Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

र, यस्तो पनिः दुई दुलहीका एक दुलहा, कसरी गरे बिवाह ?

भारतको महाराष्ट्र राज्यमा पर्ने कोटग्याल गाउँ पछिल्लो केही दिनयता निकै चर्चामा छ। चर्चाको विषय हो मे ५ मा भएको एउटा बिहे जसमा दुलहा एकजना तर उनका लागि दुलही दुईजना थिए ।

दुलहीहरू धुरपता र राजश्री शिरगिरे दिदीबहिनी हुन् जोसँग साइनाथ उरेकरले बिहे गरेका हुन् । हाम्रो कार कोटग्याल गाउँ पुग्दा दिउँसोको २ बजेको थियो । कार पुग्नासाथ गाउँलेहरू हाम्रो वरिपरि जम्मा भए । मान्छेहरूको हाउभाउ हेर्दा कुनै टीभी च्यानल आउने उनीहरूको अपेक्षा थियो । हामीले शिरगिरेको घरबारे सोध्दा भीडमा भएका एकजनाले भने, \"धेरै टेलिभिजन च्यानलहरूबाट आइसके, अब त नआऊन् । बिहे गरेर उनीहरूले दाम्पत्य जीवन पनि बिताउन थाले ।\" केहीबेरपछि भीडमा भएका अर्को व्यक्तिले शिरगिरेको घर हामीलाई देखाए । दुलहीको घर पुग्दा हामीसँग सात/आठजना भेटिए। तर हामीसँग कुरा गर्न उनीहरूमध्ये कोही पनि तयार थिएनन् । हामीले बिहेबारे सोध्दा उनीहरूले भने, \"जे भयो राम्रो भयो । तपाईँ यो विषयमा कुरै नगर्नू ।\" दुलहीका आमाबुवा कता हुनुहुन्छ भन्ने हाम्रो प्रश्नमा जवाफ आयो, \"उहाँहरू बाहिर जानुभएको छ र दुलहा-दुलही पूजा गर्न जानुभएको छ । चार-पाँच दिनपछि उहाँहरू फर्किनुहुन्छ ।\" तीन घण्टा लामो प्रयत्न गरे पनि कुनै पनि कुरा बताउन कोही राजी भएनन् । अन्त्यमा साढे ५ बजेतिर दुलहीहरूको काकाका छोरा प्रकाश शिरगिरे हामीसँग कुरा गर्न तयार भए । उनले भने, \"उनीहरूको संसार शुरू हुनुभन्दा पहिले नउजाडियोस् भनेर हामीलाई डर लाग्छ । एउटै केटासँग दुईजनाको बिहे गर्नु गैरकानूनी हो भन्ने कुरा हामीलाई थाहा थिएन । छोरीहरूको खुशी चिताएरै काकाले एउटै केटासँग बिहे गराएका हुन् ।\" साइनाथ उरेकर धुरपता र राजश्रीकी फुपूका छोरा हुन् । प्रकाश शिरगिरेले भने, \"धुरपता बाल्यकालदेखि सुस्त मनस्थितिकी छन् र बिरामी भइरहनछिन् । उपचार गराउँदा पनि केही भएन ।\" \"साइनाथ बाल्यकालदेखि राजश्री र धुरपतासँगै हुर्किएका हुन् । धुरपता सुस्त मनस्थितिको भएको थाहा हुँदा-हुँदै ऊ बिहे गर्न तयार भयो । र, उनीहरूले नयाँ जीवनको शुरूवात गरिसकेका छन् ।\" प्रकाशसँग कुरा गरिरहँदा छेउमा उभिएका मानिसहरूले हामीलाई फर्किन भनिरहेका थिए । त्यहीबेला दुलहा र दुलहीका आमा आइपुगेको एकजनाले इशारा गरेपछि हामी उनीहरूतिर गयौँ । हामीले सोध्नुअघि नै उनीहरूले भने, \"हामीलाई थाहा छैन यो गलत हो अथवा सही तर हामी सबै खुशी छौँ ।\" हामीलाई यति भनेर उनीहरू गइहाले । साँझको ६ बजिसकेको थियो । यसबीचमा हामीले थाहा पायौँ कि दुलहा र दुलहीहरू बाहिर नभइ दुलहाको गाउँ समराला गएका रहेछन् । हामीहरूले उनीहरूसँग सम्पर्क गर्न खोज्यौँ । सबैभन्दा पहिले हामीले कान्छी बहिनी राजश्रीसँग कुरा गर्यौँ । उनले भनिन्, \"दिदी सुस्त मनस्थितिको हुनुहुन्छ । जसका कारण उहाँको बिहे हुन समस्या भइरहेको थियो । कोही पनि बिहे गर्न तयार थिएन ।\" मेरो चाहना थियो मेरो भन्दा पहिले दिदीको बिहे होओस्, साइनाथसँग मेरो बिहेको कुरा चल्दा मैले मेरो चाहनाबारे उनलाई पनि बताएँ। उनी हामी दिदीबहिनीसँग बिहे गर्न तयार भए ।  र, अहिले हामी तीनै जनाको संसार बसिसकेको छ ।\" राजश्रीसँग कुरा गरेपछि हामीले साइनाथसँग पनि कुरा गर्‍यौँ । उनले भने, \"राजश्री मेरो मामाकी छोरी हुन्, म उसैको घरमा हुर्किएको हुँ । राजश्री र उसको परिवारका सदस्यले दुवै जनासँग बिहे गर्न सक्ने वा नसक्नेबारे मलाई सोधेपछि मैले सक्छु भनेँ अनि हाम्रो बिहे भयो ।\" ६० वर्षीय गङ्गाधर शिरगिरेकी तीनजना छोरी छन्- राजश्री, धुरपता र ज्योति । आफ्नो छोरा नभएपछि गङ्गाधरले बहिनीका छोरा साइनाथको आफैँले पालनपोषण गरेका हुन् । बाल्यकालमै साइनाथको बिहे धुरपतासँग गर्ने कुरा भएको थियो । तर पछि धुरपताको मानसिक स्वास्थ्यमा सुधार नआएपछि राजश्रीसँग बिहे गर्ने निर्णय भयो । तर राजश्रीले साइनाथ समक्ष शर्त राखिन्, \"यदि मसँग बिहे गर्ने हो भने भने तपाईँले मेरी दिदीलाई पनि स्वीकार्नुपर्छ ।\" साइनाथले राजश्रीको शर्त स्वीकार गरेपछि तीनै जनाको बिहे भयो । दुलहा-दुलहीका परिवारको मानसिक स्थिति बुझ्न हामीले गाउँका केही मानिसहरूसँग कुराकानी गर्‍यौँ । सन्तोष नाम गरेका एकजनाले भने, \"कानूनी कारबाही हुन सक्ने डरले शिरगिरे परिवार तनावमा छ, उनीहरूलाई मनोपरामर्शको खाँचो छ ।\" त्यस विषयमा हामीले एकजना वकिल असीम सरोदेसँग कुरा गर्‍यौँ । उनले भने, \"कानूनी रूपमा दुइटा बिहे गर्न पाइँदैन। उनीहरूको हकमा पनि मुद्दा चलाउन सकिन्छ ।\" \"तर यहाँ केटाले एउटै दिदीबहिनीसँग बिहे गरेको हेर्दा अपराध गर्ने उद्देश्यले देखिँदैन । यो घटनामा कानूनी कदम चाल्दा कसैलाई फाइदा हुँदैन। सबै मिलेर यसको हल खोज्नुपर्छ ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy