Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

बौरिँदैछ वीर अस्पताल

काठमाडौं । गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो । सघाउँदै हुनुहुन्थ्यो कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि क्या हो ?’ अस्पताल पुगेका सर्वसाधारण आपसमा लख काट्दै थिए । अर्काथरिको अनुमान थियो, “होइन, यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन लागेका होलान् ।” शुक्रबारै प्रधानमन्त्री मोदी काठमाडाैं आउँदै थिए र उनको स्वागतका लागि पनि काठमाडौंँमा व्यापक सरसफाइ भइरहेको थियो ।

वीर अस्पतालको चौथो तलाको भित्तामा रङ लगाइरहेका धुर्मुसको देब्रेपट्टि शिशा पुछिरहेका थिए खेम शर्मा । शर्मालाई देखेपछि भने सबैको जिज्ञासा मेटियो, “ए यहाँ त सरसफाइ पो भइरहेको रछ ।” बिरामी भेट्न आएका एक जनाले भने, “त्यही त अस्पतालको ‘लिफ्ट’ आज किन यति सफा देखियो भन्ने त मलाई शुरुमै लागेको थियो ।”

अहिले रङरोगन गर्न धुर्मुस तथा अरु मर्मतसम्भार र सरसफाइ गरी अन्य संरचना टल्काउने काममा शर्मा आफैँ लाग्नुभएको छ । बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा काम भइरहेको छ, प्रायः रातिको सिफ्टमा उहाँहरु आफँै खट्छन् । उनीहरुका साथ करीब १०० मजदूर कार्यरत छन् । सरसफाइमा ३० र रङरोगनमा ७० कामदार खटेका छन् ।

स्वास्थ्य मन्त्रालयको अगुवाइमा गत आइतबारदेखि शुरु भएको वीर अस्पताल सरसफाइको नेतृत्व नेपालमा सफाइका क्षेत्रमा कार्यरत खेम्स क्लिनिङका अध्यक्ष एवम् वाग्मती सफाइ अभियानकर्मी खेम शर्मा र नेपाल सरकारद्धारा सरसफाइदूत घोषित कलाकार धुर्मुसले गर्नुभएको छ । अभियानका अन्य सहयोगी मा वाग्मती सफाइका अर्का अभियानकर्ता अर्जुन धरेल र टंक आचार्य हुन ।

राज्यमन्त्री पदमा अर्यालसँगै शर्मा र धुर्मुसले गत आइतबार वीर अस्पतालको चर्पी सफाइ गरेर अभियानको शुरुआत गरिएको हो । अहिले अस्पतालको विशेषगरी चौथो तलामा काम भएको छ । भूइँतलाको भूइँ टल्किएको छ, चर्पीहरु प्रायः सबै सफा भएका छन् भने भित्तामा रङरोगन गरिँदैछ । लिफ्ट, झ्याल र अरु संरचना टल्काउन खेम्स क्लिनिङका दक्ष जनशक्तिले काम गरिरहेका छन् ।

राज्मन्त्री अर्यालले सो अभियानको शुरुआत गर्दै भने “हामीले यो सफाइलाई अभियानकै रुपमा काठमाडौंँको मुटुमा रहेको र आम नेपालीको चासो रहेको वीर अस्पतालबाट शुरु गरेका छौँ र यसलाई नेपालका सबै सरकारी अस्पतालमा पु¥याउने हाम्रो योजना छ ।”

वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेत भन्छन, “ पन्ध्र दिनमा अस्पतालको सफाइ गरी नमूना बनाउने प्रणका साथ उनीहरुले काम शुरु गर्नुभएको छ, विभिन्न सिफ्ट बनाएर दिनमा १८ घण्टासम्म काम गरिरहनुभएको छ, मलाई लाग्छ यसले वीर अस्पतालको अहिलेको अवस्थामा ठूलो सुधार ल्याउने छ । म यस कार्यबाट अत्यन्तै खुशी छु ।”

भूकम्प पीडितहरुलाई बस्ती बसाल्नेजस्तो अत्यन्त प्रशंसनीय काम गरेका कलाकार धुर्मुस र सुन्तली भन्छन् “वीरजस्तो मुलुकको जेठो र संवेदनशील अस्पताल सफाइ गरेर देशका अन्य सरकारी अस्पताल र अस्पताल मात्र नभएर अन्य क्षेत्रमा पनि नमूना पेश गर्न सकियोस् भनेर यो अभियान थालिएको हो । रातदिन काम गरेका छौँ, सक्दो बल लगाएका छौँ, हेरौँ कतिसम्म सम्भव हुन्छ ।” धुर्मुस सुन्तली फाउण्डेशनले रङरोगनका लागि सामग्री र मजदूरको प्रबन्ध गरेको छ र उनीहरु आफैँले पनि काम गरिरहनुभएको छ । धुर्मुस ठट्टा गर्छन, “मान्छे खेद्नु अघिबाट, पशु खेद्नु पछिबाट’, भनेजस्तै कामको अगुवाइ आफैंले गर्नुपर्छ, बल्ल भनेजति काम हुन्छ ।”

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, सफा नेपाल उपसमितिका संयोजकसमेत रहेका शर्मा वीर अस्पताल अहिले प्रायः निम्नवर्गीय नेपाली नागरिकको आस्था र भरोसाको केन्द्र भएकाले यसको सफाइ गरी सबै नेपालीले उपचार गराउने अस्पतालका रुपमा विकास गर्ने प्रयासमा आफूहरु जुटेको बताउँछन् ।

“यो स्वयंसेवी कार्य हो र हामीले आवश्यक सामग्री तथा मजदूरहरु आफैँ जुटाएका छौँ”, उनले भने । आफूहरुको अभियान देशभरकै सरकारी अस्पताल सफा गर्ने रहेको उहाँको भनाइ छ । “धेरै नेपाली तथा पर्यटकको चासो र चाप रहने कार्यालय, संरचना वा स्थानको सफाइ अहिलेको प्राथमिकता हो र आफ्ना दक्ष जनशक्तिबाट नेपालमा सफाइ क्षेत्रमा सीप हस्तान्तरण गर्ने खेम्स क्लिनिङको उद्देश्य हो”, उनले भने ।

अष्ट्रेलियामा एक दशकदेखि सफाइ कार्यमा सफलता कमाएको सो कम्पनीले एक वर्षदेखि नेपालमा काम गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्रलगायतमा सफाइ गरी ती कार्यालयका सफाइ मजदूरलाई सीप हस्तान्तरण गर्ने काम सो कम्पनीले गरेको छ । गैरआवासीय नेपाली संघमा समेत सफाइ उपसमितिको संयोजकका रुपमा रहेर शर्माले नेपालमा सफाइका क्षेत्रमा नेपालीले नै विदेशमा सिकेको सीप र ज्ञान भित्र्याउन संस्थागत रुपमा काम गर्न लागेको बताउँछन् ।

हाल स्वयंसेवीका रुपमा नेपालका विभिन्न क्षेत्रमा सफाइ जारी राखिएकोे र आगामी दिनमा यस कार्यलाई कम्पनीमार्फत संस्थागत गरी देशव्यापी रुपमा सीप सिकाउने अभियान सञ्चालन गरिने योजना रहेको खेम्स क्लिनिङका प्रबन्ध निर्देशक विश्वास अधिकारी बताउँछन् । हाल वीर अस्पतालमा कम्पनीका १५ दक्ष कामदारले काम गरिरहेका र वीरकै थप १५ जनालाई सीप सिकाइरहेका छन् । “भोलि तिनै सीप सिकेका कामदारबाट सो अस्पतालका अरु कामदारमा सीप हस्तान्तरण हुनेछ”, अधिकारी भन्छन् ।

वाग्मती सफाइ अभियानकर्मी धरेल पनि प्रायः सफाइ मजदूरसँगै छन् । उनी कुन रङ कता सुहाएको छ हेर्छन कहाँ के पुगेन सुझाउछन् । उनी भन्छन्“ वीर अस्पताल नेपालको अस्पतालकै पर्याय र इतिहास हो, यहाँ अन्यत्र नभएका उपकरण र अनुभवी चिकित्सक छन्, त्यसैले यसलाई सबै नेपालीको भरोसायुक्त अस्पताल बनाउन यो सफाइ अभियानले थप सहयोग गर्नेछ ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending