुवै प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको शिलान्यास गरेका छन् । भारु ६ हजार करोडको लागतमा ९०० मेगावाटको उक्त परियोजना निर्माण हुनेछ । मोदीले नेपाल र भारत अनादिकालदेखि हिमालय पर्वतमाला र नदीनालाबाट जोडिएको भन्दै अब कनेक्टिभिटीमा जोडिन लागेको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीका अनुसार विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने प्रभावकारी मापदण्ड तयार गर्न दुवै देशबीच सहमति भएको छ । अर्गानिक फार्मिङ र माटोको स्वास्थ्य परीक्षणसम्बन्धी पाइलट प्रोजेक्ट तत्कालै सुरु हुनेछ । पञ्चेश्वर परियाजनाको डिपिआर चाँडै टुंग्याउने विगतको सहमतिलाई यसपटक पनि निरन्तरता दिइएको छ । नेपालले भारतसँग गरेको विद्युत् खरिद सम्झौताको पूर्ण कार्यान्वयनमा जोड दिएको छ । मोदीले सरोकारवालासँग छलफलका आधारमा भारतीय ऊर्जा बजारमा नेपालको बिजुली बिक्रीसम्बन्धी भारतको विद्यमान प्रावधान सच्याउन कोसिस गर्ने वचन दिएका छन् । दुवै देशबीच इनर्जी बैंकिङलाई अघि बढाउने पनि सहमति भएको छ । ओलीका अनुसार बुटबल–गोरखपुर ४०० केभी विद्युतीय प्रसारण लाइन निर्माणमा दुवैले जोड दिएका छन् । नेपालले आफ्नोतर्फ लाग्ने सबै खर्च व्यहोर्ने घोषणा द्विपक्षीय बैठकमा गरेको छ । बाढी र डुबानको समस्या समाधानबारे सुझाब दिन नेपाल र भारत दुवैले संयुक्त सर्भे टिम चाँडै पठाउने सहमति पनि भएको छ । नेपालले बढ्दो व्यापार घाटाका विषयमा चासो राखेको छ । भारतीय नोटबन्दीका कारण नेपालीलाई परेको अप्ठेरो सम्बोधन गर्न नेपालले अनुरोध गरेकोमा भारत सकारात्मक भएको वार्तापछि ओलीले बताए । वीरगन्जबाहेक थप तीन संयुक्त चेकपोस्ट निर्माणमा जोड दिइएको छ, जनकपुर–जयनगर–बर्दिबासबाहेक थप सीमापार रेल्वे निर्माणमा भारतले प्रतिबद्धता जनाएको छ । नेपालले थप चार स्थानबाट एयर इन्ट्री रुट मागेकोमा भारतले सकारात्मक जवाफ दिएको ओलीले बताए । तर, यसबारे मोदीले केही बताएनन् । दार्चुलामा वर्षातपछि सीमापार मोटरबाटो निर्माण गर्ने सहमति भएको छ । महाकाली नदीमा चार लेनको पुल निर्माण गर्ने वचन भारतले दिएको छ । खुला सिमानाको बचाउ मोदीले नेपाल र भारतबीचको खुला सिमाना निरन्तरतामा जोड दिएका थिए । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९इपिजी०ले सीमा नियमनमा जोड दिँदै प्रतिवेदन लेख्ने प्रयास गरिरहेका वेला मोदीले सिमानाको दुरुपयोग रोक्दै खुला सीमालाई आध्यात्मिक सम्बन्ध थप गहन बनाउन उपयोग गर्नुपर्ने बताए । ‘खुला सिमाना कुनै पनि अवाञ्छित तत्वबाट दुरुपयोग हुन दिनेछैनौँ, यसका लागि रक्षा र सुरक्षा क्षेत्रमा सहकार्य थप मजबुत पार्नेछौँ,’ मोदीले भने । उनले खुला सिमानाको आध्यात्मिक महत्वमा जोड दिँदै रामायण सर्किट र बौद्ध सर्किटमा आफ्नो पूर्व प्रतिबद्धता कार्यान्वयन हुने पनि बताए । अखण्ड, समृद्ध र सशक्त नेपाल होस्ः मोदी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समावेशी विकाससहित अखण्ड, समृद्ध र सशक्त नेपालका लागि भारतको दृढ समर्थन व्यक्त गरेका छन् । दुईदिने राजकीय नेपाल भ्रमणको पहिलो दिन चरणबद्ध उच्चस्तरीय राजनीतिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा मोदीले पछिल्ला तीन निर्वाचनको खुलेर समर्थन गर्दै नेपालको विकास प्रयासमा साथ दिने पनि स्पष्ट पारेका छन् । ‘एक वर्षमा नेपालले स्थानीय तह, प्रान्त र केन्द्र गरी तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । नेपालको इतिहासमा यो कालखण्ड स्वर्णिम अक्षरले लेखिनेछ,’ प्रधानमन्त्री ओलीसँग एकान्त र औपचारिक भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने । विगतमा भारतले स्थिर, शान्त र विकसित नेपाल चाहेको बताउँदै आएकोमा मोदीले यसपटक अखण्ड, समृद्ध र सशक्त नेपालमा जोड दिएका छन् । यसलाई नेपालमा भारतको बदलिँदो दृष्टिकोणका रूपमा लिइएको छ । प्रधानमन्त्री हुनुभन्दा पहिला र भइसकेपछिको तीनपटकको नेपाल भ्रमणमा आफूलाई नेपालीहरूले परिवारका सदस्यजस्तो व्यवहार गरेको र आफ्नोपन देखाएको पनि मोदीले बताए । ‘दुई देशबीच सरकारभन्दा माथि पारिवारिक, मित्रतापूर्ण र जनसामान्यस्तरमा मजबुत सम्बन्ध छ,’ मोदीले भने, ‘मेरो यो भ्रमणपछि भारत–नेपाल सम्बन्धमा नयाँ ऊर्जा र मोमेन्टम सञ्चार भएको छ ।’ नेपाल–भारत सम्बन्ध सुदृढ भयोः ओली प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्ध सुदृढ भएको र आपसी लाभका समग्र विषयमा परिणाममुखी छलफल भएको बताए । संयुक्त पत्रकार सम्मेलनमा ओलीले इपिजीको सिफारिसका आधारमा एककाइसौँ शताब्दीको यथार्थअनुसार सम्बन्ध थप विकसित गर्ने पनि बताए । ‘भारतका प्रिय प्रधानमन्त्री मोदीजीलाई हार्दिक स्वागत छ,’ सुरुमै सम्बोधन गरेका ओलीले भने, ‘नेपालको विदेश नीतिमा छिमेक उच्च प्राथमिकतामा छ । त्यसमा पनि भारत नेपालको उच्च प्राथमिकतामा छ ।’ ओलीले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीबारे चर्चा गरेनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending