Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

मोदी भ्रमण : गरिवकी छोरी भित्र्याउन धनि ज्वाईको रवाफ जस्तो

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका गतिविधिले आशा र शंका दुबै बढाएको छ । विश्वास र धोकाको चंगुलमा कतै सद्भाव र कतै हेपाह प्रवृति पनि देखियो । नेपाल स्वतन्त्र र विदेशी पाहुनाका लागि सुरक्षा र भ्रमणका लागि आवश्यक सवारी सहितका सुविधा दिन सक्षम देश हो भन्ने सम्म मोदीले बुझेनन वा नेपालले विश्वास दिलाउन सकेन, यसबारे के भएको भन्ने गुमराहको बिषय बन्यो । मोदीको भ्रमणका समयमा नेपालीभन्दा भारतीय सुरक्षाकर्मी बढी देखिनुमा आम नेपालीको मनमा चिसो परेको छ र गृह मन्त्रालय सुरक्षा दिन सक्षम रहेनछ कि ! भन्ने जस्ता आशयका सवाल सामाजीक सञ्जालदेखि कूटनीतिकवृतमा समेत बहसमा आएको छ । गृहमन्त्रालय सम्हालिरहेको सत्तारुढ दल नेकपा माओवादी केन्द्र नै यो बिषयमा सरकारको यो कदमप्रति सन्तुष्ट रहन सकेन । माओवादी केन्द्रका नेता तथा पुर्व कानुनमन्त्री देव गुरुङले भने “यो सानो बिषय होईन । नेपालले विगतका कुनै पनि देशका सरकार प्रमुख  तथा  अन्नय  सबै पाहुनाहरुको सुरक्षा सहितका सबै आवश्यक प्रवन्ध मिलाउँदै आएको छ र त्यसमा सक्षम पनि छ, तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कै हकमा भने त्यसो हुन नसक्नु वा मोदीले नै आफ्नो सुरक्षाको प्रवन्ध आफैँ मिलाउनुपर्यो भन्ने संदेश जानु राम्रो होईन । भ्रमणका समयमा नेपालीभन्दा भारतीय सुरक्षाकर्मी बढी हुनु कूटनीतिक छलफलको विषय बनेको छ, यसलाई त्यहि रुपमा निवारण गर्नु पर्छ भन्ने लाग्छ ।” माओवादी केन्द्र मात्रै होईन यो बिषयमा प्रमुख प्रतिपक्षि नेपाली कांग्रेस सहित अन्य केहि साना दल र बिभिन्न समुह तथा सामाजिक सञ्जालमार्फत नागरिकले पनि चासो र चिन्दा व्यक्त गरिरहेका छन् । भारतीय प्रधानमन्त्रीलाई नेपालले सुरक्षा दिन नसकेको नभएर मोदीले नेपालप्रतिको हेपाहा प्रवृति देखाएको एकथरीको बुझाई रहेको पाईन्छ भने अर्को थरीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मोदीप्रतिको अनावश्यक झुकावट भनेर टिप्पणी गरेका छन् । \"\"विवेकशिल साझा पार्टीका रविन्द्र मिश्रले नाकाबन्दीमा त्यस्तरी राष्ट्रवाद जगाएको मान्छे अहिले लम्पसारवादी भए भनेर टिप्पणी गरेका छन् । उनले लेखेका छन् “ इतिहास त पूरै उल्टिएसी कली अचेल मुसुक्क हाँस्न थालेको छ । राष्ट्रवादीको सिटमा कांग्रेस, लम्पसारवादीको सिटमा एमाले । आखिर चुनाव भन्नु नै को राष्ट्रवादी बन्ने, को लम्पसारवादी बन्ने म्यान्डेट रहेछ । अचम्म अचेल त कांग्रेसको नि घाँटीको नसा फुक्न थाल्या छ । रुद्रघण्टी बज्न थाल्या छ । पहिलो पटक जिब्राले नाकाबन्दी शब्द उच्चारण गर्न थाल्या छ । राष्ट्रवादी लयमा हल्का खुट्टा हल्लिन थाल्या छ । यसैगरी यही गतिमा बढाउँदै लग्यो भने खुंखार राष्ट्रवादी बन्न धेरै समय कुर्नु पर्दैन । यसो भयो भने अर्को चुनावमा फेरि लम्पसारवादी बन्ने म्यान्डेट प्राप्त हुन नि बेर छैन । भारतीय सुरक्षाकर्मी नै झिकाएर मोदीजीको सुरक्षामा खटाएर ओलीजीले लम्पसारवाद टार्नुभो । त्यसैले ओलीजी महान् हुनुहुन्छ । राष्ट्रवादी हुनुहुन्छ । अहिलेलाई जनताले नै यही म्यान्डेट दिए त ओलीजीको के दोष ?” मोदीको सुरक्षा र भ्रमणका लागि आवश्यक सवारी (गाडी, जहाज, हेलिकप्टर)  र अन्य कुनै प्रवन्ध गर्न सक्दैनथ्यो र ? सबै बिषयमा नकारात्मक भएर सोच्नुपर्छ भन्ने होईन तर त्यस्तै गतिविधि भएपछि प्रश्न उठाउनु स्वभाविक हो, मोदीसंग केपी ओली अनावश्यक झुक्नु आवश्यक्ता कि बाध्यता ? जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रम चल्दैथियो । जम्मा भएका मान्छेका भिड र त्यस समुदायको मनोविज्ञान बुझेर भाषण गर्न माहिर भारतीय प्रधानमन्त्री मोदीले नेपालीको स्वाभिमान सगरमाथाभन्दा पनि अग्लो रहेको भन्दै थिए । नेपालीले सिमामा भारतीय थिचोमिचो र डुवानका समस्या पनि मोदीसंग राख्न नेपाली नेतृत्वलाई गरिरहेको आग्रह र विगतको नाकाबन्दीलाई र नेपालको संविधानप्रति भारतले आफ्नो अनावश्यक हस्तक्षेप गर्न खाेजेकाे  विरुद्ध समाजिक सञ्जालमा भइरहेको विरोधलाई राम्रोसंग बुझेका सामाजिक सञ्जालमा निक्कै सकृय रहने मोदीले यसो भनिरहँदा नेपालका प्रधानमन्त्री ओलीको अनुहारमा बाहिरि खुसी र भित्रि दर्दको भाव झल्कन्थ्यो नै …. भारतीय समकक्षी मोदीसँगै उभिएर जनकपुर–अयोध्या बस सेवा शुभारम्भ कार्यक्रममा सम्बोधनका क्रममा उनले यहि ओकले, ‘म अहिले अरु कुनै सन्दर्भमा जान उचित ठान्दिनँ ।’ राम र सीताको भेट भएको, सीताले जन्म लिएको ठाउँमा मोदी आएको उल्लेख गर्दै उनले भने, ‘यो अवसरमा खुशी व्यक्त गर्न चाहन्छौं ।’ उसो त भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल–भारतबीचको सम्बन्ध अटूट र अविष्मरणीय रहिरहने विश्वास व्यक्त गरे । \"\"मोदीको यो तेस्रो नेपाल भ्रमण जनकपुरबाट सुरु भएको बिषय र दुई ठाउँमा दिइएको नागरिक अभिनन्दनको बिषयमा पनि आम चासो रहेको पाइयो । भ्रमण जहाँबाट सुरु गरेपनि नेपालकै भ्रमण हो र अहिलेको धार्मिक भ्रमण भनिएकाले पनि यसमा त्यति धेरै विरोध नै गरिरहनुपर्ने छैन । दुई ठाउँको अभिनन्दन पनि आवश्यक थियो वा थिएन भन्ने बहस गर्न सकिन्छ । यो वर्तमान सरकारको लाचारी नै हो , लम्पसारवादी चरित्र नै हो भन्नु विरोधमा विरोध मात्रै हुनसक्छ, तर कुरा उही भारतीय प्रधानमन्त्रीका अगाडि सधैँ नेपाल किँन दरिलो भएर प्रस्तुत हुन सक्दैन भन्ने हो । ठूलो देश भएकै कारण भारतको राष्ट्रियता ठुलो र सानो देश भएका कारण नेपालको स्वाभिमान सानो भन्ने हुन्छ र ? \"\"मोदीले नेपालीको स्वाभिमान सगरमाथाभन्दा पनि अग्लो छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहँदा नेपाली सुरक्षाकर्मीलाई विश्वास गर्न नसक्नुको कारण के हो ? भ्रमणमा आफ्नै गाडीको प्रयोग, आफ्नै जहाज र हेलिकप्टर लिएर आउनुको कारण के हो ? मोदीको सुरक्षाको अग्रिम चेकजाँच पनि भारतीयले ने गर्नुपर्ने किँन ? यो त गरिब कि छोरी बिहे गरेर शशुराली जाँदा ज्वाइँले धनकाे रवाफ देखाएको जस्तो भएन र !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending